
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । पन्जाबको मुल्लनपुरमा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । कोलकाता ६ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । पन्जाब ५ खेलमा ६ अङ्कसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ ।
झापा,२ वैशाख । नयाँ वर्षको दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । इलाम, माई नगरपालिका–४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे–९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका–६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ, ग्रामथान गाउँपालिका–६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय…
काठमाडौँ, २ वैशाख। नेपाल शिक्षक महासंघले राखेका मागहरु पूरा गर्ने सम्बन्धमा सरकारले गृहकार्य थालेको छ । औपचारिक वार्ता टोली बनाएर छलफल गर्न शिक्षा मन्त्रालयले गरेको आव्हान प्रभावकारी नभएपछि सरकारले उच्च स्तरीय छलफल गर्ने तयारी गरेको हो । यसका लागि श्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरोकारवाला मन्त्रालयका मन्त्रीहरुबीच आज छलफल भइरहेको छ । अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराईबीच शिक्षकका मागका सम्बन्धमा छलफल भएको हो । सरकारले आज पनि शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। तर शिक्षक महासंघले भने हिजो मात्र पदाधिकारी बैठक बसेर आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको थियो । महासंघले आन्दोलन…
मुस्ताङ, २ वैशाख। पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् । जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही…
झापा, २ बैशाख । नयाँ वर्षको पूर्व सन्ध्यामा तराई मधेशमा मनाइने सिरुवा पर्व शुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन मोरङमा काद सिरुवा मनाइएको छ । मोरङका कोच राजवंशी समुदायले एक अर्कालाई हिलो छ्यापाछ्याप गर्दै काद सिरुवा मनाएका हुन् । मोरङका कोच राजवंशी समुदायले नयाँ बर्ष बैशाख १ को पूर्व सन्ध्याबाट तीन दिनसम्म सिरुवा पर्व मनाउँछन् । तराईका अन्य जिल्लाहरुमा बैशाख १ देखि ३ गतेसम्म सिरुवा मनाउने गरिए पनि मोरङका कोच राजवंशी समुदायले भने चैत महिनाको अन्तिम दिनबाटै सिरुवा मनाउन शुरु गर्छन् । काद सिरुवा अर्थात हिलो खेल्दै उनीहरुको सिरुवा पर्व शुरु हुन्छ । सो अवसरमा मोरङको…
झापा, २ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहेका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस प्रदेशमा आदिकालदेखि बस्दै आएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व भएको बताए । कोशी प्रदेश सरकार हाम्रा मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण र संवर्द्धन गर्दै सबै जातजाति, भाषाभाषी, संस्कृति र पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । मुख्यमन्त्री कार्कीले भनेका छन्, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यही विविधताका बीचमा हुर्किएको सिरुवा पर्वले हामी…
झापा, २ बैशाख । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा जुडशीतल मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना ९बदाम०, जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ । यसैगरी दोस्रो दिन (वैशाख २ गते) घरपरिवारका ज्येष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित…
सङ्खुवासभा, २ बैशाख । जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताउनुभयो । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।
झापा, २ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली…
झापा, २ बैशाख । जाजरकोटमा आज पुनः भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा आज बिहान पुनः बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दुवै भूकम्पको कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा त्रसित भएका छन् ।