
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, १ माघ । इलाका प्रहरी कार्यालय दमकले सवारी चालकको आँखा जाँच गरेको छ । दमक बसपार्क क्षेत्रमै सडकमा गुडिरहेका बस, ट्रक, भेनका चालकहरुलाई रोकेर त्यसका चालकहरुको आँखा जाँच गरिएको इलाका ट्राफिक कार्यालयका इञ्चार्ज दधिराम दाहालले बताए । सडकमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न चालकको आँखामा पनि निर्भरता हुने भएकाले चालकहरुको आँखा जाँच गरिएको उनले जानकारी दिए । उक्त आखाँ जाँच स्थानीय रबि पञ्चमी चश्मा घर तथा आँखा उपचार केन्द्रका प्राविधिक शिव शंकर महतोले सहयोग पुरयाँएका थिए । उक्त आँखा शिविरमा ९२ जना सवारी चालकको आँखा परिक्षण गरिएको र ती मध्ये ४० जनाको आँखामा खराबी देखिएको ट्राफिक प्रमुख दाहालले बताए…
दमक, १ माघ । झापाको दमकमा सोमबार एक जना पुरुष मृत फेला परेका छन् । दमक नगरपालिका वडा नं. ४ अर्नाखाडी तेलपानेटोलस्थित धिमाल ग्रामथान मन्दिरको प्राङ्गणमा अन्दाजी ४५ वर्षीय पुरुषको शव भेटिएको हो । करिब ५ फिट ३ इन्च देखिने मृतकले कालो ज्याकेट, कालो बुट्टे सर्ट, कालो कपडाको पेन्ट, खरानी रंगको ट्राउजर लगाएका छन् । मंगोलियन वर्ण देखिने ती मृतकको वतन खुल्न नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले वताए ।
विर्तामोड, १ माघ । समाज र देशको विकास हुनका लागि महिला सशक्त हुनुपर्नेमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । महिला उद्यमी संघ नेपालको आयोजनामा सञ्चालित ५ दिने ढोके चकटी (डोर म्याट) तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले सृष्टिकर्ता महिला हरेक क्षेत्रमा सशक्त र समृद्ध भएमात्र देश समृद्धिको यात्रामा अघि बढ्नेमा जोड दिएका हुन् । कार्यक्रममा महिला सक्रिय भए आफूहरु सधैं साथमा रहने तथा महिला र पुरुषबीच समान धारणा राखेर अघि बढ्ने विर्तामोड नगरपालिका वडा नं.–४ र ५ का जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले तालिममा सहभागीलाई सीप सिकेर…
बिर्तामोड, १ माघ । जन समृद्धि बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको पाँचौँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि देउराली बचत तथा ऋण सहकारी संस्था अध्यक्ष प्रकाशचन्द्र बराल रहेका थिए भने विशेष अतिथि भरोषा बिजनेश ग्रुपका अध्यक्ष एवम् कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जाका प्रबन्ध निर्देशक दीपक चापागाईं रहेका थिए । ४६० जना सदस्य आबद्ध रहेको जन समृद्धिले आर्थिक वर्ष २०७४÷०७५ मा ७० लाख ८२ हजार ४२६ रुपैयाँ बचत संकलन, ७० लाख ६८ हजार ४५३ रुपैयाँ बचत फिता र २२ लाख ४६ हजार ४८२ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक तोममणि बिमलीले जानकारी दिए । साधारणसभाले आगामी…
काठमाडौँ, ३० पुस । विभिन्न राजनीतिक दलका नेताले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेका गर्नुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा नेताहरुले विमान खरीद प्रकरणमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री वा सरकारी कर्मचारी जोसुकै भए पनि कारवाही गर्नुपर्ने माग गर्नुभयो । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पुस २३ गते नेपाल वायु सेवा निगमको सो विमान खरीदमा संलग्नमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो । साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा लागेका सन्दर्भमा विमान खरीदमा संलग्न कसैले…
काठमाडौँ, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले काङ्ग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गर्नुभयो । तत्कालीन सरकारले स्व गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वासप्रश्वास र बाँकेमा स्व सुशील कोइरालाको नाममा क्यान्सर अपस्ताल खोल्ने निर्णय गरी दुबै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधा सम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो । मुलुकको…
दुल्लु, ३० पुस । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।” उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै “अब काङ्ग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ भन्नुभयो ।” वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उहाँले सङ्घीय प्रणाली नेपाली काङ्ग्रेसको एजेण्डा भएको बताउनुभयो । नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै…
मोरङ, ३० पौष । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा मोरङको रङगेली नगरपालिका–८ बडाहाडागीमा आज बिहान समुदायसँग चिया कार्यक्रम तथा बिपन्न, असह्राय बगर्का स्थानीयवासीहरुलाई कम्बल बितरण कार्यक्रम संचालन गरेको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा स्थानीयवासीहरुसँग छलफल तथा बिपन्न, असह्राय बगर्का स्थानीयवासीहरुलाई ९० थान कम्बल बितरण गरिएको थियो । गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान बिशाल ग्रुपले उपलब्ध गराएको ९० थान न्यानो कम्बल १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजाल, रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक…
किरण पौड्याल इलाम, ३० पुस । केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो । कार्यक्रममा राई जातिको साकेला नाच, लिम्बूको धान नाच र नेवार समुदायको लाखे नाचले पनि स्थान पायो । हिजोआज यहाँ हुने धेरै कार्यक्रममा स्थानीय वेशभूषा र संस्कृतिलाई मान्यता दिन थालिएको छ । कहीँ सङ्घ÷संस्थाले त कहीँ स्थानीय सरकारले आफ्नो जातीय पहिचान रक्षार्थ विभिन्न कार्यक्रम गर्दैआएका छन् । यहाँको माङ्सेबुङ गाउँपालिकाले केही समय अघि मात्र लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । देशमै पहिलो पटक यस गाउँपालिकाको वडा नं…
फिदिम, ३० पुस । आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ भन्ने सुन्नुभएका लकान्द्रीलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पछि सम्पर्क गरेर उक्त रकम दिने भन्नुभयो । लकान्द्रीजस्तै पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराएका महिलाले यातायात खर्चबापतको रकम पाउन छाडेको दुई महीना बित्यो । प्रदेश सरकारले पर्याप्त बजेट निकासा नगर्दा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउने आमाले विगत दुई महीनादेखि यातायात खर्चबापतको रकम पाउन सकेका छैनन् । नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार ४००…