झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, ७ माघ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुुसियतले जलवायुु परिवर्तनको जोखिम न्यूनीकरणमा ठूला विकास निर्माणका कार्य गर्दा ध्यान पु¥याउनुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय र प्रदेश न १ को वन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय कार्यक्रममा जलवायुु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुुझाव सङ्कलन कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले जलवायुु परिवर्तनले मुलुकमा पारिरहेको असर न्यूनीकरण गर्न नयाँ नीति तर्जुमा गर्ने उद्देश्यले सुुझाव सङ्कलन गरिएको छ । मन्त्री कुिुसयतले जलवायु परिवर्तनले नदीनाला सुकेर मौसममा आएको परिवर्तनले खाद्यान्न लगायतका अन्य उत्पादनमा असर पारेकाले…

Read More

धनगढी, ७ माघ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत् प्राध्यापक डा गोविन्द केसीले राखेका माग आम नेपाली जनताको भावनासँग जोडिएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आज चिकित्सा शिक्षाको सुधारका विषयमा डा केसीले राखेका माग सम्बोधन गर्न नै विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले माथेमा कार्यदल गठन गरी काम अघि बढाएको बताउनुभयो । सरकारसँग भएको सहमतिबमोजिम केसीका माग सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले काङ्ग्रेस महासमिति बैठकपछि पार्टीभित्रको गुट–उपगुट अन्त्य भएको दाबी गर्नुभयो ।

Read More

काठमाडौँ, ७ माघ । लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अग्रणी नेताका नाममा स्थापित अस्पताल बन्द गर्ने सरकारको नीति नरहेको ऊर्जामन्त्री वर्षमान पुनले बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज सञ्चारकर्मीसित सङ्क्षिप्त कुराकानी गर्दै उहाँले विधि र प्रक्रिया पूरा गरेपछि कुन निकायले अस्पताल सञ्चालन गर्ने हो यसका बारेमा सरकारले निर्णय लिन्छ भन्नुभयो । मन्त्री पुनले प्रमुख प्रतिपक्षी दललाई सदनमा पेलेर जाने नीति सरकारले नलिएको स्पष्ट पार्दै संविधान कार्यान्वयनमा सत्ता र प्रतिपक्षी मिलेर जानुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा तथा प्रतिनिधि सभाको पहिलो बैठक आज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको…

Read More

भक्तपुर, ७ माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगका बारेमा विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार पार्न लागेको बताउनुभएको छ । नेपाल सरकारले तय गरेको ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नारासहित मध्यपुर थिमि राधे राधेमा राष्ट्रिय योग दिवस २०७५ को समापन कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । मन्त्री पोखरेलले भन्नुभयो, “विद्यालय शिक्षामा सैद्धान्तिक रुपमा नै यसलाई समेट्दै विद्यालय पाठ्यक्रममा राख्ने गरी पाठ्यक्रममा तयार भइरहेको छ, हाम्रो सभ्यता र संस्कृति वैज्ञानिक छ, हाम्रो जडीबुटी, प्राकृतिक चिकित्सा र योगलाई विद्यालय शिक्षामा सैद्धान्तिक सहमति दिएर पाठ्यक्रममा तयार हुन लागेको छ ।” योगलाई सबै जिल्लामा पु¥याएर यसमा विभिन्न छलफल…

Read More

बिर्तामोड, ७ माघ । युवा पुस्ताले रुचाएको र नेपाली बजारमा धेरै बिक्रि हुन सफल सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारीत चलचित्र समर लभ यहि माघ २५ गतेबाट देशैभर प्रदर्शन हुने भएको छ । प्रेमिल जोडीको आधुनिक प्रेम र रोमान्समा आधारित चलचित्र समर लभका प्रमोसन टिमले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेका छन् । नयाँ ब्यानर नाइटिङ्गल इन्टरटेन्मेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले समर लभ तयार पारेका हुन् । चलचित्रमा उपन्यासलाई न्याय दिलाउन पुर्ण रूपमा प्रयास गरिएको सोमबार बिर्तामोडमा सम्पन्न पत्रकार सम्मेलनमा बताइएको छ । चलचित्रमा सोपन सरकार र मनोज वीके सह–निर्माताको रुपमा छन् भने लाइन निर्माता एकराज तामाङ रहेका छन्…

Read More

काठमाडौँ, ७ माघ । कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिनुभयो । मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको थियो । मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिनुभयो । मुनाल काठमाडौँको महाङ्कालका स्थायी बासिन्दा हुनुहुन्थ्यो ।

Read More

लमजुङ, ७ माघ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा आज सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागिपरेको बताउनुभयो । “सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ, देशमा हत्या हिंसाका घट्नामा वृद्धि हुँदासमेत सरकार मूकदर्शक बनेको छ”, उहाँले भन्नुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले वर्तमान सरकारले हावादारी गफ लगाउँदै हिँडेर विकास निर्माणका क्षेत्रमा केही काम नगरेको आरोप लगाउनुभयो । “नब्बे प्रतिशत राष्ट्रिय…

Read More

प्रकाश धौलाकोटी तेह्रथुम, ७ माघ । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन्धनको जोहो गर्न धमाधम रुख काटिरहेका छन् । खाना पकाउन र आगो ताप्न सरकारले स्थानीय बासिन्दालाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने गुफा बजारका होटल व्यवसायी हरि खनाल बताउनुहुन्छ । यहाँ बसोबास गर्ने सर्वसाधारणको इन्धनको स्रोत गुराँसको दाउरा…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात् ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै हुनुहुन्थ्यो–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका उपाध्यक्ष धनप्रसाद केरुङले लिम्बू भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आफ्नै घरमा प्रत्येक हप्ताको शनिबार लिम्बू भाषासम्बन्धी कक्षा सञ्चालन गर्दै आएका छन् । त्यहीँ लिम्बू भाषा पढ्न आएकी मेचीनगर–६ आदर्श माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उमाले बोर्डमा लेखिएका ती शब्द कापीमा सार्दै भन्नुभयो, “बोल्न त आउँदैन, लेख्न पूरै आउँछ, सिक्दैछु ।” गत वैशाखदेखि पठनपाठन शुरु गरिएको लिम्बू भाषासम्बन्धी कक्षामा लिम्बू जाति मात्र नभई…

Read More

गङ्गा पराजुली पशुपतिनगर, ७ माघ । नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् । सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद्योगी, किसान र सहकारी सञ्चालकले गुणस्तरीय चिया उत्पादनमा देखापरेका समस्या र समाधानबारे जानकारी गराएका हुन् । भारतीय बजारमा नेपाली चियाले मूल्य नपाएको र युरोपमा चिया निर्यात गर्न जैविक हो भन्ने प्रमाणीकरण नगरिएका कारण समस्या भएको चिया उद्यमी उदय चापागाईंले बताउनुभयो । अन्तरराष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च भए पनि जैविक चिया उत्पादन नभएका कारण समस्या भएको उहाँको भनाइ थियो । चियामा विषादीको प्रयोग…

Read More