झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै काङ्ग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काङ्ग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिनुभएको थियो । सांसद खाँणले स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ ठूला अस्पताल तथा उपचार केन्द्र मन्त्रिपरिषद्मा पेश गरेको र त्यसमध्ये नौ अस्पताललाई स्वीकृत गरी काङ्ग्रेस नेताका नाममा खुलेका दुई अस्पताल स्वीकृत नभएकामा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा क्रमशः तनहुँको श्वासप्रश्वास र बाँकेको क्यान्सर अस्पताललाई स्वीकृत…

Read More

प्रकाश धौलाकोटी तेह्रथुम, ४ माघ । गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छैन । निर्माणाधीन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदूषित बन्दै गएको हो । निर्माण हुँदै गरेका र ट्र्याक मात्रै खोलिएका कच्ची सडकबाट गाउँ–गाउँसम्म सवारीका साधनहरु पुग्न थालेपछि धुलोको प्रदूषण फैलिएको हो । धुलोका कारण गाउँका बासिन्दा बिरामी पर्न थालेका छन् । यातायातका साधन सञ्चालन हुँदा आवतजावतका लागि सजिलो भए पनि सडकको धुलोले आसपासका बासिन्दाको स्वास्थ्यमा असर पारिरहेको छ । सडकका धुलो अहिले सडक आसपासका रुख, बिरुवा, बालीनाली,…

Read More

चितवन, ४ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताउनुभयो । उहाँले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका आवाजलाई सधैँ दवाउन सकिदैन, देशका समस्यामा लापरवाही गर्न पाइदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ ।” वरिष्ठ नेता पौडेलले भन्नुभयो, “देशका समस्यामा लापरवाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउँछन्…

Read More

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे राख्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संसद्को सर्वोच्चता र संसदीय विधि निर्माणप्रति आफू नतमस्तक रहेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफूले गरेको सहमतिप्रति सरकार प्रतिबद्ध छ, संसद्को सर्वोच्चताको सम्मान गर्दछ, सरकारले सदनलाई आदेश दिन मिल्दैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “डा केसीको अनशन संसद् र संसदीय सर्वोच्चतासँग जोडिएको प्रश्न हो, संसद्ले कानून निर्माण,…

Read More

मोरङ, ४ माघ । मोरङको बुढिगंगा गाउँपालिका–६ कडेरुवामा खाना पकाउने क्रममा सारीमा आगो लाग्दा १ महिला घाईते भएकी छन् । आज बिहान ८ बजेको समयमा चुलोमा बसी खाना पकाईरहेकी २७ बर्षीया कल्पना चौधरीको अचानक सारीमा आगो लाग्दा शरिरका बिभिन्न भाग जली घाईते भएकी हुन् । घाईतेको हाल बिराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

Read More

मोरङ, ४ माघ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा भएको आगलागीमा ४० लाख बराबरको क्षति भएको छ । बिहीवार दिउँसो स्थानीय बंशराज दाहालको काठ र टिनले बनेको दुई तले कच्ची घर तथा ग्वाली , घरमा रहेको सुन ७ तोला, लत्ता कपडा, खाद्यान्न र नगद २ लाख सहित जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरंङले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, नेपाली सेना, बेलवारी नगरपालिका तथा ईटहरी उप(महानगरपलिकाका दमकल र स्थानीयवासीको सहयोगमा बेलुका १७ः१० बजे पूर्ण रुपमा नियन्त्रण आएको उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, ४ माघ । विश्वको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालले पूर्वका चार स्थानमा पूर्वाञ्चल टुर लाइभ कन्सर्ट गर्ने भएको छ । दर्शकहरुलाई प्रत्यक्ष मनोरञ्जन दिने उद्देश्यले धरान, बिर्तामोड, पथरी र केरखामा कन्सर्ट गर्न लागेको हो । धरानमा माघ २१, बिर्तामोडमा २२, पथरीमा २५ र केरखामा २६ गते कन्सर्ट गर्न लागिएको जानकारी गराइएको छ । पहिलो सिजनका उत्कृष्ट चारजना र अन्य केही प्रतियोगीसहितको पूर्वाञ्चल टुर हुन लागेको जनाइएको छ । कन्सर्टमा पहिलो सिजनका उत्कृष्टहरु सिडी विजय अधिकारी, कुशल आचार्य, श्रीजय थपलिया, सप्तक दुतराज, सानिध्या थापा, सुरज तामाङ लगायतको सांगीतिक प्रस्तुति रहनेछ । धरानका लागि स्थानीय आयोजक सिलभर इन्टरटेन्टमेन्ट, बिर्तामोडमा लागि…

Read More

सान नेपाल गौरादह, ४ माघ । श्रीकृष्ण प्रणामी सेवा समिति गौरादह शाखाले भोलिदेखि श्रीमद्भागवत महापुराणको आयोजना गर्ने भएको छ । शाखाले समाजमा धार्मिक सहिष्णुता बनाई राख्न, नैतिक चरित्र निर्माण गर्न, धर्म संस्कृतिको माध्यमबाट सामाजिक सद्भाव तथा सामाजिक एकताको विकास गर्नको लागि पुराण आयोजना गर्न लागेको पुराण आयोजक समितिका अध्यक्ष मोहन प्रसाद उप्रेतीले बताए । उनका अनुसार पुराण माघ ५ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने छ । समितिको गौरादह शाखाको नाममा हाल १ कठ्ठा १२ धुर जमिन रहेको र पुराण पश्चात २ कठ्ठा थप गरी फराकिलो सामुदायिक सत्संग हल निर्माण गरिने लक्ष्य रहेको अध्यक्ष उप्रेतीले जानकारी दिए । सुविधा सम्पन्न सामुदायिक…

Read More

काठमाडौँ, ३ माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ । विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई आज कारवाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिक्री गर्ने मात्राभन्दा कम मात्रामा तेल बिक्री वितरण गरेकाले कारवाही गरिएको जानकारी दिनुभयो । ठगी गर्ने उक्त तीन पेट्रोल पम्पलाई नोजलहरु शिल गरी कारोवार रोक्का गरिएको विभागले जनाएको छ ।

Read More

काठमाडौँ, ३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक लिँदै आएको साउदी अरबसँग द्विपक्षीय श्रम सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ । मन्त्री विष्टसँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद एसएआइ मारवेनीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिक र घरेलु कामदारलाई व्यवस्थित गर्न दुई मुलुकबीच तत्काल द्विपक्षीय श्रम सम्झौता गरिनुपर्नेमा जोड दिनुभएको थियो । सो क्रममा मन्त्री विष्टले घरेलु कामदारको सम्बन्धमा अलग्गै द्विपक्षीय श्रम सम्झौताको व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो । उहाँले नेपाली श्रमिक साउदी अरब जाने विषयमा निश्चित विधि र शर्तको आधारमा अगाडि बढ्न र त्यस्ता विषयलाई समेत सम्झौतामा…

Read More