
काठमाडौं, २४ पुस । एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणबाट लिभरपुल बाहिरिएको छ । सोमबार राति भएको खेलमा वोल्भ्ससँग स्तब्ध हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको हो ।
कमजोर मानिएको वोल्भ्ससँग लिभरपुलले खराब प्रदर्शन गर्दै २(१ गोलअन्तरले पराजित भयो । लिभरपुल तेस्रो चरणबाट बाहिरिदा वोल्भ्स भने चौथो चरणमा प्रवेश गरेको छ ।

वोल्भ्सको जितमा राउल जिमेनेज र रुबेन नेभेसले गोल गरे । लिभरपुलका लागि डिभोक ओरिगीले गोल गरेका थिए ।
खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै वोल्भ्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको वोल्भ्सले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । तर एक गोल खाएको थियो ।
खेलको ५१औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई १(१ गोलको बराबरीमा पुर्याएका थिए । तर त्यसको चार मिनेटपछि नै वोल्भ्सले अर्को गोल थप्दै जित हात पार्यो । यो पटक भने नेभेसले गोल गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
