
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कोकिला ढकालइलाम, १९ चैत । दुई बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले इलामका दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ का २२ वर्षीय दिपक नेपाली छन् । नेपालीले आफ्नै हजुरबाले संरक्षण गरि राखेकी बालिकालाई लामो समय यता पटकपटक जबरजस्ती करणी गर्ने गरेको खुलेको इलामका डिएसपी मानबहादुर राईले बताउनुभयो। बालिकाले दिएको बयान अनुसार नेपालीले पछिल्लो पटक गएको फागुन महिनाको अन्तिमतिर पनि जबरजस्तीकरणी गरेको पाइएको डिएसपी राईले जानकारी दिनुभयो । अर्को एक घटनामा ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्ने चुलाचुली गाउँपालिका–६ का ५१ वर्षीय यमबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । गत चैत १६ गते घरबाट सामान किन्न पसल गएकी…
काठमाडौँ, १९ चैत । संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यहाँका विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ । आबुधावीस्थित नेपाली दूतावासले नेपाल सरकारको आग्रहमा १६६ जना नेपाली कैदीहरूलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएको हो । आममाफी मुस्लिम धर्मावलम्बीको पवित्र पर्व रमजान महिना तथा ईद पर्वको अवसरमा दिइएको दूतावासले उल्लेख गरेको छ । यसैगरी परराष्ट्र मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको माफीलाई नेपाल–यूएई द्विपक्षीय सम्बन्धको सौहार्दताको प्रतीकका रूपमा लिएको उल्लेख गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासमार्फत सरकारले आममाफीका लागि यूएई सरकारलाई आग्रह गरेको थियो ।
काठमाडौँ, १९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो । आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलका ट्याक्सी–वे लाई धावनमार्गसँग जोड्ने लिङ्क वे को निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’,…
महोत्तरी, १९ चैत । मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, झापा, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरू बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धुमधामका साथ मनाइने गरिएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ मा…
झापा, १९ चैत । म्यानमारमा गत चैत १५ गते गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। म्यानमारको सैन्य सरकारका अनुसार भूकम्पमा परी अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ९०० भन्दा बढी मानिस घाइते भएका छन् र २७० जना अझै बेपत्ता छन् । बीबीसीका अनुसार राष्ट्रिय विपद्बाट हुने क्षतिको विवरण लुकाउने सैन्य नेतृत्वको इतिहास रहेकाले म्यानमारबाट यथार्थ जानकारी प्राप्त गर्न गाह्रो छ । यसैबीच, विश्व स्वास्थ्य संगठनले म्यानमारमा आएको भूकम्पसँग जुध्न ८० लाख डलर सहयोगका लागि अपिल गरेको छ ।
झापा, १९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका कतिपय मुद्रा सस्तिएका छन् । अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने स्थिर छ । आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ । बिगत तीन दिनदेखि अमेरिकी डलरको विनियमदर यही छ । गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो…
झापा, १९ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी…
झापा, १९ चैत । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौं चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए । उनका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग…
झापा, १९ चैत । काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी भएको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं कार्यक्रम नसकिँदै फरार भए । उनलाई प्रहरीले त्यसै बेलुकादेखि खोजी गरिरहेको छ। प्रहरीले खोजी गरिरहँदा प्रसाईंले भने सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेर चुनौती दिइरहेका छन्। तर प्रहरीले उनी कहाँ छन् भन्ने नै पत्ता लगाउन सकेको छैन। दुर्गा प्रसाईं र पक्राउ परेका व्यक्तिहरूको विषयमा सोमबार दिउँसो उपत्यकाका प्रहरी कार्यालय प्रमुखसहितलाई बोलाएर प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले छलफल गरेका थिए। छलफलमा प्रसाईं भारत पुगेको निष्कर्ष निकालिएको एक अधिकारीले बताए । त्यसअघि आइतबार प्रसाईंले एउटा मन्दिरमा बसेर बनाएको भिडिओ सार्वजनिक भएको थियो। उक्त मन्दिरको खोजी गरिएको प्रहरीको…
झापा, १८ चैत । झापाको मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दाबाट लागुऔषधसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । आज बेलुका मेचीनगर नगरपालिका–५ नकलबन्दामा इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट मेचीखोलाको बाटो हुँदै पैदल नेपाल तर्फ आउँदै गरेका भारत दार्जिलिङ नक्सालबाडी दयाराम बस्तीका २० वर्षीय विकास बैठा र दमक नगरपालिका–१ दुरसञ्चार टोलका ३६ वर्षीय नगेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । उनीहरुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा विकासले लगाएको पेन्टको कम्मरको भागमा लुकाई छिपाई ल्याएको ३ ग्राम लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिर्इ आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय…