
हिलिहाङ, २७ पुस । पाँचथरको फिदिममा जारी १० औँ अन्तर्राष्ट्रिय आमन्त्रण रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दे अन्तिम दुईको यात्रा तय गरेको हो । झापालाई जिताउन क्याप्टेन कर्ण लिम्बूले खेलको ५३ आँै मिनेटमा गरेको गोल निर्णायक बन्यो । झापाका दिलेन लोक्ताम म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रोयल एफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ । यही पुस ३० गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
