
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ चैत । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन । “आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बेले भने,“पोहोरभन्दा यसपालि उत्पादन निकै बढ्ला जस्तो छ ।”उनले यसपालि डेढ बिगाहामा मकै खेती गरेका छन् । गाउँमा आङ्देम्बे जस्तै ३७ जना किसान मिलेर बरपिपल कृषक समूह गठन गरेका छन् । समूहमा जोडिएरपाँच कठ्ठादेखि चार बिगाहासम्म जग्गा भएका किसानहरु मकै खेतीमा लागेका हुन् । झापा जिल्लाको १५ पालिकामध्ये मकै खेतीका लागि झापा गाउँपालिका प्रख्यात छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना…
बनियानी, २७ चैत । झापाको गौरादहमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान चट्याङको झट्का लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे घर भई हाल गौरादह–५ बालुबथानमा बस्दै आएका करिब ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । गौरादह–५ बालुबथानका गोमनाथ चेम्जुङको खेती अधिया गरी उनकै घरमा बस्दै आएका लावतीको किचन कोठामा खाजा खाने क्रममा पानीसँगै परेको चट्याङको झट्का लागेर मृत्यु भएको हो । घटनाबारे स्थानीयबासीले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट घटनास्थलमा पुगेको थियो । मृतकको शवका कानूनी प्रक्रिया पूरा…
झापा, २७ चैत । झापाको मेचीनगर नगरपालिका–१ स्थित देवीगञ्जमा हात्तीले घरको बेरा भत्काएर अन्न खाएको छ । गए राति मेचीनगर नगरपालिका–१ देवीगञ्जका तुला लिम्बूको अन्नपात राखेको घरमा एक वटा जंगली हात्ती आएर उक्त घरको साइडको बाँसको टाटी भत्काएर कोठाभित्र रहेको अन्दाजी ५ मन धान खाएको छ । धान र घर समेत गरी करिब रू ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उक्त हात्तीलाई जंगलतर्फ धपाएको छ । त्यस्तै, मेचीनगर–१ तल्लोबाँसेमा १२–१३ ओटा हात्ती आएर स्थनीय कमला राई र रमेश प्रधानको गरी अन्दाजी ८० ओटा सुपारीको बोट भाँचिदिएको प्रहरीले जनाएको छ ।
झापा, २७ चैत । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २६ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा-४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट सुनसरी धरान-८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय…
झापा, २७ चैत । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान फेला परेको हो । उनको एउटा खुट्टामा घाउ भएको थियो । उनी वीरे दमाईसँगै दमाईको कटेरोमा बस्ने गरेका थिए । दमाईको कटेरो नजिक ती पुरुषको शव फेला परेको हो । शवको प्रकृति हेर्दा केही दिनअघि मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि वीरे दमाईलाई पक्राउ गरेको छ । दमाईको घरमा मृत्यु भएर शव मकैवारीमा फालेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर…
हल्दिबारी, २७ चैत । झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमाना जोडने धनुष पोखरीदेखि हल्दीबारी गाउँपालिका कार्यालय हुँदै धाधरपाडासम्म पुग्ने बाटो कालोपत्रे भइरहेको छ । बहुवर्षीय योजना अन्तरगतको उक्त सडक कालोपत्रे शुरु गरिएको हो । ११४० मिटर लम्बाई र ५.५ मिटर चौडाई रहेको सो सडक एक करोड ३५ लाखको लागतमा केके आर कन्ट्रक्शन झापाले काम गर्दै गरेको वडाध्यक्ष तथा पूर्वाधार संयोजक सन्तकुमार थापाले जानकारी दिनुभयो । मौसमले साथ दिए आज १२ बजेदेखि शुरु गरेर आजै सम्पन्न गरिने साथै मौसमले साथ नदिए बिहीवबार सम्पन्न गर्ने योजना रहेको वडाध्यक्ष थापाले बताउनुभयो । उक्त कालोपत्रे हुँदै गरेको सडकको गाउँपालिका उपाध्यक्ष…
झापा, २७ चैत । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हिजो बेलुका ४ बजेको समयमा भारतको पानीट्याङ्कीको शिव मन्दिर हुँदै मेचीखोलाको बाटोबाट नेपालतर्फ लागुऔषध भित्र्याइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भान्साखोलामा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतको वेष्ट बंगाल दार्जिलिङ जिल्ला मञ्जयाज्तोत खोरीबारी थानाका ४१ वर्षीय राजेन बर्मनलाई लागुऔषध ब्राउनसुगर प्लाष्टिक सहित १५० ग्राम ९८० मिलिग्राम (प्लाष्टिक बाहेक १४५ ग्राम ३३० मिलिग्राम) सहित पक्राउ गरेको हो । उनलाई लागुऔषधसहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापा जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद…
विराटनगर, २७ चैत । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरुबीच प्रत्यक्ष टेलिफोन सम्वाद भएको छ । चैत्र २६ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा बिभिन्न प्रहरी इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले शिलशिलेवार रुपमा प्रत्यक्ष टेलिफोन संवादको माध्यमबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी समक्ष आ–आफ्नो व्यक्तिगत पिरमार्का, समस्या तथा गुनासो राखेका थिए । भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न…
बिर्तामोड, २७ चैत । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा खुट्टाको अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ । भवनको नवनिर्मित माथिल्लो तलाको माधवी व्बेङक्वेट हलमा आज शिविरको आयोजना गरी कोशी प्रदेशभरिका २६ जनालाई कृत्रिम खुट्टा वितरण गरिएको हो । आर्थिक अभावमा कृmत्रिम खुट्टा लगाउन नपाएका मानिस छनोट गरी उनीहरुलाई शिविरमै नाप अनुसार स्वास्थ्य प्राविधिकको सहयोगमा खुट्टा लगाइएको अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिए । उनका अनुसार २६ जनामध्ये १६ जनाको कृत्रिम खुट्टा शिविरमै लगाइएको थियो भने ८ जनालाई काठमाडौंमा लगाइएको छ । मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला काठमाडौँ, अग्रसेन…
शिवसताक्षी, २७ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को मंगलबार भएको पहिलो सेमीफाइनल खेलबाट वडा नं. १० फाइनलमा प्रवेश गरेको छ । वडा नं. ८ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. १० फाइनलमा प्रवेश गरेको हो । त्यस्तै मंगलबारको दोस्रो सेमी फाइनल खेल स्थगित भएको छ । वडा नं. २ र ७ बीच भएको सेमीफाइनल खेल बीचैमा स्थगित भएको छ । वडा नं. २ र ७ बीच खेल निर्धारित समयमा २÷२ गोल बराबरीमा रहेपछि ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइबेकरमा खेल बराबरी भएपछि अँध्यारोका कारण खेल स्थगित गरी आज खेलाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फुटबल तर्फ प्रथमले…