झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताउनुभएको छ । पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको बताउनुभयो । त्यसका लागि राज्यले नै विशेष पहल गर्नुपर्दछ । विगतमा पनि त्यस्तो नीति ल्याउने प्रयास भएको भए पनि सार्थकता नपाएको अवस्था थियो । अब भने एकीकृत नीति बनाउन मेरोतर्फबाट पहल हुन्छ । सरकारले आवश्यक नीतिको तयारी गर्दछ अध्यक्ष दाहालले भन्नुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै अध्यक्ष…

Read More

भरतपुर, २८ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताउनुभयो । “सञ्चार माध्यमले नकारात्मक विषयलाई मात्रै होइन, प्राप्त भएका उपलब्धिका विषयमा पनि चर्चा गर्न जरुरी छ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “गुण र दोषका आधारमा जनताले निर्णय गर्न सकून् भन्ने कुरा सञ्चार माध्यमले प्रस्तुत गर्नुपर्छ ।” सञ्चारमाध्यमले जनतामा सही सूचना दिने क्रममा चुक्दा धेरै नोक्सान समेत व्यहोर्नु परेको उहाँको भनाइ छ ।…

Read More

काठमाडौँ, २८ पुस । डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो । सो संस्थामा आबद्ध एक समुहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । सरकारले विगतमा डा केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ । सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा…

Read More

काठमाडौँ, २८ पुस । चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ । एमडी तह उत्तीर्ण गरेपछि बालरोगको विशेषज्ञता हासिल गर्न लिइने यो परीक्षा दिन पहिले बेलायतलगायत अन्य देशमा नै जानुपर्ने अवस्था रहेकामा अहिले नेपालबाट नै दिन सकिने भएको छ । रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकार्यमा ग्राण्डी अन्र्तराट्रिय अस्पतालमा आज र भोलि सञ्चालन हुने सो परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना विभागीय प्रमुख नेपाल आएका छन् । परीक्षामा नेपालका चारसहित भारत, मलेसिया, म्यान्मा र मध्यपूर्वका गरी २४ जना…

Read More

राँझा, २८ पुस । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । “गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो, “धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।” मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु एक लाख ५० हजार बुझाएका…

Read More

काठमाडौँ, २८ पुस । आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन…

Read More

काठमाडौं, २८ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ । कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको ‘विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्ग्निर्देशन प्रतिवेदन २०७५’ मा मनसाय पत्र लिएर प्रक्रियामा रहेका कुनै पनि निजी कलेजलाई तत्काल सम्बन्धन नदिन सुझाव दिइएको छ । संघीय र प्रादेशिक विश्वविद्यालयको ढाँचामा विश्वविद्यालयको स्वरुप निश्चित भइनसकेकाले हाललाई कुनै पनि निजी कलेजलाई सम्बन्धन दिन उपयुक्त नभएको प्रतिवेदनले औंल्याएको छ । संघीय र प्रादेशिक विश्वाविद्यालयको स्वरुप निश्चित र राष्ट्रिय आवश्यकता पहिचान गरी निजी कलेजलाई सम्बन्धन दिनुपर्ने…

Read More

काठमाडौँ, २८ पुस । नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा ९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ। उनले भने, आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क) मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ।’ नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५०…

Read More

दमक, २८ पुस । झापाको कमल गाँउपालिका–५ स्थित मङ्गलमय माध्यमिक विद्यालयमा एक दाताले आफ्ना दिवङ्गत पितृको स्मृतिमा प्रवेशद्वार निर्माण गरिदिनुभएको छ । विद्यालयका पूर्वअध्यक्ष तथा जग्गादातासमेत रहनुभएका स्व सन्तकुमार वान्तवाको स्मृतिमा उहाँका श्रीमती कृष्णकुमारीसहित छोरा कमल, गणेश र भिष्म राईले करीब रु ७५ हजारको लागतमा प्रवेशद्वार निर्माण गरिदिनुभएको हो । विद्यालयको ४७औँ वार्षिकोत्सवका अवसर पारेर नवनिर्मित प्रवेशद्वारको प्रदेशसभा सदस्य अर्जुन राई, गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले शुक्रबार उद्घाटन गर्नुभएको प्रधानाध्यापक मोहनकुमार वगालेले बताउनुभयो । त्यस्तै, विद्यालयमा सुस्तश्रवण विद्यार्थीका लागि निर्मित दुईकोठे पक्की छात्राबास भवनको समेत उद्घाटन गरिएको थियो । उक्त भवन जिल्ला शिक्षा समन्वय एकाइमार्फत प्राप्त रु १७ लाखको बजेटमा निर्माण…

Read More

दमक, २८ पुस । दुई दिनअघि आगलागीबाट घरवारविहीन हुनुभएका झापा दमक नगरपालिका–२ स्थित डाकिनीका हरिप्रसाद निरौलालाई वडा कार्यालयले घर बनाउन जस्तापाता सहयोग गरेको छ । सिलिण्डर ग्यास पड्किएर निरौलाको काठेघर जल्नुका साथै तीन पशुचौपायासमेत जलेर मरेका थिए । आगलागीपिडित निरौला परिवारलाई पुनःस्थापित गराउन वडा कार्यालयले घर निर्माणका लागि चाहिने जस्तापाता सहयोग गरिएको वडाध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो । उहाँका अनुसार पीडितलाई करीब रु ४४ हजार १६० मूल्य बराबरको जस्तापाता सहयोग गरिएको हो । यस्तै घर निर्माणका लागि वडाध्यक्ष सापकोटाले व्यक्तिगत रूपमा नगद रु पाँच हजार, गुणराज थापाले रु १० हजार, श्रीकृष्ण प्रणामी युवा परिषद्ले रु १० हजारसमेत पीडित परिवारलाई सहयोग गर्नुभयो…

Read More