झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, २८ पुस । बर्सेनि झापाको कनकाई नदीमा लाग्दै आएको माइमेला (मकर मेला)मा सुरक्षा व्यवस्था मजबदु बनाउन पहिलो पटक ड्रोन क्यामेरा प्रयोग गरिने भएको छ । मेलामा हुन सक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्न पहिलो पटक ड्रोन क्यामेरा र सीसी क्यामेराबाट निगरानी गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । ‘ठाउँठाउँमा सीसी क्यामेरा जडान गरिने छ’, उहाँले भन्नुभयो, ‘सम्पूर्ण गतिविधि नियाल्न यस पटक ड्रोन क्यामेराको प्रयोग गरिनेछ ।’ पुस ३० गतदेखि माघ २ गतेसम्म सञ्चालन हुने मेलालाई सुरक्षित रुपमा सञ्चालन गर्नका लागि कार्यालयले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघ–संस्थाहरुसँग आज छलफलसमेत…

Read More

काठमाडौँ, २८ पुस । महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नं २०३ मा बसेर आफू प्रहरीको बहालवाला डिएसपी भनी नक्कली परिचयपत्र देखाई आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

Read More

कनकाई, २७ पुस । झापा कनकाई नगर क्षेत्रका अटोरिक्साहरु असुरक्षित हुन थालेका छन । अपरिचित मानिसको अटोरिक्सामा चढ्न छोरीचेली तथा नगद पैसा तथा बहुमुल्य सम्पत्ति बोकेका यात्रुसमेत अटोरिक्सावालाबाट लुटीने सम्भावना वढ्दै गएको छ । शुक्रबार दिउसो सुरुङ्गा चोकबाट १ किलोमिटर माथि आफ्नो साथीको घरसम्म अटोरिक्सामा चढेकी एक कनकाई माविमा कक्षा १० मा अध्यानरत् छात्रा गम्भिर घाईते बनेकी छन । उनी सुरुङ्गाको एक अटोरिक्साबाट आफ्नो साथीको घरसम्मका लागि चढेकोमा अटोरिक्सावालाले साथीको घरआइपुग्दा पनि नरोकी जंगलतीर लगेपछि गुहारमाग्दै अटोबाट हामफालेर आफ्नो ज्यान बचाउन सफल बनेकी छिन । उनी हामफालेपछि उनको नाकको हड्डी भाचिएको छ भने शरिरमा चोटपटक लागेको छ । उनको सुरुङ्गास्थित…

Read More

हिलिहाङ, २७ पुस । पाँचथरको फिदिममा जारी १० औँ अन्तर्राष्ट्रिय आमन्त्रण रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दे अन्तिम दुईको यात्रा तय गरेको हो । झापालाई जिताउन क्याप्टेन कर्ण लिम्बूले खेलको ५३ आँै मिनेटमा गरेको गोल निर्णायक बन्यो । झापाका दिलेन लोक्ताम म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रोयल एफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ । यही पुस ३० गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

Read More

बनियानी, २७ पुस । झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५० वर्षीय भीमबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका–४ स्थित ज्योतिचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४४०७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मे१ज १६८१ नम्बरको कार एकआपसमा ठक्कर खाँदा कार चालक इलाम फाकफुक गाउँपालिका–१ का २३ वर्षीय अमृत खड्गा र कारमा सवार बुढाथोकी गम्भीर घाइते भएका थिए । दुर्घटनाबाट गम्भीर घाइते उनीहरुको दमकस्थित…

Read More

धनकुटा, २७ पुस । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनमा सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले धनकुटामा आज आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यावसायिक मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले त्यसमा केही सहयोग पु¥याउनुपर्ने भए निर्णय गर्न प्रदेश सरकार तयार छ भन्नुभयो । नकारात्मक कुराको बढी खोजी गर्ने र सकारात्मक कुरालाई कम प्राथमिकता दिने क्रम केही बढेजस्तो देखिएको भन्दै त्यसमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।

Read More

धनगढी, २७ पुस । यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपअन्तर्गत आज भएको प्रतिस्पर्धामा सिएमजी क्लब सङ्कटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले पराजित गरेको छ । जितसँगै सङ्कटा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको आजको खेलको इन्जुरी समयको पहिलो मिनेटमा जय गुरुङले दिएको पासमा रवि सिलवालले बललाई नियन्त्रणमा लिँदै गोल गरेर सङ्कटालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८३ औँ मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटाको जित पक्का गरे । विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरे पनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताउनु भयो । गोर्खा…

Read More

काठमाडौँ, २७ पुस । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैंकले आव २०७४÷७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र…

Read More

अशोक घिमिरे काठमाडाँै, २७ पुस । पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ । पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटकपटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको भूमिका र व्यवसायिकतामाथि पनि विभिन्न निकायबाट प्रश्न उठाइँदै आएको छ । भण्डार क्षमता विस्तारका नाउँमा जग्गा खरिद गर्दा व्यापक अनियमिता गरेको, तलदेखि माथिसम्मको ‘सेटिङ’मा तेल चोरी, विद्यार्थी सङ्गठनका नेतालाई ‘तेलका कुपन’ उपहार दिइएको घटनाले निगमको छवि निकै खस्केको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको ‘निगममा प्वालैप्वाल भएको’ भन्ने भनाइले…

Read More

हेटौँडा, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीको तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँंडामा कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा मकवानपुर जिल्ला समन्वय परिषद्का प्रमुख रघुनाथ खुलालले राष्ट्रको मौजुदा संविधानको साथै राष्ट्रियताको दिगो संवद्र्धनको लागि प्रमुख दलहरुले आफ्नो बानी व्यहोरामा परिवर्तन गरी देश र जनताप्रति जिम्मेवार हुने प्रवृत्तिको विकास गर्नसके पृथ्वीनारायण शाहको दिव्योपदेशले सार्थकता पाउने बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वमा दलगत स्वार्थलाई त्यागेर सुशासन र भ्रष्टचारमुक्त समाज निर्माण गर्न राजनीतिक दलले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने सुझाव दिँदै स्थानीय निकायका जनप्रतिनिधिले जनताप्रति उत्तरदायी हुने क्रममा ऐन कानूनको परिधिभित्र रही भ्रष्टाचारलाई न्यूनीकरण गर्न आह्वान गर्नुभयो । सो अवसरमा राप्रपाका…

Read More