
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २ माघ । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्। एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ। प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन्। सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी प्रहरीले आइतबार मोरङबाट ६९ लाख ५७ हजार छ सय रुपैयाँसहित तीनजना…
काठमाडौँ, २ माघ । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् । जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको हिसाब मात्रै छ । सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौँ जिल्ला अदालतको अभिलेखमा विदेशीबाट असुल्नुपर्ने २०११ सालयताको दण्ड र जरिवानाको चाङ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौँ, २ माघ । नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरे पनि जग्गा खरिद अनियमितताका विषयमा कारबाही प्रक्रिया अघि नबढाएपछि अख्तियारको भूमिकामाथि प्रश्न उठेको हो । स्रोतका अनुसार ‘शक्ति दलाल’ समूहको प्रभावमा परेर अख्तियारले खड्कालाई मात्र मुद्दा दायर गरेर जग्गा खरिद अनियमितता र राजस्व छली गर्ने अन्य पक्षको अनुसन्धानलाई थाती राखेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
बागलुङ, २ माघ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ । स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । उहाँले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
बिर्तामोड, १ माघ । झापालाई माघ १ गते अर्थात् आजदेखि मदिरा निषेधित जिल्लाका घोषणा गरिने भनिए पनि कनकाई नगरपालिकास्थित कनकाई नदीमा लागेको माइमेलामा प्रतिबन्धित मदिराको कारोबार भइरहेको पाइएको छ । माई वारिपारि र दोमुखा क्षेत्रमा खुल्लमखुल्ला रुपमा सयौँ मदिराका स्टल राखिएको मेला भर्न आएका एक भक्तजनले बताए । पुस ३० गतेदेखि शुरु भएको मेला माघ २ गतेसम्म चल्नेछ । यसरी जिल्लामै मदिराको कारोबार र घरेलु मदिरा नियन्त्रणको अभियान चलिरहँदा मेला परिसरमा भएको यस्तो कृत्यले सर्वपक्षीय अभियानको खिल्ली उडाउने काम भएको छ । मदिरालगायतका मादक पदार्थको सेवनका कारण अवाञ्छित गतिविधि हुने सम्भावना बढी भएकाले पनि विगतको वर्षहरुमा पनि मदिरा बिक्री र…
सन्तोष शर्मा बनियानी, १ माघ । झापाको कनकाई नदीमा मकर स्नानका लागि ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको छ । आज माघे संक्रान्तिको अवसरमा झापालगायत नेपाल–भारतका विभिन्न स्थानका श्रद्धालु भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् । मकर स्नानका लागि यहाँ बर्सेनि लाखौँ भक्तजन आउने गरेका छन् । सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिएको पण्डित सोमनाथ सुवेदीले बताउनुभयो । माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले रात छोटा र दिन लामो हुने उहाँले बताउनुभयो । मकर संक्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल, सुठुनी…
पूर्णप्रसाद मिश्र काठमाडौँ, १ माघ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य…
काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधताले एकताले नेपालीको एकतालाई थप मजवुद बनाएको बताउनुभएको छ । मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले मनाउने माघी पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्नुभएको छ । “एकातिर यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेका छन् भने अर्कातिर, यो साँस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ । प्रधानमन्त्री ओलीले मगर समुदायले नयाँ…
काठमाडौँ, १ माघ । सभामुख कृष्णबहादुर महराले सांस्कृतिक विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभएको छ । थारू, मगरलगायत आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघे सङ्क्रान्ति÷माघ पर्व÷माघे सकरातीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै सभामुख महराले नेपालको सांस्कृतिक विविधताले विश्वमै छुट्टै पहिचान कायम गरेको बताउनुभयो । उहाँले थारू समुदायले माघी, मगरले…