झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फिदिम, २५ पुस । पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्र सहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो । सम्भाव्यताबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा फिदिममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिबमोजिम पाँचथरको फिदिममा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश कमिटीका सदस्य हर्कबहादुर नेम्वाङले बताउनुभयो । बैठकपछि मेडिकल कलेज स्थापनाका लागि जिल्ला अस्पताल तथा फिदिम नगरपालिका वडा…

Read More

उर्लाबारी, २५ पुस । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ । मादक पदार्थ सेवन गरेर मङ्गलबार साँझ घर फर्कदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको प्रहरी नायब निरीक्षक रामकाजी कटवालले बताउनुभयो । शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।

Read More

बनियानी, २५ पुस । झापाको दुई स्थानमा आगलागी हुँदा रू १२ लाख बरारबको क्षति भएको छ । झापाको झापा गाउँपालिका–६ का ३५ वर्षीय बलराम मुर्मूको घरमा मंगलबार आगलागी हुँदा रू ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मुर्मूको टाटीले बारेको फुसको छानो भएको घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, धनीपूर्जा र नगद रू २० हजार पूर्णरुपले जलेर नष्ट हुँदा करिब रू ३ लाख बराबर क्षति भएको छ । त्यस्तै, मेचीनगर–४ स्थित पाथिभरा टोलका राजकुमार माझीको टिनको छाना र टिनको बेरा भएको एकतले घरमा आगलागी हुँदा रू…

Read More

अनिल वाग्ले बुधबारे, २५ पुस । गायिका निशु ढकालको स्वर रहेको म कहाँ थिएँ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका निशु ढकाल पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील रहेका बेला हालै उनले अर्को नयाँ गीत म कहाँ थिए बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन् । नवीन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा स्मारिका, पूजा, किशोर र प्रकाशको नृत्य रहेको छ । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतले राम्रो चर्चा परिचर्चा पाइरहेको छ । युवा अवस्थाको प्रेम…

Read More

सिन्धुपाल्चोक, २५ पुस । बाँडेगाउँस्थित रामबहादुर बम्जनको आश्रममा भएको सन्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ । पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो । मकवानपुर हेटौँडा घर भएका सन्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय (मकवानपुर) मा उजुरी दिएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २५ पुस । नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ । उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो । १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो । आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको मूल्य भने निकै कम घटाइएको छ । आइओसीले…

Read More

काठमाडौँ, २५ पुस । विगत लामो समयदेखि मुलुकमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाको विषयले संघीय संसद्को विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ । समितिले मंगलबार बसेको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अवस्था र अनुगमनलगायतका विषयमा छलफल गरेको थियो । समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीलाई महारोगको संज्ञा दिएका थिए । सांसद टेकबहादुर बस्नेतले राणाकालका विकास अहिलेसम्म डगमगाएको छैन तर अहिलेका विकास भने महिना दिन पनि नटिकेको भन्दै गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २५ पुस । सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ । यसका लागि फाराम भराउन थालिएको र सांसद नै पीए लिएर फारम भर्न आउने गरेको उक्त शाखाका उपसचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले सकेसम्म यसपालिदेखि पीएको तलब बैंक खातामा पठाउने प्रयास गरिएको बताउनुभयो । सिंहदरबारभित्रै रहेको एभरेस्ट बैंकसँग सचिवालयको कारोबार हुने गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २५ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन् । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संघीयता, स्थानीय सरकार र प्रशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन्। ‘चिठी दिएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिन्छ,’ पण्डितले भने। मन्त्री पण्डितले प्रशासन साइकलको ट्युवजस्तो लिरिलिरी गरेर नचल्ने भन्दै संघीयता कार्यान्वयनको जिम्मेवारीबाट सरकार नभाग्ने बताए। देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने उनको भनाइ थियो । यो समाचार आजको नागरिक दैनिकमा छ…

Read More

उर्लाबारी, २५ पुस । मोरङ, उर्लाबारी–९ भोटेपुल स्थायी घर भई विदेशमा कार्यरत कौशिला तुम्बाहाम्फे, भिम पन्धाक र इन्द्र खापुङको सक्रियतामा गठित केविआई ग्रुपले सहयोगका कार्यक्रमलाई निरन्तरता दिएको छ । उनीहरु तीनजनाको संयुक्त लगानीमा ग्रुपले विपन्न समुदायका बालबालिकालाई लक्षीत गरी आर्थिक सहयोग प्रदान गरेको हो । तीमध्ये खापुङ र तुम्बाहाम्फे युके र हङकङ तथा पन्धाक चाहिँ युकेमा कार्यरत छन् । उक्त ग्रुपले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने बिभिन्न विद्यालय तथा खेल मैदान पुननिर्माणका लागि हालसम्म करिब ६ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले उर्लाबारी–९ खोपिडाँडास्थित प्रभात आधारभुत विद्यालयलाई हालसम्म दुई लाख २७ हजार छ सय रुपैयाँ सहयोग प्रदान गरेको छ…

Read More