
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्मा झापा, ७ माघ । पछिल्लो समय मह उत्पादन बढे पनि बजारीकरण हुन नसक्दा बिक्री गर्न मुस्किल परेको छ । स्थानीयस्तरमा उत्पादित महले विदेशी ब्राण्डका महसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उत्पादन बिक्री गर्न मुस्किल परेको हो । स्थानीयस्तरमा उत्पादित मह गुणस्तरी भए पनि बजारमा प्रतिस्पर्धा गर्न नसकिएको नेपाल मौरीपालक महासंघकी उपाध्यक्ष देवी दाहालले बताउनुभयो । ‘विदेशबाट आयात हुने मह धेरै प्रशोधन गरिएकाले जम्दैन र सस्तो पनि हुन्छ’, उहाँले भन्नुभयो, ‘महको गुणस्तर नबिग्रियोस् भनेर हामी धेरै प्रशोधन गर्दैनौँ, जम्छ, उपभोक्ता चिनी मिसाइएको भनेर किन्दैनन् ।’ स्वास्थ्यका दृष्टिकोणले मह महत्वपूर्ण खाद्य पदार्थ हो । औषधीय गुण भएकाले पनि मह बालकदेखि बृद्धिसम्म…
चितवन, ७ माघ । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ । उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताउनुभयो । घटनाको साँझ ७ बजे जानकारी भएपछि राति दुवै जनालाई उद्धार गरी आज बिहान भरतपुर अस्पताल ल्याइएको आचार्यले बताउनुभयो । पीडितका अनुसार कुटपिट गर्ने अन्दाजी १८र२० वर्षका युवक उनीहरुले हालसम्म नदेखेको जनाएका छन् । प्रहरीले ती युवकको खोजी कार्य जारी राखेको उहाँले…
बिर्तामोड, ७ माघ । पाँचथरबाट झापा तर्फ ल्याउँदै गरेको उत्तिसको काठसहित ३ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलामको रोङ गाउँपालिका–४ बाट प्रहरीले उत्तीसको काठ सहित ३ वटा ट्रकलाई नियन्त्रणमा लिएको हो । प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरी टोलीले बिहान साढे ७ बजे पाँचथरबाट झापातर्फ ल्याउँदै गरेको उत्तीसको गोलाई काठ सहित ना ४ ख ७२८९, मे १ ख २७८९ र ना ५ ख ४९८७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो । काठसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारवाहीको लागि इलाका वन कार्यालय बुधवारे झापामा पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
धनकुटा, ७ माघ । धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित २ युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले ३७ किलो गाँजा सहित धनकुटा शहिदभुमी गाउँपालिका(४ छिन्ताङ बस्ने बर्ष २० को भुपाल राई र बर्ष २० को जजल राईलाई पक्राउ गरेको हो । प्रहरीले गाँजा ओसार(पसारमा प्रयोग भएको बा २६ प ६५४० र को ११ प ३८२५ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । बिहान साढे ५ बजे गाँजा सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
तेह्रथुम, ७ माघ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा रु ७० करोड बढी रकम लगानी गरेको छ । युवालाई स्वरोजगार बनाउने ध्येयले कोषले जिल्लाका विभिन्न सहकारी संस्थामार्फत रु ७० करोड २० लाख बढी रकम लगानी गरेको हो । त्यतिका रकम लगानीका लागि विभिन्न सहकारी संस्थासँग सम्झौता भई हालसम्म रु ५५ करोड ७० लाख लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य सचिव माधव दाहालले बताउनुभयो । उहाँका अनुसार जिल्लाका १४ वटा सहकारी संस्थामा मात्रै अहिले रु ५५ करोड ७० लाख लगानी भइसकेको छ । १४ वटा सहकारी संस्थाका ३२१ युवालाई कोषले…
तेह्रथुम, ७ माघ । म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । रु पाँच करोड ९८ लाख ४७ हजार २६१ मा कामको जिम्मा लिएको कम्पनीले निर्धारित म्यादभन्दा ढिला गरी भए पनि पुल निर्माणको काम सकेको हो । ४८ मिटर लम्बाइ र छ मिटर चौडाइ रहने उक्त पुल स्टिल प्लेटमाथि आरसिसी स्ल्याब लगाएर…
पूर्णप्रसाद मिश्र काठमाडौँ, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महीनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल,…
बिर्तामोड, ७ माघ । आर्थिक अभावका कारण झापाको बुद्धशान्ति–४ की एक बालिकको उपचारमा समस्या भएको छ । दुवै मृर्गौला खराब भएकी बुद्धशान्ति–४ जुनेली बस्तीकी १५ वर्षीया नुमा लिम्बूको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । सानै उमेरमा दुवै मृगौला खराब भएपछि नमूना जीवन–मरणको दोसाधमा रहेकी छन् । नुमाको मृगौला प्रत्यारोपणका लागि करिब रू ७० लाख लाग्ने ललितपुरस्थित सुमेरो अस्पतालले बताएको बुबा इन्द्रध्वज लिम्बूले बताउनुभयो । ‘नुमाको उपचारका लागि डाक्टरले ७० लाख लाग्छ भनेका छन्’, उहाँले भन्नुभयो, ‘यत्रो रकम कहाँबाट ल्याउने ।’ उहाँले आर्थिक सहयोगका लागि सबैसँग अपिलसमेत गर्नुभएको छ । कलिलै उमेरमा छोरी बिरामी परेपछि परिवारमा ठूलो बज्रपात गरेको…
काठमाडौं, ७ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ । पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्न थालेका छन् । नौ सदस्यीय कार्यदलेको बैठक २४ पुसपछि बस्न सकेको छैन । विधानमा भएका सामान्य त्रुटि सच्याउन सहमति भएपछि सांगठनिक एकीकरण प्रक्रियामा पुग्दा बैठक बस्न सकेको छैन । आजको नागरिक पत्रिकामा खबर छ ।
जनकपुरधाम, ७ माघ । जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शमौले दुई बर्षे शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए । प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।