
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बाुधबारे, २६ पुस । विगत २ वर्षदेखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जीवन बिताइरहेका एक ११ वर्षीय बालकसहित लिम्बू परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले सहयोग गरेको छ । बिहीबार बुद्धशान्ति–४ हापेन चोकमा रहेको सो परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले लत्ताकपडासहित खाद्यान्य सहयोग गरेको हो । शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने ११ बर्षिय आइतराज लिम्बू, उनका ५ महिनाका कान्छा भाइ जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन उनीसहित उनकी दिदीलाई जाडोको न्यानो कपडा, २ थान कम्मल र केही खाद्यान्य सहयोग गरिएको जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंले जनाएका छन् । सोसाइटीका अध्यक्ष सञ्जिल प्रसाईं, उपाध्यक्ष अनिल वाग्ले, सल्लाहकार…
भोजपुर, २६ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माविको भवन शिलान्यास गर्नुभएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यलाय भवन जिल्ला आयोजना कार्यान्वयन एकाईमार्फत निर्माण हुन लागेको हो । आयोजना कार्यान्वयन एकाईको ६८ लाख ३५ हजार अनुदानमा चारकोठे पक्की भवन बन्ने भएको हो । भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले विद्यालयलाई प्रदेश सरकारका तर्फबाट पाँच लाख बराबरको बाली विज्ञान कृषि सामग्री खरीदका लागि तत्काल सहयोग उपलब्ध गराउने, पाँच करोड ५१ लाख बराबरको अत्याधुनिक यशोधरा बहुउद्देश्यीय भवन नगरपालिकासँगको लागत साझेदारीमा शुरु गर्न विद्यालयले विस्तृत परियोजना प्रतिवेदन तत्काल तयार गरेमा भवन बनाउने जिम्मा लिने…
भद्रपुर, २६ पौष । १३५ औं लेखनाथ जयन्तिको अवसर पारेर भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले विविध कार्यक्रम सम्पन्न गरेको छ । भाषविद प्राध्यापक डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष साहित्य सम्मान, भक्त किरण साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । श्रीप्रसाद ओली स्मृति साहित्य सम्मानबाट भारत आसामकी स्रष्टा इन्दुप्रभा देवी, श्यामकृष्ण कामाक्ष साहित्य सम्मानबाट इलामका कवि यादवप्रसाद अधिकारी, भक्त किरण साहित्य सम्मानबाट दमककी विन्दु दाहाललाई सम्मान गरिएको थियो भने श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र माविकी छात्रा विनिषा पौडेललाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो ।…
मोरङ, २६ पौष । मोरङको ग्रामथान गाउँपालिका(२ झोराहाटमा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् । आज दिउँसो १३.१५ बजेको समयमादक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साइकललाइ सोहि दिसाबाट आउदै गरेको को २ प ४४०५ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिँदा साइकल चालक ग्रामथान गाउँपालिका–१ का ३७ बर्षीय चन्दु रिसिदेव र साईकलको पछाडी सवार निजकै श्रीमती २८ बर्षकी फुलु रिसिदेव घाईते भएका हुन् । घाईते दुवैजनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने मोटरसाईकल र चालक प्रहरी चौकी झोराहाटको नियन्त्रणमा रहेका छन् ।
दमक, २६ पुस । झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थाल्नुभएको छ । उहाँले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गर्नुभएको हो । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ । तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो । कुवेतको एउटा बैंकको स्टेश्नरी विगभामा काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश कलम कागजबाट बनेको देखेपछि आफ्नै ठाउँमा पनि उहाँले त्यस्तो प्रविधि भित्र्याउनुभएको हो । “यो प्रविधिबाट उत्पादित कलम वातावरणमैत्री पनि छ” ३४ वर्षीय…
पोखरा, २६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्नुभयो । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने छ । आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानु हुनेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो । सो अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गर्नुभयो । उहाँले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ…
तेह्रथुम, २६ पुस । तेह्रथुमको फेदाप गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले रु ६० लाख बराबरको छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । गाउँपालिकाको केन्द्र औँशीबजार नजिकै भवन निर्माणका लागि छ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेशन पाससमेत गरिसकिएको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई स्थानीय होमप्रसाद कोइराला, गङ्गा राई, अमृतबहादुर लिम्बू र जयप्रसाद लिम्बूले संयुक्तरुपमा रु ३० लाख बराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । यस्तै स्थानीयवासी शेरबहादुर थापाले स्व श्रीमती तिलरुपाको स्मृतिमा रु ३० लाख बराबरको…
ईलाम, २६ पुस । ईलामको फाकफोकथुम गाउँपालिका-१ खाम्बाङका खड्ग बहादुर तामाङको घरमा आगलागी हुँदा ६१ लाख ७३ हजार रुपँया बरावरको क्षति भएको छ । बुधवार बिहान तामाङको २ तले पक्की घरमा ग्यास लिक भई अचानक आगलागी हुँदा घरमा रहेको सुन,चादी, अलैची, पेट्रोल, अन्नपात, लताकपडा, भाडावर्तन, काठपात, किराना पसलको सामान, नगद रु १० लाख गरी अन्दाजी मुल्य रु ६१ लाख ७ हजार बराबर को क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । उक्त आगलागी प्रहरी चौकी आमचोक र एकतप्पाबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने सो आगलागीबाट मानवीय तथा चौपाया…
जैसलमेरको रामगढको सरकारी अस्पतालमा महिलालाई सुत्केरी गराउने क्रममा डाक्टरले बच्चालाई यति जोडले ताने कि बच्चा २ टुक्रा भयो । बच्चाको घाँटीसम्मको भाग त बाहिर आयो तर टाउको भित्रै रह्यो । डाक्टरहरुले सुत्केरी महिला र उनका परिवारलाई केही बताएनन् र महिलालाई जैसलमेर रिफर गरिदिए । जसलमेरबाट जोधपुर पठाइयो जहाँ सबै घटनाको खुलासा भयो । तीन दिन पहिले दीक्षा कँवरलाई सुत्केरी व्यथा लागेपछि परिवारले रामगढ अस्पताल लिएर गएका थिए । यहाँ भनाइ गरेपछि डाक्टरले भने कि बिरामीलाई जैसलमेर लिएर जानू । तर, उनीहरुले यो बताएनन् कि बच्चाको टाउको भित्रै रहेको छ । रामगढ अस्पतालका चिकित्सा प्रभारी डा। निखिल शर्माका अनुसार जब महिलालाई…
झापा, २६ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बाट २४ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–११ का बलबहादुर विष्टलाई प्रहरील पक्राउ गरेको छ । बराहक्षेत्र–८ मा बस्दै आएका बिष्ट र सोही स्थानका रविन लिम्बूले बुधवार राति ११ः५५ बजेको समयमा दमक नगरपालिका–३ घर भई माइती आएकी ती महिलालाई घरबाट ५० मिटर पर लगेर जबरजस्ती करणी गरको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयवासीले जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिष्टलाई पक्राउ गरेको हो भने लिम्बु तत्काल फरार रहेकोले खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।