
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सोलुखुम्बु, २० चैत। सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकोप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव परीक्षणपश्चात चैत १९ गते…
झापा, २० चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ । यही चैत ७ गतेदेखि शुरू भएको परीक्षा हिजो सकिएको हो । यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । एसईईमा सबैभन्दा धेरै काठमाण्डौमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ जना सहभागी थिए । जापानको एक परीक्षा केन्द्रमा २९ जनाले एसईई दिएका छन् । यस वर्ष परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । सरकारले परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ…
काठमाण्डौ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न शिनावात्राको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा ६ वटा समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो । थाइल्यान्ड सरकारको औपचारिक भ्रमण तथा छैटौं ुबिम्स्टेकु सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो थाइल्यान्ड पुग्नुभएको हो । यसैबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका…
विराटनगर, २० चैत्र । सुनसरीको हरिनगर गाउँपालिका–५ स्थितका १२ घर अग्नि पिडित परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा राहत वितरण गरिएको छ । चैत्र १९ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सुस्मिता के.सी., जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीको विशेष आतिथ्यतामा १२ घर अग्नि पिडित परिवारका प्रत्येक घर परिवारका सदस्यहरुलाई ओढ्ने ब्लाङ्केट, म्याट, त्रिपाल, चामल, दाल लगायत खाद्यान्नका सामग्री वितरण गरिएको हो । राहत वितरणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले विपदको समयमा पिडित परिवारलाई…
उदयपुर, २० चैत्र । उदयपुरको कटारी नगरपालिका–४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । चैत्र १९ गतेकटारी नगरपालिका–४ स्थितबजारमा लागूऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ओसारपसारमा संलग्न रहेका कटारी–७ का २९ बर्षीय हरि बहादुर तामाङ, कटारी–८ का १९ बर्षीय भक्त बहादुर तामाङ, २५ बर्षीय सोम कृष्ण राई, कटारी–४ का २३ बर्षीय अनमोल मगर, २० बर्षीया आरती राउत, २३ बर्षीय सरद कुमार सुनुवार र १९ बर्षीय बिक्रम साशंकारलाई TRUPAIN TABLET– ४ हजार ४ सय ३१ चक्की, SPASPAIN TABLET-…
धनकुटा, २० चैत्र । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १९ गते राती ९ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीलेभेडेटार रवी(राँके सडक खण्डमाको। १ च ३४७८ नम्वरको मारुती कारलाई शंकालागि चेकजाँच गर्दा कार भित्र कालो प्लाष्टिकले वेरेको १० पोकामा ३ सय किलोग्राम लागू औषध गाँजा वरामद भएको थियो । गाँजा बरामद भएसंगै कार र चालक बिराटनगर महानगरपालिका–१५का २६ बर्षीय प्रिन्स कुमार साहलाई नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा बोकेको कार सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।
विराटनगर,२० चैत्र । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र १९ गते प्रतिबन्धित लागु पदार्थ सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका–५ का रोहित कार्कीलाई लागु पदार्थ स्कुफ–८ बोतल, मोरङको विराटनगर महानगरपालिका–१५ का ३७ बर्षीय प्रभात सिंह कटुवाललाई ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम, मोरङको बेलबारी नगरपालिका–४ का ३० बर्षीय हर्कराज राई र ३० बर्षीय सुजन खवासलाई ५ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित र बेलबारी –४ का २३ बर्षीय सरोज राईलाई ५ ग्राम २५ मिलिग्राम लागु पदार्थ ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो। यसैगरी इलाका प्रहरी कार्यालय…
झापा, २० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर…
जलेश्वर, २० चैत । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताए । खर्नाका दिन मिथिलानी व्रतालुहरु दिनभरि निर्जल एवं निराहार उपबास बसेर साँझपख घर घरमा खीर, पूरी, लरु ९लड्डु०, केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गरेर सूर्य भगवान् र छठी मातालाई…
झापा, २० चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ । देशका अधिकांश भूभागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको छ । वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले स्वास्थ्य, दैनिक जनजीवन प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन…