झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, २७ पुस । झापा कनकाई नगर क्षेत्रका अटोरिक्साहरु असुरक्षित हुन थालेका छन । अपरिचित मानिसको अटोरिक्सामा चढ्न छोरीचेली तथा नगद पैसा तथा बहुमुल्य सम्पत्ति बोकेका यात्रुसमेत अटोरिक्सावालाबाट लुटीने सम्भावना वढ्दै गएको छ । शुक्रबार दिउसो सुरुङ्गा चोकबाट १ किलोमिटर माथि आफ्नो साथीको घरसम्म अटोरिक्सामा चढेकी एक कनकाई माविमा कक्षा १० मा अध्यानरत् छात्रा गम्भिर घाईते बनेकी छन । उनी सुरुङ्गाको एक अटोरिक्साबाट आफ्नो साथीको घरसम्मका लागि चढेकोमा अटोरिक्सावालाले साथीको घरआइपुग्दा पनि नरोकी जंगलतीर लगेपछि गुहारमाग्दै अटोबाट हामफालेर आफ्नो ज्यान बचाउन सफल बनेकी छिन । उनी हामफालेपछि उनको नाकको हड्डी भाचिएको छ भने शरिरमा चोटपटक लागेको छ । उनको सुरुङ्गास्थित…

Read More

हिलिहाङ, २७ पुस । पाँचथरको फिदिममा जारी १० औँ अन्तर्राष्ट्रिय आमन्त्रण रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दे अन्तिम दुईको यात्रा तय गरेको हो । झापालाई जिताउन क्याप्टेन कर्ण लिम्बूले खेलको ५३ आँै मिनेटमा गरेको गोल निर्णायक बन्यो । झापाका दिलेन लोक्ताम म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रोयल एफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ । यही पुस ३० गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

Read More

बनियानी, २७ पुस । झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५० वर्षीय भीमबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका–४ स्थित ज्योतिचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४४०७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मे१ज १६८१ नम्बरको कार एकआपसमा ठक्कर खाँदा कार चालक इलाम फाकफुक गाउँपालिका–१ का २३ वर्षीय अमृत खड्गा र कारमा सवार बुढाथोकी गम्भीर घाइते भएका थिए । दुर्घटनाबाट गम्भीर घाइते उनीहरुको दमकस्थित…

Read More

धनकुटा, २७ पुस । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनमा सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले धनकुटामा आज आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यावसायिक मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले त्यसमा केही सहयोग पु¥याउनुपर्ने भए निर्णय गर्न प्रदेश सरकार तयार छ भन्नुभयो । नकारात्मक कुराको बढी खोजी गर्ने र सकारात्मक कुरालाई कम प्राथमिकता दिने क्रम केही बढेजस्तो देखिएको भन्दै त्यसमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।

Read More

धनगढी, २७ पुस । यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपअन्तर्गत आज भएको प्रतिस्पर्धामा सिएमजी क्लब सङ्कटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले पराजित गरेको छ । जितसँगै सङ्कटा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको आजको खेलको इन्जुरी समयको पहिलो मिनेटमा जय गुरुङले दिएको पासमा रवि सिलवालले बललाई नियन्त्रणमा लिँदै गोल गरेर सङ्कटालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८३ औँ मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटाको जित पक्का गरे । विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरे पनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताउनु भयो । गोर्खा…

Read More

काठमाडौँ, २७ पुस । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैंकले आव २०७४÷७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र…

Read More

अशोक घिमिरे काठमाडाँै, २७ पुस । पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ । पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटकपटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको भूमिका र व्यवसायिकतामाथि पनि विभिन्न निकायबाट प्रश्न उठाइँदै आएको छ । भण्डार क्षमता विस्तारका नाउँमा जग्गा खरिद गर्दा व्यापक अनियमिता गरेको, तलदेखि माथिसम्मको ‘सेटिङ’मा तेल चोरी, विद्यार्थी सङ्गठनका नेतालाई ‘तेलका कुपन’ उपहार दिइएको घटनाले निगमको छवि निकै खस्केको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको ‘निगममा प्वालैप्वाल भएको’ भन्ने भनाइले…

Read More

हेटौँडा, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीको तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँंडामा कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा मकवानपुर जिल्ला समन्वय परिषद्का प्रमुख रघुनाथ खुलालले राष्ट्रको मौजुदा संविधानको साथै राष्ट्रियताको दिगो संवद्र्धनको लागि प्रमुख दलहरुले आफ्नो बानी व्यहोरामा परिवर्तन गरी देश र जनताप्रति जिम्मेवार हुने प्रवृत्तिको विकास गर्नसके पृथ्वीनारायण शाहको दिव्योपदेशले सार्थकता पाउने बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वमा दलगत स्वार्थलाई त्यागेर सुशासन र भ्रष्टचारमुक्त समाज निर्माण गर्न राजनीतिक दलले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने सुझाव दिँदै स्थानीय निकायका जनप्रतिनिधिले जनताप्रति उत्तरदायी हुने क्रममा ऐन कानूनको परिधिभित्र रही भ्रष्टाचारलाई न्यूनीकरण गर्न आह्वान गर्नुभयो । सो अवसरमा राप्रपाका…

Read More

सुनसरी, २७ पौष । सुनसरीको धरान उप–महानगरपालिका–४ सर्दु खोलाबाट लागु औषध डाईलक्स डि.सी. र स्पास्मोप्रोक्सिवन ट्याव्लेट सहित २ जना भारतीय नागरीक पक्राउ परेका छन् । बिशेष सुराकीले दिएको गोप्य सुचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को २० प ८०९८ नम्बरको मोटरसाईकलमा सवार भारतको अररिया जिल्ला बेला ग्राम पञ्चायत–९ का २० बर्षीय सहादत मन्सुरी र १८ बर्षीय रिजवन अन्सारीलाई १५ बोतल डाईलक्स डि.सी. र २८८ ट्याब्लेट स्पास्मोप्रोक्सिवन सहित पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

मोरङ, २७ पौष । मोरङको बिराटनगर महानगरपालिका–१५ बस्ने सुभाष मण्डलको ११ बर्षीय छोरा अमित मण्डलको मोबाइलको ब्याट्री पड्कदा मृत्यु भएको छ भने सोही स्थानका राजेश मण्डलको ६ बर्षीया छोरी राधिका मण्डल घाईते भएकी छन् । आज दिउँसो १३.०० बजेको समयमा दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापीरहेको र आगो ताप्ने क्रममा उनीहरुले नै बाटोमा भेट्टाएको मोवाइलको ब्याट्री आगोमा हाल्दा पड्कन गई दुवै जना गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ भने घटनाको सम्बन्धमा…

Read More