
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौरादह, ३० पुस । गौरादह जेसीस वर्ष २०१९ को अधिवेशन सम्पन्न भएको छ । नव अध्यक्षमा जेसी माधव कोइराला निर्वाचित भएका छन् । गौरादह नगरपालिका वडा नं. १ को सभाहलमा सम्पन्न ककससहितको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । अधिबेशनले वर्ष २०१९ को लागि प्रजातान्त्रिक प्रक्रियाबाट सम्पन्न गरिएको निर्वाचनद्वारा महत्वपूर्ण पदहरुमा पदाधिकारी छनोट गरिएको छ । अधिवेशनले कार्यकारी उपाध्यक्षका लागि जेसी ताराकुमार श्रेष्ठ र जेसी पुष्पराज गुरागाई निर्वाचित भएका छन् । त्यसैगरी, उपाध्यक्ष्रुमा जेसी मनिता गुरागाईं, जेसी भेषकुमार भारती, जेसी भानु आचार्य र जेसी ओमकुमार राजवंशी निर्वाचित भएका छन् । अधिवेशनले जनसम्पर्क अधिकारीमा जेसी युवराज बाँस्तोलालाई निर्वाचित गरेको छ ।…
झापा, ३० पुस । झापा नेपालको सर्वाधिक अपराध हुने जिल्लाको पाँचौ स्थानमा पर्छ । काठमाडौं, कास्की, मोरङ, सुनसरी र झापा देशका सबैभन्दा असुरक्षित जिल्ला रहेको प्रहरी तथ्यांकमा छ । प्रदेशका हकमा भने झापा असुरक्षित जिल्लाको दोस्रो स्थानमा छ । सुनसरी पछि झापाको नाम प्रहरी तथ्याङ्कमा उल्लेख छ । प्रहरी मुख्यालयले तयार पारेको यसै आर्थिक वर्षको तथ्यांकअनुसार काठमाडौंँमा विभिन्न किसिमका ५ हजार ६६५ अपराध भए । कास्कीमा १३ जनाको हत्या भयो । आत्महत्या, लागूऔषध तथा सवारी ज्यानसम्बन्धी मुद्दा धेरै छन् । मोरङमा एक वर्षमा १ हजार २४० अपराधजन्य घटना भएका छन् । सुनसरीमा २९ जनाको हत्या नै भयो, ३२ जनाको हत्या…
उर्लाबारी, ३० पुस । मोरङको उर्लाबारीमा सञ्चालित लायन्स क्लबहरुले विश्व अपाङ्ग यात्री तेजकुमार कार्कीलाई ह्रिवल चियर प्रदान गरेको छ । कार्कीलाई लायन्स क्लबले करिब ४० हजार रुपैयाँ मुल्य बराबरको ह्रिवल चियर प्रदान गरेको हो । कार्कीले ह्रिवल चियरबाटै हालसम्म ३५ वटा देशको यात्रा गरिसक्नुभएको लायन्स विमला पालुङ्वाले जानकारी दिए ।
उर्लाबारी, ३० पुस । लिम्बु समुदायको दोस्रो ठूलो चाड कक्फेक्वा तङनामको अवसरमा मोरङको उर्लाबारीमा आयोजना गरिने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । त्यस अवसरमा उर्लाबारी–७ स्कुलडाँडास्थित राधिका माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिने कार्यक्रमको तयारी पुरा भएको चुम्लुङका नगर अध्यक्ष चन्द्रबहादुर लिम्बुले जानकारी दिए । लिम्बु पराम्परा अनुसार माघ १ गते विहान पाठ पुजा गरी वन तरुलको टिका लगाई तरुल, मासु र फलफुल सेवन गरेर सद्भावपूर्ण र हार्दिकताका साथ यो पर्व मनाउने प्रचलन छ । विहान सबेरै उठेर नुवाईधुवाई गरेर सबैजना उर्लाबारीको राधिका माविमा भेला भएर कक्फेक्वा तङनाम मनाईने चुम्लुङले जनाएको छ । त्यस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै लिम्बु…
इलाम, ३० पुस । इलाममा पाँच दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको मागअनुसार नै इलाममा आइतबार मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ । पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग हो । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार एक सरकारी टोलीले आज दिउँसो इलाम आएर मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरेको हो । टोलीले इलामका छ स्थानको अध्ययन गरेको थियो । यसअघि डा केसीसँग इलाम, पाँचथर, उदयपुरलगायत स्थानमा मेडिकल कलेज खोल्ने विषयमा भएको सम्झौताअनुसार सरकारले सम्भाव्यता अध्ययन थालेको प्रजिअ तिम्सिनाको भनाइ छ । “मेडिकल कलेजका लागि कम्तीमा साढे तीन सयदेखि चार सय…
