झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १७ माघ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले वैदेशिक रोजगारसम्बन्धी गुनासो सम्बोधन ‘कल सेन्टर’ सञ्चालन गर्ने भएको छ । फोनबाटै वैदेशिक रोजगारसम्बन्धी गुनासोलाई सम्बोधन गर्न कल सेन्टर सञ्चालन गर्न थालिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कल सेन्टर सञ्चालन भएपछि वैदेशिक रोजगारसम्बन्धी गुनासो जुनसुकै ठाउँबाट पनि राख्न सकिने उहाँले जानकारी गराउनुभयो । “विदेशमा अलपत्र परेका, बिरामी परेका, वैदेशिक रोजगारमा ठगिएका तथा कुनै समस्या परे अब फोन, इमेल र सामाजिक सञ्जालबाट कल सेन्टरमा गुनासो दिन सक्नेछन्”, उहाँले भन्नुभयो, “अब वैदेशिक रोजगारसम्बन्धी कुनै गुनासो भए काठमाडौँनै आउनु नपर्ने गरी कल सेन्टर बनाउन थालेका छौँ ।” बोर्डले श्रम, रोजगार तथा…

Read More

काठमाडौँ, १७ माघ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजद्वारा आज यहाँ आयोजित ‘संसद्मा प्रश्नोत्तर र प्रभावकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले यसमा थप अनुभवको खाँचो रहेको औँल्याउनुभयो । सभामुख महराले संयुक्त अधिराज्य जस्ता संसदीय प्रणालीमा अभ्यस्त मुलुकका अनुभव नेपालका लागि महत्वपूर्ण हुने अपेक्षा गर्दै त्यसलाई नेपालको मौलिकतासँग परिमार्जन गरेर लागू गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सांसद रेखा शर्माले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र सरकारका भनाइ आमजनतासमक्ष प्रभावकारीरूपमा पु¥याउन संसद्मा प्रश्नोत्तर कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिनुभयो । सङ्घीय सचिवालयका सचिव ध्रुव घिमिरेले संसद्मा…

Read More

काठमाडौँ, १७ माघ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गर्नुभएको थियो । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद वृषेशचन्द्र लालले विधेयकलाई संशोधनसहित विधायन समितिमा पठाउन माग गर्नुभएको थियो । “सरकारले डा गोविन्द केसीसँग गरेको सहमति अक्षरशः पालना गर्नुपर्छ, सहमति संविधानविपरीत गरेको भए त्यस्तो सरकार एक मिनेट पनि रहन सक्दैन, संविधानबमोजिम नै सहमति गरेको भए कुन अहं र दम्भले सरकार यसबाट पछि हट्यो रु”, उहाँले भन्नुभयो…

Read More

ताप्लेजुङ, १७ माघ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्राहलय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो । सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय महिलाले विभिन्न निकायबाट सहयोग जुटाइ करीब १० लाख रुपैयाँको सहयोगमा २०६२ सालमा सङ्ग्रहालयको भवन निर्माण गरेका थिए । स्थानीय महिला समूहको पहलमा शुरुआत भएको सङ्ग्रहालयमा गुरुङ जातिको ऐतिहासिक सामग्री राखिएको तर व्यवस्थापकीय समस्याका कारण उलेख्यरुपमा पर्यटक तथा अवलोकनकर्ता आउन नसकेको आमा समूहका उपाध्यक्ष सीता…

Read More

दमक, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभएको छ । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।” झापाको दमक नगरपालिकाले यहाँ आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बालमहोत्सवको उद्घाटन गर्दै प्रम ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने जोड दिनुभयो । देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडि…

Read More

काठमाडौंँ, १७ माघ । बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो आपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । काठमाडौँको गोङ्गबुमा रहेको रियल टाइगर टुर्स एण्ड ट्राभल्सबाट रु आठ लाख १५ हजार बैंकमा जम्मा गर्न पठाइएका स्याङ्जा गल्याङ नगरपालिका– ११ घर भई हाल काठमाडौँ धापासी बस्दै आएका तीलकराम अधिकारीलाई पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो । ट्राभल्सबाट डेजिना बस्नेतले बैंकमा जम्मा गर्न बुधबार उक्त रकम पठाएकामा लाजिम्पाटबाट केही व्यक्तिले बन्दुक देखाई केही चिज सुँघाएर बेहोस पारी रकम लुटेर फरार रहेको भन्ने जानकारी आएपछि अनुसन्धान गर्दा अधिकारीले…

Read More

भारतको बिलासपुरमा एक दर्दनाक घटना भएको छ। ११ कक्षामा अध्यायनरत विद्यार्थीको शव मंगलबार बिहानै उसको घरभन्दा १०० नजिकै शंकास्पद रुपमा शव फेला परेको छ । टाउकोमा चोटको निशान थिए । नाक र मुखबाट रगत बगिरहेको थियो। घरमा उनको सुसाईड नोट फेला परेको थियो । जसमा आत्महत्याबारे उल्लेख गरिएको थियो। यसका लागि उनले परिवारसँग माफी पनि मागेका छन्। विद्यार्थीको मृत्यु विष खाएको कारणले हो वा अग्लो स्थानबाट हाम्फालेर भएको हो, थाहा हुन सकेको छैन । तीन दिन पहिला विद्यालयले उनलाई एक अनुशासन कारबाहीमा विद्यालयबाट निलम्बित गरिएको छ। यसका कारण उ दिदी भिजानुको घरमा बस्दै आएको बताइएको छ । आत्महत्याको मुख्य कारण…

Read More

नेपाली सांगीतिक बजारमा हरेक दिन एकसेएक गीत आउने गरेका छन् । यसै भिडमा फेरि एक अर्को ‘थोरै माया म दिउँला’ बोलको गीत बजारमा आएको छ । अस्ट्रेलियामा बसोवास गर्दै आएका गायक दिपक राज पाण्डे र मेलीना राईको स्वरमा सजिएको यो गीत ओएसआर डिजिटलबाट बजारमा आएको हो । गीतको भिडियोमा अहिलेका चर्चित जोडी आयंका (आयुष्मान देशराज जोशी र प्रियंका कार्की) लाई फिचर्ड गरिएको छ । माया प्रेमको विषयवस्तुमा बनेको यो गीतमा शक्ति क्षेत्रीको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ । यस गीतको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् ।

Read More

काठमाडौँ, १७ माघ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो । फैसलावादस्थित एकवाल मैदान वर्षाका कारण खेल्न लायक छैन । अम्पायर र म्याच रेफ्रीले स्थानीय समयानुसार साढे ११ बजे स्टेडियमको निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय भएको त्यहाँबाट पत्रकार गोविन्दराज नेपालले जानकारी दिनुभयो । आज पाकिस्तानका अन्य शहरमा पनि निरन्तर वर्षा भइरहेको छ । यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । तेस्रो…

Read More

काठमाडौँ, १७ माघ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिनुभएको थियो । सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पु¥याउनुभएको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गर्नुभयो । “डा गोविन्द केसी अनशनमा हुनुहुन्छ, यत्तिकैमा चिकित्सा शिक्षा विधेयक पारित गरियो, गलत अभ्यासको शुरु भयो , संसद्ले गर्ने त्रुटिलाई सच्याउने हो, त्यो बाटो बन्द भयो ।”, सांसद रिजालले भन्नुभयो । राणा, पञ्चायत र ज्ञानेन्द्रले शुरुमा काङ्ग्रेसलाई देखेनन्…

Read More