
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १० माघ । ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड– ४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । उनको ६ माघमा मृत्यु भएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौँ, १० माघ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् । संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषद्को कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । उनले गत जेठ १८ मा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए । सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकोमा उनको असन्तुष्टि छ । ‘आन्दोलन गरेर आएको हुँ । के ठेगान भोलि फेरि आन्दोलनमा जानुपर्ने हो ?’ उनले भने ‘डा. गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ ।…
जनकपुरधाम, १० माघ । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो । २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ। लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन्। छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो। त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि सारेको छ। यो कार्यक्रम सुरु भइसकेको मन्त्रिपरिषद् कार्यालयका सचिव टिकामणि न्यौपानेले जानकारी दिए। ६ वटा बैंक तथा २ वटा बिमा…
काठमाडौँ, १० माघ । राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए । स्वाइन फ्लुका बिरामी हेर्न डराउँछन् स्वास्थ्यकर्मी स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरू नै बिरामीको उपचार गर्न डराउन थालेका छन् । त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा स्वास्थ्यकर्मीलाई स्वाइन फ्लुविरुद्धको भ्याक्सिन ९भ्याक्सिन ग्रिप० लगाइएको छैन, जब कि १०…
काठमाडौँ, ९ माघ । प्रा डा गोविन्द केसीले अनशन बसेको १६औँ पटकमा पनि उहाँको मागबाट उब्जेको समस्या समाधान हुन सकेको छैन । यिनै कारणले विसं २०६८ देखि २०७४ सम्म आइपुग्दा सात आयोग, कार्यदल तथा समिति बनिसकेको तथा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा समेत प्रवेश गरेको छ तर अझै विवाद भने कायम छ । काठमाडौँमा मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रा डा गोविन्द केसीको प्रमुख माग विधेयकमा समावेश भएको जिकिर गरिएको छ । प्रा डा केसीले माग नगरेको चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने विषय भने सरकारले आवश्यकता महसुस गरी समावेश गरेको छ । यसमा नेपाली काङ्ग्रेसले फरक मत राख्दै आएको नेकपाका नेता…
काठमाडौँ, ९ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एउटै खेलका दुईवटा समानान्तर सङ्घ रहन नसक्ने बताउनुभएको छ । नवगठित नेपाल जिम्न्यास्टिक सङ्घका पदाधिकारीलाई आज बधाई तथा शुभकामना दिँदै उहाँले एउटै खेलका दुईवटा सङ्घ अस्तित्वमा रहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिताको विषय जहिले पनि विवादित हुने भएकाले मन्त्रालयले एक खेलको एउटा मात्र सङ्घको प्रावधान अघि सारेको जानकारी गराउनभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले विवाद रहेको सङ्घहरु मिलाउन राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा समिति क्रियाशील छ, समितिले अहिले विवाद रहेका सङ्घहरुका पादाधिकारीसँग छलफल गरिरहेको छ, अब सबै खेलका एउटा÷एउटा मात्र सङ्घ हुन्छन् ।” जिम्न्यास्टिक सङ्घको एकीकरणको सन्देशले अन्य सङ्घमा रहेको विवाद…
एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः चरम सन्तुष्टि, आसन, यौनिक अभ्यासलगायत थुप्रै कुराबारे युवतीहरु जिज्ञासु हुन्छन् । युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष यस्तो छः १. सुहाग रातः पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुम%षको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ…
काठमाडौँ, ९ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ब्यूरो टोलीले यही माघ ७ गते काठमाडौँ सामाखुशी रोममार्गस्थित नवराज विक्रम कुँवरको घरमा सुनसरी धरान जिमिचोकका सञ्जीव राईले भाडामा लिएको घरको एउटा कोठामा भारत जयपुरका सुनिल कुमार र राम करन जटले अवैध भिओआइपी सञ्चालन गरिरहेको बेला पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो । प्रहरीले उक्त कार्य सञ्चालन गर्ने उपकरणसमेत बरामद गरेको छ । अनुसन्धानका क्रममा अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत ल्याउने गरेको, भारतबाट नेपाल आउँदा अवैध भिओआइपीमा प्रयोग हुने उपकरण साथमा लिइआएको, सिमकार्ड आफूलगायत…
काठमाडौँ, ९ माघ । मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुनको दाफिन्स फुटबल टोली र मेची नेत्रालय झापाबीच खेल हुने भएको छ । यही माघ १२ देखि १९ गतेसम्म सुनसरीको इटहरीमा आयोजना हुने प्रतियोगिताको आज खेल तालिका सार्वजनिक गर्दै मदनभण्डारी स्पोर्टस् एकेडेमीले सो जानकारी दिएको हो । प्रतियोगिताअन्तर्गत १३ गते मनाङ–मस्र्याङ्दी क्लब र राष्ट्रिय जागृति क्लब, इटहरीबीच खेल हुनेछ । त्यस्तै १४ गते त्रिभुवन आर्मी क्लब र थ्रीस्टार तथा १५ गते नेपाल पुलिस क्लब र भूटान सिएफसीबीच खेल हुनेछ । खेल तालिकाअनुसार साविकको विजेता थ्री स्टारले क्वाटरफाइनलमै आर्मीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । अघिल्लो संस्करणको उपविजेता मनाङ–मस्र्याङ्दी…
घोराही, ९ माघ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आयोजनामा बिहीबारदेखि घोराहीमा ५ नं प्रदेशस्तरीय कुखुरा महोत्सव शुरु हुने भएको छ । ‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कुखुरा तथा दाना व्यवसायी समिति मूल आयोजक समितिका अध्यक्ष नीमबहादुर बुढाथोकीका अनुसार महोत्सवमा ५ नं प्रदेशस्तरको पहिचान झल्किने कुखुरापालनजन्य वस्तुको प्रदर्शनी गरिने छ । कुखुरापालनजन्य उत्पादनका प्रशोधित वस्तुको प्रदर्शनी, बिक्री–वितरण गरिने बताइएको छ । महोत्सव यही माघ १८ गतेसम्म चल्नेछ ।