झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १८ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो । पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार…

Read More

यज्ञराज आङदेम्बे दमक, १८ पुस । पुरुषको वर्चश्व रहेको लेखापढी काममा महिलाहरुको संलग्नता दिनानुदिन बढ्न थालेको छ । दमक आसपासका सरकारी कार्यालयमा सेवाग्राहीका सुविधाका लागि लेखापढी काम गर्ने महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । प्रायः पुरुष मात्र देखिने यस्ता लेखापढी क्षेत्रमा पढेलेखेका महिलाले पनि रोजगारीको क्षेत्र बनाउन थालेका हुन् । दमकको मालपोत र नापी कार्यालयमा लेखापढी पेशा गरी आउने महिलाको सङ्ख्या डेढ दर्जनका हाराहारीमा पुगेको छ । व्यक्ति वा संस्थागत रुपमा आवश्यक पर्ने सरकारी कागजपत्र तयार गर्ने, प्रतिलिपि लिने तथा कागजात दुरुस्त छ छैन भनेर हेर्ने लगायतका काममा लेखापढी गर्ने महिलाको संख्या बढ्दै गएको पाइएको हो । भद्रपुरस्थित मालपोत…

Read More

बिर्तामोड, १८ पुस । झापाको पहिलो व्यावसायिक न्यूजपोर्टल साझामञ्च डट कम आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । साझामञ्च डट कम सन् २०१३ अगष्टदेखि परीक्षण गरी २०१४ जनवरी १ मा औपचारिक सुरुवात गरिएको न्यूजपोर्टल हो । अनलाइन पत्रकारिताः अवसर र चुनौति विषयमा अन्तरसम्वादसहित केक काटेर आज साझामञ्च डट कमको छैटौं स्थापना दिवस मनाइएको हो । सञ्चार क्षेत्रका अगुवाहरु, सामाजिक एवम् राजनीतिक व्यक्तित्व र व्यावसायीहरुको गुणात्मक सहभागितामा अन्तरसम्वाद गरिएको थियो । साझामञ्च मिडिया प्रालिका अध्यक्ष एकराज कार्कीको अध्यक्षतामा उपाध्यक्ष खड्गप्रसाद दाहालले आमन्त्रितहरुलाई शब्दद्वारा स्वागत गरेपछि अन्तरसम्वाद सुरु गरिएको थियो । अन्तरसम्वादमा अनलाइन न्यूजपोर्टल सञ्चालन गरिरहेका पत्रकारहरुले विज्ञापनमा विभेद रहेकाले पोर्टल टिकाइराख्न…

Read More

भद्रपुर, १८ पुस । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । त्यस्तै संस्थाले ९१ जनालाई सीमानाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो । बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार ११३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताउनुभयो । वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८६९ किशोरीलाई सुरक्षित…

Read More

काठमाडौँ, १७ पुस । अपराधी कहीँ गए पनि लुक्न सक्दैनन् भन्ने उदाहरण पेश गर्दै नेपाल प्रहरीले हत्या गरी फरार रहेका एक अभियुक्तलाई १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काभ्रेपलाञ्चोक जिल्ला साविक खनालथोक गाविस–३ का ‘जीतेन्द्र’ भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी कानूनी दायरामा ल्याएको आज जानकारी दिएको छ । श्रेष्ठले विसं २०५८ साउन ४ गते काठमाडौँ महानगरपालिका–३५ नाकारी टोलका विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार हुँदै आएका थिए । उनले व्यक्तिगत रिसिइबीका कारण हत्या गरेकोसमेत प्रहरी अनुसन्धानमा खुलेको छ । आफ्नो वास्तविक परिचयसमेत लुकाइ नाम परिवर्तन गरी उनी फरार…

Read More

भद्रपुर, १७ पुस । झापाको सदरमुकाम भद्रपुरमा अवस्थित राष्ट्रसेवक सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आज विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ सहकारी संस्थाले सदमुकाम भद्रपुर–७ अञ्जनमोडमा रहेको भृकुटी प्राथमिक विद्यालयमा अध्यनरत् सबै ७८ जना छात्रछात्रलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । सहकारी संस्थाका अध्यक्ष वाशिष्ठ अधिकारीको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी जनक राज दाहालको प्रमुख अतिथ्यतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोख्रेल विद्यालय व्वस्थापन समितिका अध्यक्ष खगेन्द्र लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत संस्थाका उपादक्ष डिल्ली ढकालले र सञ्चालन शिक्षा समिति संयोजक मनोज तिम्सिनाले गरेका थिए ।

Read More

प्रकाश सिलवाल काठमाडौँ, १७ पुस । सामुदायिक विद्यालयका शिक्षकलाई पेशागतरुपमा जिम्मेवार बनाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव गरेको छ । आयोगले शिक्षामा अति राजनीतिकरणले गुणस्तरमा गम्भीर नकारात्मक असर परेको ठहरसहित कुनै पनि विद्यालय शिक्षकले कुनै पनि राजनीतिक दलको पार्टी सदस्यता तथा पदाधिकारी हुन नपाउने र भएमा शिक्षक पद स्वतः नरहने गरी कानूनी प्रबन्ध गर्न सुझाएको हो । “दलैपिच्छेको शिक्षक युनियनले शिक्षाको गुणस्तर खस्काउनमा र विद्यालयमा दलीय राजनीतिक हस्तक्षेप बढाउनमा महत्वपूर्ण भूमिका निभाएकाले राजनीतिक दलसम्बद्ध शिक्षक युनियन व्यवस्था अविलम्ब खारेज गर्ने तर पेशागत हितका लागि ट्रेड युनियनको रुपमा सबै दलको एउटा साझा शिक्षक सङ्घ राख्ने नीति अपनाउनुपर्छ…

Read More

बुधबारे, १७ पुस । झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतवारेमा नवजात शिशुको शव फेला परेको छ । स्थानीय शंकर रेग्मीको जग्गामा एउटा खुट्टा देखिने गरी शिशुको शव गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाईंले बताएका छन् । मंगलबार बिहान स्थानीय उत्तरबहादुर बुढाथोकी घाँस काट्न जाँदा शिशुको विभत्स अवस्थाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागार्इंका अनुसार शिशु जन्मिने बित्तिकै सालले घाँटी थिचेर मार्ने प्रयास गरिए पनि शिशु नमरेपछि पुनः सुपारीको पातको डोरी बनाई सो डोरीले शिशुको घाँटी थिचेर मारिएकोे प्रारम्भिक अनुसन्धानले देखिएको बताएका छन् । सो शिशु कसले जन्माएको र किन…

Read More

दमौली, १७ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताउनुभएको छ । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताउनुभयो । उहाँले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिनुभयो । नेता पौडेलले विषयवस्तुमा आधारित भएर एकता चाहेको उल्लेख गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीमा क्यालेण्डरअनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउनका लागि मात्रै नक्कली…

Read More

काठमाडौँ, १७ पुस । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । लिगका लागि एन्फाले हाल रहेको १४ ‘ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टोली बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । सो प्रतियोगितामा २१ लिग खेल र प्ले अफ गरी २५ खेल हुनेछन् । टोलीमा…

Read More