
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ पुस । राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न पाँचौँ महोत्सवको तयारी भएको छ । गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका–३ मा पर्छ । उपत्यकाका प्रायः सबै भागका साथै हिमाली शृङ्खला देख्न सकिने तारेभिरमा तामाङ जातिको बाहुल्य छ । तारेभिरको सौन्दर्यसँगै तामाङ जातिको संस्कृति, वेशभूषा र नाचगानलाई बाह्य एवं आन्तरिक पर्यटकका बीच प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०७० देखि महोत्सवको आयोजना शुरु गरिएको हो । यस वर्ष पनि माघ १ गते महोत्सव गर्न लागिएको साविकको बालुवा गाविसका पूर्वअध्यक्ष उद्धव विष्टले बताउनुभयो । महोत्वसमा स्थानीयवासीका…
चन्द्रकला भण्डारी भद्रपुर, २४ पुस । ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीउको लागि हो ।” यो प्रसङ्ग थियो पुस १८ गतेको । राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आउनुभएको थियो । हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उहाँले आकाशबाटै सो सहकारीले १०० बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको थियो । हेलिकप्टरबाट उत्रिएर कार्यक्रमस्थल आइपुग्न करीब सय मिटरको दूरी थियो । सो अवधिमा उहाँले सहकारीले लगाएको तोरी खेतीबारे जिज्ञासा राख्नुभएको थियो । यतिबेला सहकारीले पाँच बिघा जमीनमा…
काठमाडौँ, २४ पुस । ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । फरेन्सिक विज्ञसहित काठमाडौँबाट पुगेको सीआईबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायी हत्यासम्बन्धी केही प्रमाण फेला परेको हो । अनुयायीका अनुसार खाडल उत्खननको क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ । तर, खाडलबाट शवको कुनै अवशेष भने…
चलचित्र ‘समर लभ’मा नायिका नम्रता सापकोटालाई दर्शकले ‘सुनिता’ नाम गरेकी यूवतीको भूमिकामा देख्न पाउनेछन् । यो भूमिकाका लागि आफू अत्यन्त उत्साहित भएको नम्रता बताउँछिन् । चलचित्रमा नायकसँग नम्रताको बेडसिन पनि थुप्रै छ । चलचित्रको कथावस्तु सुरुमै पढेकाले पनि नम्रतालाई यति धेरै अन्तरंग दृश्य दिनुपर्नेछ भन्ने थाहा थियो । तर, पनि उनी दृश्य दिनका लागि तयार भइन् । उनले पत्रकारको प्रश्नको सुरुवातमै चलचित्र ‘कान्छी’ यो चलचित्रका कारण नछाडेको स्पष्ट पारिन् । चलचित्रमा दिएको दृश्यबारे उनले भनिन्–‘हो, यो चलचित्रमा मेरो बेडसिन धेरै छ । तर, म आफूलाई एक नायिका भन्दा पनि कलाकारको रुपमा हेर्न चाहन्छु । मलाई कुनै पनि काम गर्न डर…
हलिउडका स्टारहरु जब कुनै अवार्ड कार्यक्रममा पुग्छन्, त्यहाँ उनीहरुको पहिरनदेखि गहनाको समेत खुबै चर्चा हुने गर्दछ । हलिउडकी चर्चित गायिका लेडी गागा आइतबार बेलुकी आयोजित ‘गोल्डेन ग्लोब्स अवार्ड’मा पुगिन् । यो अवार्डमा पुगेकी हट गायिकाले लगाएको गहनाको चर्चा अहिले सुरु भएको छ । ३२ बर्षकी यी सुन्दरीले लगाएको नेक्लेसको मुल्य सुनेर तपाइको होश उड्न सक्छ । २० क्यारेटको ३ सय हिरा जडित उनको नेक्लेसको मुल्य ५ मिलियन डलर बताइएको छ । इगसेल ब्लू पहिरनमा सजिएकी गागा रेड कार्पेटमा सबैको ध्यान खिच्न पनि सफल भइन् । गागाले यो कार्यक्रममा अवार्ड समेत जितेकी छिन् । यो बर्षकै पहिलो महत्वपूर्ण अवार्ड हात पारेकाले…
काठमाडौं, २४ पुस । एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणबाट लिभरपुल बाहिरिएको छ । सोमबार राति भएको खेलमा वोल्भ्ससँग स्तब्ध हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको हो । कमजोर मानिएको वोल्भ्ससँग लिभरपुलले खराब प्रदर्शन गर्दै २(१ गोलअन्तरले पराजित भयो । लिभरपुल तेस्रो चरणबाट बाहिरिदा वोल्भ्स भने चौथो चरणमा प्रवेश गरेको छ । वोल्भ्सको जितमा राउल जिमेनेज र रुबेन नेभेसले गोल गरे । लिभरपुलका लागि डिभोक ओरिगीले गोल गरेका थिए । खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै वोल्भ्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको वोल्भ्सले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । तर एक गोल खाएको थियो…
दमक, २५ पुस । आगोले जलेर गम्भिर घाइते भएकी कमल गाउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतलाई उपचारको लागी सहयोग जुट्न थालेको छ । दमकस्थित एड्भान्स अस्पतालामा उपचाररत बस्नेतलाई आज अस्पतालमा नै पुगेर दमकका युवा ब्यबसायीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । दमक ६ मा रहेको आर के फेन्सी स्टोरका प्रोप्राइटर आरके थापाले ७ हजार १ सय र दमक ५ मा रहेको इमेज एजुकेशन फाउण्डेशनका सञ्चालक योगबहादुर खड्काले नगद ५ हजार १ सय रुपैया कुलमाया बस्नेत बचाउ अभियान समितिका सदस्य सुदिप अधिकारी, नगेन्द्रमणी न्यौपाने र सन्तोष भण्डारी तथा बिरामीका बुवा देबीबहादुर बस्नेतलाई हस्तान्तरण गरेका छन् । खर्चको अभावमा घरमै मृत्युसँग…
काठमाडौँ, २४ पुस । सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संसोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संसोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौँ, २४ पुस । संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिद अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरु जीवनबहादुर शाही एवं जितेन्द्रनारायण देवलाई नैतिक जिम्मेवारी लिन निर्देशन दिदैँ कानुनसम्मत कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
दमक, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दमकमा भ्यु टावर निर्माण गर्न लागेको रकमबाट सोहि ठाउँमा सरकारी मेडिकल कलेज खोल्न नागरिक अभियन्ता डाक्टर गोविन्द केसीले सुझाव दिएका छन् । सोमबार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नागरिक अभियन्ता डाक्टर केसीले भ्यु टावर खोल्ने रकमबाट मेडिकल कलेज खोल्न सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा ओलीकै ईच्छामा दुई अर्ब ७४ करोडमा भ्यु टावर निर्माण गर्ने योजना अघि बढाईएको छ । साम्यवादी नेताको प्राथमिकतामा जनताको स्वास्थ्य भन्दा भ्यु टावर परेको भन्दै डाक्टर केसीले भ्यु टावरको योजना नीजि क्षेत्रले व्यवसायीक रुपमा सञ्चालन गर्न सक्ने भन्दै प्रधानमन्त्री…