झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

द्रोण अधिकारीभद्रपुर, १४ चैत । ६ वर्षयता निर्माण अवधि थप नहुँदा निर्माण रोकिएर अलपत्र परेको झापा सदरमुकाम चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको रोकिएको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् । ज्ञापनपत्र लिएर भद्रपुरका नगर प्रमुख नेतृत्वको टालीसित प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । सो टोलीमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रियसभाका काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, भद्रपुरका २, ४ र ७ का वडाध्यक्ष, कार्यपालिकाका सदस्य सहभागी प्रतिनिधिमण्डलले अलपत्र अवस्थामो रहेको सभा गृहको निर्माण कार्य पुनः सुचारु गर्न ज्ञापनपत्र…

Read More

धूमपान छोड्नु् – विशेषज्ञहरु भन्छन्, धूमपानले पुरुषको प्रजनन क्षमतामा ह्रास मात्रै ल्याउने होइनकि बीर्य उत्पादनमा समेत कमी ल्याउछ । विशेषज्ञहरुले उत्पादन भईहालेपनि बीर्यको गुणस्तरमा समेत ह्रास ल्याउने बताउछन् । त्यसैले धूमपान छोडनु राम्रो हुन्छ । त्यसो त धूमपान गर्छ उसले मुटुको रक्तनलिमा अवरोध उत्पन्न भई रगत प्रभाहमा कमी हुनजान्छ फलस्वरुप व्लडप्रेसर आफसेआफ बढछ् । त्यसको असर यौनजीवन र प्रजनन् कार्यमा समेत देखिन्छ । नियमित व्यायम गर्नुस् – नियमित व्यायम गर्ने व्यक्तिको मोटोपनाको साथै तनाव समेत घटछ् । जसले शरीर स्वस्थ र फुर्तिलो हुन्छ । जो स्वस्थ र फुर्तिलो हुन्छ उसको शुक्राणु अर्थात बीर्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ । अर्थात…

Read More

वासिङ्टन, १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेको छन । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन् । ट्रम्पको बुधबार अपरान्हको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायहरू विचार गरिरहेको’ बताएको छन भने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’ को संज्ञा दिएको छन । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ बताएको…

Read More

काठमाडौँ, १४ चैत । यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ…

Read More

काठमाण्डौ , १४ चैत । एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको सार्वजनिक ‘ड्र’ भएको छ ।महिला एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । यो समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । यो समूहको खेल आउँदो जुनमा उज्बेकिस्तानमा हुनेछ । फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ । फिफा वरीयतामा उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन् । महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले आउँदो वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । एशियन कपमा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया…

Read More

ओडिसा, १४ चैत । भारतको ओडिसास्थित भुवनेश्वर राममन्दिर चोकबाट निस्केको कांग्रेसको र्‍यालीले संसद् परिक्रमा गर्ने क्रममा हंगामा मच्चिएको छ । प्रहरीले कांग्रेस नेताहरूलाई कुटपिट गरेका छन् भने सोही क्रममा कांग्रेस कार्यकर्ताले ढुंगा हानेका थिए । बिहीबार प्रहरीले पानीको फोहोरासँगै अश्रुग्याससमेत प्रहार गरेको थियो । एकअर्कालाई कुर्सी र लाठी हान्दा महात्मा गान्धी मार्ग युद्धक्षेत्रमा परिणत भएको थियो । कांग्रेस कार्यकर्ताहरूको टाउकोमा चोट लागेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । पानीको फोहोरा र अश्रुग्यास प्रहार गरे पनि कांग्रेस कार्यकर्ता पछि हटेका थिएनन् । प्रशासनले गोली चलाए पनि आफूहरू पछि नहट्ने कांग्रेस नेताहरूले बताएका थिए । यसअघि ओडिशा प्रदेश…

Read More

विराटनगर, १४ चैत । मोरङ, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १३ गते मोरङको विराटनगर महानगरपालिका–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउनसुगर ५ ग्रामसहित सुनसरीको धरान–१३ का ३५ वर्षीय राजकुमार राई, मोरङ उर्लाबारी–२ का ३१ वर्षीय सन्दिप कटुवाललाई ३ ग्राम ब्राउनसुगरसहित र पथरी शनिश्चरे–१० का ३२ वर्षीय प्रेमबहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१७ का २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राईलाई ट्रामाडोल ३९७…

Read More

धनकुटा, १४ चैत । धनकुटाको शहिदभूमि गाउँपालिका–१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १३ गते राती साढे १० बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह ९१३३ नम्वरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद भए संगै अटो टेम्पो र ओसार पसारमा संलग्न रहेका चालक शहिदभूमि–१ का २५ वर्षीय अभिषेख विक समेतलाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ ।

Read More

इलाम, १४ चैत । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भन्नुहुन्छ,“हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना हो कि विपना हो जस्तो लागिरहेको छ ।” उहाँमात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका यहाँका सबैजसो नागरिक स्थानीय सरकारले सडक स्तरोन्नति हुन थालेपछि उत्साहित देखिएका छन् । सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एकवटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जोडिने बाह्रमासै सञ्चालन हुने ‘अल वेदर रोड’ लाई प्राथमिकतामा राखेर स्तरोन्नति सुरु गरेको नगरपालिकाले यतिबेला ती सडक…

Read More

हेटौंडा, १४ चैत । हेटौँडामा देवरले भाउजूको हत्या गरेका छन् । हेटौँडा–१ चौकीटोल निवासी २२ वर्षीय राहुल दासले बुधबार खुकुरी प्रहार गरेर आफ्नै जेठी भाउजूको हत्या गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। राहुलले भाउजू ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन्। राहुलको आक्रमणबाट उनका माइलो दाजु रुपेश दाससमेत घाइते भएका छन्। उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइलाई खुकुरीले आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा…

Read More