
काठमाडौँ, ७ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले गोल रहित बराबरी खेलेका छन् ।
सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेल मैदानमा भएको लिगको दशौँ चरणअन्तर्गत भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको हो । आजको बराबरीसँगै थ्री स्टारको १० खेलबाट २३ अङ्क भएको छ ।

तेस्रो स्थानको थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछाडि परेको छ । अहिलेसम्मका १० खेलमा च्यासल १४ अङ्क जोड्दै छैटाँै स्थानमा रहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
