झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सप्तरी, ६ पुस । पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पु¥याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले जबरर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

Read More

बनियानी, ६ पुस । झापामा पछिल्लो समय विपन्न विद्यार्थी तथा बालबालिकालाई न्यानो कपडा प्रदान गर्ने क्रम बढ्दै गएको छ । जाडोका कारण विपन्न बालबालिका विद्यालय जानबाट बञ्चित नहुन् र कठ्यांग्रीएर बस्नु नपरोस् भन्ने उद्देश्यले यहाँका सामाजिक संघसंस्थादेखि व्यक्तिले समेत विपन्न घरपरिवार र विद्यार्थीहरुलाई न्यानो कपडा बाँडिरहेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत संघसंस्था, व्यापारिक प्रतिष्ठानले न्यानो कपडा बाँडिरहेका छन् भने व्यक्तिले आफन्तजनको स्मृति, जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतमा खर्च गरिने रकम बचत गरेर बृद्धाश्रम, अनाथ आश्रम, विद्यालय, विपन्न बस्तीमा गएर कम्बल, ब्ल्यांकेट, स्वीटर, मोजा, टोपी लगायतका न्यानो कपडा वितरण गरिरहेका छन् । यसैबीच, बुधबार एकै दिन तीन वटा विद्यालयका विपन्न बालबालिकालाई न्यानो…

Read More

काठमाडौँ, ६ पुस । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाँउमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन् । ‘राष्ट्रपतिकै लागि भनेर हेलकोप्टर खरिद गरेको होइन, यो राष्ट्रपतिलाई समेत कुनै जानकारी छैन, तत्कालीन सरकारले गरेको निर्णयाअनुसार खरिद प्रक्रियासमेत अघि बढेको अवस्थामा राष्ट्रपतिलाई मुछेर विवादमा खान्न खोजिएको छ । त्यो हेलिको प्टरले भिभिआइपीमात्रै बोक्दैन , दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई उपचारका लागि ल्याउँछ,’ उनले भने । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ६ पुस । सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो । मंसिर २६ मा दर्ता नम्बर ०७५–एपी–०२६९ भएको अवहेलना मुद्दा पुस १ मै पेसीमा चढ्दा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट फैसलासहितको मिसिल झिकाउने आदेश भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ६ पुस । चीन सरकारको सहयोगमा नेपालको उत्तरी क्षेत्रमा परियोजन सञ्चालन हुने भएको छ । चीनले नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालनमा ल्याउन लागेको हो । परियोजना सञ्चालनका लागि बुधबार कृषि तथा पशुपन्त्री विकास मन्त्रालयका योजना महाशाखाका प्रमुख डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट तिब्बत इन्टरनेसनल इकोनोमिक एक्स्चेन्ज सर्भिस सेन्टरको वाणिज्य विभागका प्रबन्ध निर्देशक वेन जेनले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो परियोजनाका लाग चीनले २७ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ६ पुस । पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ रु कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै । बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् । फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन ।’ अमेरिकाबाट फर्केकी पाठकलाई त्यहीको कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन सुझाए । आक्रोश भावमा उनले भनिन्, ‘यस्तो नियम कतै…

Read More

कामठाडौं, ६ पुस । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको हो । एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सई, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो । छानविन समितिले १८ जना प्रहरीकै गल्नी प्रस्ट रुपमा औँल्याएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

उर्लाबारी, ६ पुस । स्थानीय तह ट्रेड युनियन संयुक्त परिचालन समितिले बिहीबार मोरङको उर्लाबारी नगरपालिकामा बिभिन्न माग राखी धर्ना दिएका छन् । धर्ना कार्यक्रममा नगरपालिकामा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालक सहभागी थिए । देशव्यापी आन्दोलनअन्तर्गत समितिले सो नगरपालिकामा धर्ना दिएको हो । समितिले बिभिन्न माग समेटिएको ज्ञापनपत्र समेत नगर प्रमुखलाई बुझाएका छन् । स्थानीय तहका कर्मचारीको हितमा सर्वोच्च अदालतद्वारा गरिएका फैसला कार्यान्वयन गर्नुपर्ने, कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ उपदफा (४) बमोजिम स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविक स्थानीय निकायका कर्मचारीको समकक्षता निर्धारण गरी देहाय अनुसार समायोजन गर्नुपर्ने र स्थानीय तहमा फोहोरमैला तथा…

Read More

भद्रपुर, ६ पुस । झापाको भद्रपुरस्थित मेची नदीको बालुवामा रिर्भर साईड ‘बीच’ भलिबल खेलमा आयोजक वडासहित २ र ३ नम्बर वाड विजयी भएका छन् । बिहीबारदेखि शुरु भएको खेलमा वडा नम्बर ५ र १० बीचको पहिलो खेलमा आयोजक वडा विजयी भएको थियो । त्यसैगरी वडा नम्बर ३ र ९ को विचमा भएको दोस्रो खेलमा ३ नम्बर वाडले विजयी हासिल गरेको थियो । अन्तीम खेलमा वडा नम्बर १ र २ बिच भएको खेलमा पहिलो कोर्टमा १ नम्बरले जित हासिल गरेको थियो भने सोही टिमलाइ कोर्ट परिवर्तन गरि भएको खेलमा वडा नम्बर २ विजयी भएको थियो । खेलमा वडा नम्बर ५ का…

Read More

उर्लाबारी, ६ पुस । मोरङको विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोसी राजमार्गमा हिजो साँझ तेल बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२८प ३८५६ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना७ख ४६२३ नंको तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार मोरङ, पथरीशनिश्चरे नगरपालिका–१० बस्ने २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय मनोज कार्की गम्भीर भएकाले उहाँको स्थानीय हाम्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक हिमा मनोजकी श्रीमती हुन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More