
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ८ पुस । कस्यप गोत्रीय खिड्सिने अधिकारी बन्धु भद्रपुर नगर समितिको सामूहिक गोठ धुप कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर १० वि पि टोल विकास अन्र्तगत सिर्जनशील टोल स्थित काशिनाथ अधिकारीको घरमा कार्यक्रम सम्पन्न गरिएको हो । भद्रपुर नगर अध्यक्ष श्यामहरी अधिकारीको नेतृत्वमा नगर क्षेत्रका कस्यप गोत्रीय खिड्सिने अधिकारी बन्धुहरूको भेला रहेको थियो । भेलाले बन्धुत्व एकता र सांस्कृतिक पहिचानका लागि आफ्नो संस्कार, संस्कृति र परम्परा सुरक्षामा प्रतिबद्धता जाहेर गरेको छ । वैदेशिक संस्कृतिको अतिक्रमणबाट बचाउन भावी पुस्तालाई सचेत बनाउन सामूहिक कार्यक्रम फलदायी बन्ने भेलामा विश्वास समेत व्यक्त गरिएको छ ।
भद्रपुर, ८ पुस । वैदिक समाज झापामा आबद्ध बालबालिकालाई अतिरिक्त ज्ञान अन्र्तगत आन्तरिक पर्यटनका रूपमा उत्तरी झापाको कृष्ण थुम्की तथा मिनी माउन्टेन अवलोकन भ्रमण सम्पन्न गरिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत झापाका रमणीय पर्यटकीय क्षेत्र अवलोकन कार्यक्रमका रूपमा उत्तरी झापाको कृष्ण थुम्की तथा मिनी माउन्टेन अवलोकन भ्रमण गराइएको हो । संस्थाकी संरक्षक जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मिना पराजुलीको नेतृत्वमा संस्थाका सदस्यहरूले २२ जना बालबालिकालाई स्थान पहिचान र पहाडी यात्रा अवलोकन सहित अतिरिक्त ज्ञान कार्यमा सहभागिता गराएका थिए । अभियानमा सहभागी सदस्य दिपेन्द्र भट्टईका अनुसार विद्यालय शिक्षाले दिन नसकेको ज्ञान अतिरिक्त रूपमा भ्रमणमा सहभागी बालबालिकाले प्राप्त गरेका छन् ।…
झापा, ८ पुस । झापा भद्रपुरका युवा उद्योगी दिपेश ढकाल राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत भएका छन् । आइतबार जनकपुरमा आयोजित नेपाल जेसीजको ४५ औँ राष्टिय महाधिवेशन उद्घाटन समारोहमा ढकाललाई युवा उद्यमी राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरेको हो । उनलाई प्रमुख अतिथि पूर्व राष्ट्रपति रामबरण यादवले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । भद्रपुरको साविक वडा नं ७, हाल वडा नं ६ मा २०३२ साल जेठ ४ गते पिता प्रेमप्रसाद र माता रुपरेखा ढकालको पुत्ररत्नका रुपमा जन्मिएका ढकाल झापामा सफल युवा उद्योगीको रुपमा स्थापित छन् । विर्तामोडको लिटल फ्लावर्स इङलिश स्कूलबाट माध्यमिक तहसम्मको अध्ययन सकेर मेची बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा प्रविणतापत्र तहमा अध्ययन गर्दैगर्दा…
बिर्तामोड, ८ पुस । अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को झापा अध्यक्ष चिन्तन पाठक बन्ने पक्का भएको छ । पाठक र दिपक कार्की को अध्यक्ष बन्ने विषयमा लामै रस्साकस्सी चले पनि प्राविधिक पक्षको समिकरणमा पाठकको पल्ला भारी भएपछि उनै अध्यक्ष बन्ने पक्का भएको हो । पूर्व एमाले भित्रको मत पाठकको पक्षमा बलियो रहेको स्रोतले दाबी गरेको छ । पाठकलाई अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पनि भित्री रुपमा तयार छन् । तर, कार्कीलाई चिड्याउन नचाहेकैले अध्यक्ष ओलीले मुख नफोरेको जनाइएको छ । ‘तीन वटा आधारमा पाठक अध्यक्ष बन्ने पक्का छ’ स्रोतले भन्यो, ‘अहिले अध्यक्ष कसलाई बनाउने भन्ने विषय…
दमक, ८ पुस । दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन् । कक्षा ७ देखि १० सम्मका १२० विद्यार्थीले मासिक रु ३० सङ्कलन गरी त्यही रकममार्फत उक्त सहयोग दिइएको प्राचार्य डिल्ली चापागाईंले बताउनुभयो । विद्यालयका अध्यक्ष गङ्गादेव चौधरीले विद्यार्थीसहित शिक्षकबाट सङ्कलित रमकबाट आश्रमका विद्यार्थीलाई खाद्य समान दाल, चिनी, चनामटर, भुजा, सावुन, पेष्ट, औषधिलगायतका सामग्री वितरण गरिएको बताउनुभयो । सोही अवसरमा आश्रममा रहेका बालबालिकाको दन्त परीक्षणसहित औषधिसमेत गरिएको थियो । यस्तै विद्यार्थीको सोही कोषबाट दमक–४ मा रहेको…
