झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, ७ माघ । झापाको कनकाई नगरपालिकामा आइतबार दिउँसो एक पुरुषको शव फेला परेको छ । कनकाई–३ सुरुङ्गा चोकमा पहिचान खुल्न नसकेको मंगोलियन अनुहारका करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । मृतकले सामान्य चप्पल, हरियो रंगको ज्याकेट र जिन्सको पेन्ट लगाएको प्रहरीले जनाएको छ । ‘मृत्युको कारण मृतको पहिचान खुल्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘अनुसन्धान गरिरहेका छौँ ।’ मृतक केही दिनयता सुरुङ्गा आसपासको क्षेत्रमा देखिने गरेको स्थानीयबासीको भनाइ छ ।

Read More

रत्ननगर, ७ माघ । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् । सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिनुभयो । बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं, ७ माघ । डा. गोविन्द केसीले जुन विधेयकमा आपत्ति जनाएर अनशन सुरु गरेका छन्, त्यसैलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ । विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ । समितिबाट प्रतिवेदन संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयक सम्भावित कार्यसूचीमा राखिएको संघीय संसद् कार्यव्यवस्था परामर्श समितिका अधिकृत राजन घिमिरेले जानकारी दिए । ‘सम्भावित कार्यसूचीमा रहँदैमा पारित भइहाल्छ भन्ने होइन । सभामुखले कार्यसूचीबाट हटाउन पनि सक्नुहुन्छ,’ उनले भने । गत १० साउनमा सरकारले डा। केसीसँग गरेको नौबुँदे सहमति हुबहु विधेयकमा समावेश गर्न नेकपाका सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।…

Read More

काठमाडौं, ७ माघ । अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ । बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो । गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो । बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन् । बैंक स्थापना गर्ने काममा अहोरात्र खट्दा पनि आफूलाई हटाइने कोइरालाले बताए ।‘करिब साढे तीन वर्षसम्म बैंक स्थापना गर्न मेहनत गरें । तर त्यो मेहनतको कुनै अर्थ भएन,’ पूर्व मुख्यसचिवसमेत रहेका कोइरालाले भने, ‘यसबारे उपयुक्त समयमा बोल्नेछु ।’ कांग्रेस नेतृत्वको सरकारले कोइरालालाई अध्यक्षमा नियुक्ति…

Read More

सिन्धुपाल्चोक, ७ माघ । ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले तीव्रता दिएको छ । अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारीअनुसार लिपिङ बसपार्कबाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ । उनका अनुसार सुक्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भएको छ । बाह्रबिसेदेखि मितेरी पुलसम्मको २६ किलोमिटर कोदारी राजमार्गको काम ५० प्रतिशत सकिएको छ ।…

Read More

भद्रपुर, ६ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार विकास र समृद्धिको बाटोमा नहिडेको बताएका छन् । प्रेस क्लब भद्रपुरमा आयोजित अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले विगतका सरकारका पालामा सुरु भएका महत्वपूर्ण बहुवर्षे आयोजनाका काम रोकेर सरकारले नयाँ कार्यक्रम समेत ल्याउन नसकेकोले विकास र समृद्धिको बाटोबाट सरकार भागिरहेको आरोप लगाएका हुन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहिसकेका सिटौलाले एक वर्षे अवधिमा जनताको चाहना र विश्वास समेट्ने एउटा पनि उल्लेखनीय काम गर्न नसरकेर नेकपा सरकारले लाचारपन देखाइ रहेको प्रष्ट पारेका छन् । गृह जिल्ला झापामा दुई हप्तायता रहेका सटौलाले कार्यक्रममा बोल्दै नेपाली जनताले प्राप्त गरेको मौलिक व्यवस्था संघीय…

Read More

काभ्रेपलाञ्चोक, ६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्न कानून निर्माण हुँदै गरेको बताउनुभएको छ । भुम्भु गाउँपालिका–८ भुम्लुटारस्थित प्रकाश माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन तथा हस्तान्तरण समारोहमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकलाई कारवाही गर्ने कानून बनाउन छलफल हुँदैछ, छिट्टै कानून बनाउँदैछौँ ।” उहाँले सरकारले समुदायिक विद्यालयमा गुणस्तरीयता ल्याउनसमेत अठोट गरिसकेको बताउनुभयो । मन्त्री बाँस्कोटाले विद्यालय राजनीति गर्ने, हिंसा तथा द्वन्द्व निम्त्याउने थलो नभएको बताउनुभयो । उहाँले विद्यालय भविष्य बनाउने केन्द्र भएको बताउँदै “आ–आफ्नो आस्था होला, तर शिक्षकले विद्यालयमा राजनीति…

Read More

इलाम, ६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गर्नुभएको छ । आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताउनुभयो । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ”, राईले भन्नुभयो, “हामी नयाँ ढाँचामा काम गरेकाले केही समस्या आएको हो ।” उहाँले सङ्घीयता विफल हुन कुनै पनि हालतमा नदिने विचार व्यक्त गर्नुभएको छ । सङ्घीयताका कारण मात्रै समृद्धि घोषणा गर्न सकिने भएकाले यस्तो नयाँ संरचना अपनाइएकोसमेत जानकारी दिनुभयो । फरक प्रसङ्गमा…

Read More

सान नेपाल गौरादह, ६ माघ । गौरादह १ को श्रीकृष्ण प्रणामी सेवा समितिको मन्दिर परिसरमा श्रीमद्भागवत महापुराण शुरु भएको छ । सेवा समितिको प्रांगणमा भजन किर्तन, विवाह व्रतवन्ध तथा शुभकार्य र जेष्ठ नागरिकहरुलाई आराम गर्ने स्थलसहितको सुविधा सम्पन्न सामुदायिक सत्सग निर्माण गर्ने उद्देश्यले आथिक संकलन गर्न महापुराण आयोजना गरिएको समितिका सहसचिव दिपक उप्रेतीले जानकारी गराए । पुराण उद्घाटन अघि मन्दिर परिसरबाट निकालिएको कलस यात्राले गौरादहको डिपुचोक बाट पेट्रोल पम्प हुँदै बजार परिक्रमा गरी पुनः मन्दिर स्थलमा आई कलस विसर्जन गरेका थिए । साविक झापा क्षेत्र नं. ६ का सभासद् दिपक कार्कीले महापुराणको उद्घाटन गरेका थिए । महापुराण अवधिभर भागवताचार्य रोहित…

Read More

सान नेपाल गौरादह, ६ माघ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले नेपाली कांग्रेस पार्टीभित्र शैद्धान्तिक विचलन नरहेको दावी गरेका छन् । नेपाली कांग्रेस गौरादह नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा चुनावमा पार्टी पराजित हुँदैमा कार्यकर्ताहरु निरास नहुन आग्रह गरेका छन् । चुनाव विजय र पराजयको चक्र रहेकाले आगामी निर्वाचनमा नेपाली कांगे्रस पहिलो पार्टी हुने दावी गरेका छन् । गत निर्वाचनमा नेपाली जनताले पार्टीलाई प्रतिपक्षमा बस्न मतदान गरेकाले पाटीले प्रतिपक्षको भूमिका निर्वाह गरेको बताए । नेता सिटौलाले गणतान्त्रिक व्यवस्थालाई दर्विलो वनाउन नेपाली कांगेस मात्र सक्षम रहेको बताए । पार्टी कार्यकर्ताहरुको राय सल्लाह र सुझावका आधारमा पार्टीलाई गतिशिलता…

Read More