
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ५ बैशाख । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ३ कार्य दिनको “चट्याङ जोखिम न्युनिकरण तथा उद्दार (प्र.ज. देखि जु.प्र.अ.) अनुशिक्षण तालिम प्रथम समूहको समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको प्रमुख आतिथ्यतामा बैशाख ५ गते कोशी प्रदेश प्रहरी कार्यलयको सभाहलमा उक्त तालिमको समापन भएको हो । तालिम समापनलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि अधिकारीले तालिमबाट सिकेका ज्ञान र सिपबाट उर्जा प्राप्त भएका प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा रहेका अन्य प्रहरी कर्मचारीहरु लगायत समुदाय प्रहरी साजेदारी कार्यक्रम मार्फत दिईने सचेतनामुलक कार्यक्रमहरुमा समेत चट्याङ जोखिम न्युनिकरण सम्बन्धी जानकारीहरु गराई चट्याङबाट हुने भौतिक तथा मानविय क्षतिलाई न्युनिकरण गर्नु…
अत्यधिक रक्त यूरिक एसिडले मुटुलाई सोझै असर पार्ने देखिदैन । उच्च रक्तचापद्धारा पीडित व्यक्तिहरुमध्ये २५ देखि ५० प्रतिशतको रगतमा यूरिक एसिड बढेको भेटिन्छ । यूरिक एसिडले विशेषगरी हात खुट्टाका जोर्नीहरुको बाथ गराउँछ । यसका साथै अत्यधिक रक्त यूरिक एसिडका कारण मिर्गौलामा पत्थरी जम्न थाल्छ र मिर्गौलाको कार्यमा अवरोध उत्पन्न भई उच्च रक्तचापको विकास हुन्छ । जसबाट अन्ततोगत्वा मुटुमा नकारात्मक असर पर्दछ । यसकारण रगतमा यूरिक एसिड बढेको पाइएमा उपचार गराउनु राम्रो हुन्छ । रगतमा यूरिक एसिड बढी भएमा रोगीहरुले खानामा विशेष ध्यान दिनुपर्छ । मुख बार्नु पर्ने खानाहरु१. रातो मासु, (खसी, राँगो) भित्रि मासु, (कलेजो, मुटु, मिर्गौला, गिदी, फोक्सो आदि)२.समुन्द्री…
काठमाडौं, ५ वैशाख । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय समितिबाट ३ दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी गरेका छन् । यसका लागि दुवै दलले माओवादी केन्द्रलाई मनाउने प्रयास गरेका छन् । ‘संवैधानिक परिषद् सम्बन्धी विधेयकमा एमालेको फरक बुझाइ थियो । तैपनि अगाडि बढ्छ भने बढोस् भनेर हामीले सहमति जनायौं,’ एमाले सांसद रघुजी पन्तले भने, ‘फरक मत लिखित रुपमा राखेनौँ । यो कुरा म विपक्षी दललाई स्मरण गराउन चाहन्छु ।’ अर्थात् एमाले साम्सद पन्तले माओवादी केन्द्र लगायत विपक्षीलाई फरक मत लिखित रुपमा नराख्न आग्रह गरे । कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले पनि कतिपय अवस्थामा आफुलाई लागेकै जस्तो हुन…
मकवानपुर, ५ वैशाख । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको हो । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए । नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त…
सुनसरी, ५ वैशाख । सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ४ गते सुनसरीको कोशी गाँउपालिका–१ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको रामधुनी– ५ का २० वर्षीय करण चौधरी, ईटहरी–४ का ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापाँगाई, १९ वर्षीय मिलन तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका–५ का ४२ वर्षीय प्रेम कुमार राई, ३१ वर्षीय दिपेश तामाङ, सुन्दरहरैचा–६ का २५ वर्षीय अनिल खवास, २६ वर्षीय अजित श्रेष्ठ, सुनसरी धरान– ८ का २९ वर्षीय सरोज विश्कर्मा, सोही स्थानका ३४ वर्षीय किशोरको मादेन, सुनसरी…
बिर्तामोड, ५ बैशाख । झापा बिर्तामोडमा महिलालाई तीन दिने उद्घोषण तालिम दिइएको छ । श्री छठ महिला मञ्च बिर्तामोडको आयोजनामा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धिका लागि तीन दिने उद्घोषण तालिम दिइएको हो । बैशाख २ गतेदेखि सुरु भएको तालिम बिहीबार समापन भएको हो । छठ सेवा समाज बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीको प्रमुख आतिथ्य तथा छठ महिला मञ्चकी अध्यक्ष निशा साह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वस्तीका आर्चायले प्रशिक्षण प्रदान गरेकी थिइन् । तालिमले महिलामा सामूहिक नेतृत्वको भावना र महिलाका मुद्दा उठान र कार्यक्रममा बोल्न सक्ने क्षमताको विकासमा सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको मञ्चको अध्यक्ष गुप्ताले बताइन् । समापन…
झापा, ५ बैशाख । बलिउड अभिनेता सैफ अली खानको घरमा घुसेर उनको हत्या प्रयास गरेको आरोपमा प्रहरीले बंगलादेशी नागरिक मोहम्मद शरिफुल इस्लामविरुद्ध आरोपपत्र दायर गरेको छ। जसमा आरोपिको औँठाछाप सैफको सतगुरु शरण अपार्टमेन्टको आठौँ तल्लाबाट लिइएको नमुनासँग मेल खाएको उल्लेख छ । फिंगरप्रिन्ट ब्युरोको प्रतिवेदनमा भनिएको छ, ‘तीन ठाउँबाट लिइएका नमुनामध्ये अभियुक्तको हत्केलाको छाप काठको ढोकामा (आठौँ तलाको सिँढीमा) फेला परेको थियो । बाँकी दुई औँठाछापका नमुना उनीसँग मेल खाएनन् ।’ साथै सैफको घर, बाथरुमको ढोका, मार्बल, शयनकक्षको ढोका, दराजबाट लिइएका औँठाछापहरू पनि मेल नखाएको प्रतिवेदनमा उल्लेख छ । घटनाको ८३ दिनपछि प्रहरीले अदालतमा दायर गरेको आरोपपत्रबाट सैफ अली खानको…
झापा, ५ बैशाख । मकवानपुरको मकवानपुरगढीमा विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ खडक खण्डमा गएराति १ बजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको १६ जना सवार इभी गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटना हुँदा सर्लाहीको बागमती नगरपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका–५ निवासी ५० वर्षकी निलम देवी राउतको मृत्यु भएको छ ।
इनरुवा, ५ बैशाख । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो ९घुर०ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको हो । जहाँ ६० लाख बराबरक्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए । स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए । आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका…
झापा, ५ बैशाख । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ । सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।राति पनि यो…