बिर्तामोड, ७ पुस । झापाको अर्जुनधारा–१० स्थित ॐकार आर्ट एकाडेमीले बृद्धबृद्धालाई खाद्यान्न र लत्ताकपडा प्रदान गरेको छ । एकाडेमीले परोपकार तथा अध्ययन केन्द्र बिर्तामोडद्वारा सञ्चालित बृद्धाश्रमका बृद्धबद्धालाई एक छाक खाना खुवाउनुका साथै ३० हजार रुपैयाँ बराबरको खाद्यान्न र लत्ताकपडा प्रदान गरेको हो । सञ्चालक चिरञ्जिवि अधिकारीले कलाकारितासँगै सामाजिक कार्य पनि एकाडेमी सञ्चालनको उद्देश्य रहेको बताउनुभयो । ‘कलाकारिता क्षेत्रको विकाससँगै सामाजिक कार्यलाई पनि सँगसँगै लैजान्छौँ’, उहाँले भन्नुभयो, ‘कलाकारिता पनि समाजको एउटा हिस्सा हो ।’ अर्का सञ्चालक विराज बाँस्कोटाले यस प्रकारका सामाजिक गतिविधि निरन्तर गर्दै जाने बताउनुभयो । कार्यक्रममा आर्ट एकाडेमीका विद्यार्थी, प्रशिक्षक तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । आश्रममा २४…
काठमाडौँ, ७ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताउनुभएको छ । किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘मैले चिनेको किसुनजी’ विषयक कार्यक्रममा उहाँले नेता भट्टराई आफ्नो आदर्शबाट कहिल्यै विचलित नहुने नेता हुनुहुन्थ्यो भन्नुभयो । “सत्याग्रही नेता किसुनजीले राजनीतिमा विशिष्ट स्थान बनाउनुभएको थियो,”उहाँले भन्नुभयो । नेता पौडेलले बहुदलको स्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रधानमन्त्री हुँदा पनि सत्ताको दुरुपयोग नगर्ने र लपनछपन नभएको व्यक्ति भट्टराई भएको बताउनुभयो । किसुनजी पार्टी सभापति हुँदा दुःख गरेका व्यक्तिलाई वरिष्ठता हेरेर जिम्मेजारी दिने गरेको उहाँको भनाइ थियो…
बनियानी, ७ पुस । झापाका अग्रज पत्रकार नकूल काजीलाई आज अभिनन्दन गरिएको छ । भद्रपुर नगरपालिकाको वडा नं ५ वडा समितिले आयोजना गरेको ‘रिभर साइडबीच भलिबल’ प्रतियोगिताको समापन कार्यक्रममा अग्रज पत्रकार काजीलाई अभिनन्दन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले अग्रज पत्रकार काजीलाई अभिनन्दपत्रसहित नगद रू पाँच हजार हस्तान्तरण गर्नुभयो । कूल १९ साहित्यिक कृतिका सर्जक ७५ वर्षीय काजी आधा शताब्दीदेखि निरन्तर पत्रकारिता पेशामा क्रियाशील हुनुहुन्छ । कार्यक्रममा पूर्व फूटबल खेलाडी दिलीप भूइँमाली र नेपाल पुलिस क्लबका भलिबल प्रशिक्षक सरोज श्रेष्ठलाई पनि नगदसहित सम्मान गरिएको छ ।
काठमाडौँ, ७ पुस । ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ । ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उहाँको एक महिने चित्रकला प्रदर्शनी शुरु भएको हो । विभिन्न स्कुलमा बालबालिकाका कला प्रशिक्षक उहाँले जीवन कै पहिलो कला प्रदर्शनीले उर्जा मिलेको बताउनुभयो । शुक्रबारदेखि शुरु भएको प्रदर्शनीमा समसामयिकदेखि स्थानीयको रहनसहन, धार्मिक मठमन्दिर, गुम्बा, मुहारचित्रदेखि विभिन्न कलात्मक विषय वस्तुका चित्र समावेश गरिएको छ । दोलखा घुम्ने क्रममा पञ्चे बाजा बजाउने नेपाली मौलिक संस्कृति झल्कने दुई स्थानीयको तस्बीरलाई उहाँले सुन्दर ढङ्गले क्यान्भासमा उतार्नुभएको छ । यो चित्र ‘क्लासिक ग्यालरी’ कै आकर्षक चित्र बन्न पुगेको छ । अर्को एक्रेलिक रङमा चित्र कैंची अस्पताल पनि…
काठमाडौँ, ७ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले गोल रहित बराबरी खेलेका छन् । सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेल मैदानमा भएको लिगको दशौँ चरणअन्तर्गत भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको हो । आजको बराबरीसँगै थ्री स्टारको १० खेलबाट २३ अङ्क भएको छ । तेस्रो स्थानको थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछाडि परेको छ । अहिलेसम्मका १० खेलमा च्यासल १४ अङ्क जोड्दै छैटाँै स्थानमा रहेको छ ।