बिष्णु सुब्बा दमक, ३० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य मध्ये ६ स्थानमा कांग्रेससहितको लोकतान्त्रिक प्यानलले जित हासिल गरेको छ । कांग्रेससहितको प्यानलले खुल्ला महिला सदस्यमा २ र क्षेत्रगतमा ४ स्थानमा जित हासिल गरेको हो । यसअघि पटक पटक नेकपाले आफनो वर्चश्व कायम गरिआएको खानेपानीमा यसपटक भने लज्जास्पद रुपमा हार व्यहोर्नुपरेको छ । क्षेत्रगत ६ वटाका लागि भएको मतदानबाट कांग्रेससहितको प्यानलले १,२ ,३ र ६ र कम्यूनिष्ट गठबन्धनको प्यानलले ४ र ५ गरि…
बिर्तामोड, ३० पुस । १६औँ अनशन बस्न इलाम पुगेका डा. गोविन्द केसीको मागका विषयमा केसी समर्थक चिकित्सक र अधिवक्ताले प्रष्ट पारेका छन् । आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै केसीका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले केसी किन पुनः अनशन बसे, अनशनमा इलाम नै किन रोजे, माग केहो लगायतत विषयमा प्रष्ट पारेका हुन् । प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धनविरुद्ध केसी अनसन बस्ने गरेको आवज उठ्नु दुखद पाटो भएको डा. सिंहले बताए । चिकित्सा शिक्षा विधेयकका लागि माथेमा कार्यदलले दिएको सुझावको सरकारले खिल्ली उडाएका कारण अहिले केसी अनसन बस्नु परेको उनले प्रष्ट पारे । १५ औँ अनशनका क्रममा…
काठमाडौँ, ३० पुस । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ । सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम डाटा भोलुम बेस्ड डाटा प्याक, अनलिमिटेड डाटा प्याक, अल टाइम सोसियल डाटा प्याक, अल टाइम डाटा स्ट्रिमिङ प्याक रहेका छन् । त्यस्तै, अल टाइम फोरजी डाटा प्याक जीएसएम÷सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रतिवेदनको डाटा प्याक,…
रीता लामा घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत केही आकृति छन् । त्यहाँका पुजारी त्यही आकृतिलाई देवताका रुपमा पुज्ने गर्दछन् र त्यही ढुङ्गा नजिकै एउटा ठूलो अशोकको रुख छ । स्थानीय भाषामा असोज भनिने त्यो रुख घर बनाउने सामग्रीका लागि निकै बलियो काठका रुपमा प्रयोग हुन्छ । सालको रुखजस्तै अग्लो अशोक गाईभैँसीले रुचाउने घाँस पनि हो…
सन्तोष शमा झापा, ३० पुस । झापाको कनकाई नगरपालिका–२ स्थित धनुषकोटी धाममा वनभोज खाने घुइँचो लाग्न थालेको छ । कनकाई नदीको तट तथा सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिको हाताभित्र रहेको धनुषकोटी धाममा खानेपानी, बिजुली, बगैँचा, बालबालिकालाई खेल सामग्री लगायतका भौतिक पूर्वाधारको विकास भएसँगै वनभोजका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । पहिलेदेखि नै स्थानीयबासीले छिटफुट रुपमा वनभोज खाने गरे पनि २०६८ सालयता धनुषकोटी धाममा पर्यापर्यटनको विकाससँगै वनभोजस्थल निर्माण गर्ने उद्देश्यले भौतिक पूर्वाधार निर्माण थालिएको वन समूहका अध्यक्ष भक्तबहादुर पौडेलले जानकारी दिनुभयो । कात्तिकयता वनभोजका लागि दैनिकजसो सयौँको संख्यामा झापासहित मोरङ, सुनसरी, इलाम लगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्…