
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ , २३ पौष । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा परेर ४ जना घाईते भएका छन् । मोरङको सुनबर्षी नगरपालिका–६ झपटतल चोकमा मोटरसाईकलको ठक्कर बाट २ जना पैदलयात्री घाईते भएका छन् । बरडङगा भित्रि सडक खण्डमा उतर बाट दक्षिण तर्फ जादै गरेको वनटेष्ट मोटरसाईकलले सोही दिशा तर्फ पैदल जादै गरेका सोही स्थान बस्ने ४४ बर्षका प्रेमनन्द मण्डल र सोही नगरपालिका– ८ बस्ने ६० बर्षका देवु कामतलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईतेहरुलाई उपचारको लागि टाईम्स अस्पताल रंगेली पठाइएको छ भने मोटरसाकल चालक मोरङको सुनबर्षी नगरपालिका– ७ बस्ने २२ बर्षको शंकर कामत र पछाडी सवार…
विराटनगर, २३ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारले उच्च प्राथमिकताका साथ पूर्वतयारी अवस्थामा बस्नुपर्ने सहभागीले जोड दिएका छन् । प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् उत्थानशील प्रदेश नीति, विपद् जोखिम व्यवस्थापनमा प्रादेशिक रणनीतिक कार्ययोजना, प्रादेशिक आपत्कालीन प्रतिकार्य ढाँचा र विकास प्रक्रियामा सम्भावित विपद् जोखिम प्रभाव मूल्याङ्कन आवश्यकता र औचित्यसम्बन्धी आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीले सो कुरामा जोड दिएका हुन् । ‘जतिखेर पर्ला, त्यति खेर टर्ला’ भन्ने मानसिकताबाट टाढा रहेर प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा ध्यान दिए जनधनको क्षति कम गर्न सकिने र मुलुकको आर्थिक भार पनि…
भीष्मराज ओझा काठमाडौँ, २३ पुस । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन आगामी फागुनदेखि ‘मौसमी बेलुन’ उडान नियमित सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त बेलुन उडान सञ्चालनका लागि आवश्यक तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा गत असार ६ गतेदेखि उक्त बेलुन उडाउन परीक्षण शुरू गरिएको थियो । नेपालको मौसमी सूचना प्रणालीमा सुधार तथा आधुनिकीकरणका लागि विश्व बैंकको सहयोगअन्तर्गत मौसमी बेलुन उडान तयारी शुरु गरिएको हो । बेलुनका लागि हाइड्रोजन ग्यास उत्पादन गर्ने जेनेरेटरका लागि अर्को…
काठमाडौँ, २३ पुस । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बा ७७ प ९९०६ र बा ९२ प १८२० नं का स्कुटर चेकजाँचका क्रममा १० किलोग्राम ब्राउनसुगर, १० ग्राम चरेश, दुई थान चक्कु र लागुऔषध सेवन गर्न प्रयोग हुने विभिन्न सामग्रीसमेत फेला पारिएको छ । पक्राउ परेकासँग प्रहरीले रु…
फिदिम, २३ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासीले उज्यालोको सुविधा पाएका हुन् । सप्तमी बजारमा वायु र सौर्य प्रणालीबाट विद्युत् उत्पादन गरिएको छ । वायुबाट २० किलोवाट र सौर्य प्रणालीबाट ५० किलोवाट विद्युत् उत्पादन गरिएको हो । उत्पादित विद्युत् पुस महीनाको दोस्रो सातादेखि परीक्षण…
हुम्ला, २३ पुस । आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । आइतबार रातिदेखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका…
सन्तोष शर्मा बनियानी, २३ पुस । मेची आँखा अस्पताल बिर्तामोडले झापाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शुरु गरेको छ । आँखा उपचारको क्षेत्रमा कार्यरत अमेरिकी संस्था अर्बिस (इच्द्यक्ष्क्) सँगको साझेदारी र नेपाल नेत्र ज्योति संघसँगको सहकार्यमा अस्पतालले विद्यार्थीको आँखा परीक्षण शुरु गरेको हो । सन् २०१८ अगष्टदेखि शुरु भएको त्रि–वर्षीय परियोजना अन्तरगत अस्पतालले डिसेम्बर अन्त्यसम्म २८ हजार १८३ जना विद्यार्थीको आँखा परीक्षण गरेको छ । ६ देखि १८ वर्ष उमेर समूहका २ लाख २० हजार विद्यार्थीको आँखा जाँच गर्ने लक्ष्यका साथ परियोजना शुरु भएको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले बताउनुभयो । ‘झापा र सुनसरीमा…
बिर्तामोड, २३ पुस । झापाको कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराउनुभएको छ । कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले संयुक्तरुपमा करीब ३० लाख मूल्य पर्ने पाँच कट्ठा जमीन दान दिनुभएको वडा कार्यालयले जनाएको छ । दाताले आइतबार मालपोत कार्यालय दमकमार्फत वडा कार्यालयलाई जग्गा रजिष्टे«शन पास गरिदिनुभएको वडाध्यक्ष पृथीपति राईले बताउनुभयो । दाता परिवारले स्थानीय सरस्वती माध्यमिक विद्यालय नजिकै दान दिनुभएको जग्गामा यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरु गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
शिवसताक्षी, २३ पुस । झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो । नगर प्रमुख शेर्माले वर्षांैदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत मिलेको बताउनुभयो । खोलामा पल नहँुदा त्यस क्षेत्रका बासिन्दाले वर्षायामभरि आवगमनमा कठिनाइ भोग्दै आउनुपरेको थियो । ३२ फुट लम्बाइ २४ फुट चौडाइ रहेको पुल ४५ को लाख लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
काठमाडौँ, २३ पुस । विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । विद्यार्थी खोज्ने र रकम बार्गेनिङको जिम्मा भाटले लिन्थे । प्रहरीका अनुसार पक्राउ शाही र भाटले यसअघि पनि विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । प्रहरीका अनुसार विशेषज्ञ शाहीले प्रतिविद्यार्थी २५ हजार रुपैयाँ उठाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।