
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गोविन्द लामिछाने मङ्गलबारे, २ माघ । इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उहाँले थप्नुभयो, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।” त्यहीँका खडानन्द ढुङ्गानाले पनि अदुवाबाट रु एक लाख ५० हजार आम्दानी गर्नुभयो । “अदुवाबाट यतिको धेरै आम्दानी भएको मेरो पहिलो पटक हो”, उहाँले भन्नुभयो, “यसपालि राम्रो मूल्य आएकाले अदुवा खेतीमा कृषकमा आशा पलाएको छ ।” उहाँहरू मात्र होइन अदुवाबाट यसपालि धेरैले राम्रो…
गौरादह, २ माघ । योग गरौँ निरोगी रहौँ भन्ने नाराका साथ पतन्जली योग नगर समिति गौरादहले ५ औँ विश्व योग दिवश मनाएको छ । गौरादह उद्योग वाणिज्य संघको हलमा मंंगलबार सबेरै आयोजित कार्यक्रममा नगरभित्रका योग साधक साधिकाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा पतन्जली योग जील्ला समिति सचिव निर्मल वास्तोलाले योगासनको माध्याम बाट सवै प्रकारका रोगहरु निर्मुल गर्न सकिने बताए । योगको माध्यमबाट आप्mनो डाक्टर आपैmँ बन्न सकिने भएकोले युवाहरुमा देखा परेका विभिन्न प्रकारका रोगहरु बाट बच्नको लागी आहार विहारमा ध्यान पु¥याउदै दैनिक योगाभ्यास गर्ने गरेमा सवै प्रकारका रोगहरुबाट बच्न सकिने वास्तोलाले वताए । कार्यक्रममा पतन्जली योग गौरादहले हरेक दिन…
इलाम, २ माघ । चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै यहाँ अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ । विगत सात दिनदेखि अनशनमा रहनुभएका डा केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिने भएपछि उहाँलाई स्वास्थ्य सुविधा थप गरिएको हो । “डा केसीको स्वास्थ्यमा धेरै किसिमका रोगको सङ्क्रमण देखिएकाले थप सुविधा दिइएको हो, स्वास्थ्य अवस्था बिगँ्रदै गएपछि उहाँलाई हामीले सुईबाट एन्टिबायोटिक ९आइभी एन्टिबायोटिक० औषधि दिन शुरु गरका छौँ” इलाम अस्पतालका चिकित्सक डा वृजेशकुमार शाहले भन्नुभयो, “हामीले अरू सेवा पनि दिन खोज्यौँ तर डा साबले ९डा गोविन्द केसी०ले मान्नु भएन ।” डा शाहका अनुसार…
ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षौंदेखिबिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्को एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग गर्ने गरिएको छ । चालक नियुक्तिका लागि प्रदेश सरकारबाट सहमतिपत्र नपाएपछि चार महीनादेखि उद्देश्य अनुरुप एम्बुलेन्स सञ्चालन गर्न सकिएको छैन । पुरानो एम्बुलेन्स मर्मत खर्च अभावले थन्किएको छ । “अस्पताल आफँैले करारमा चालक नियुक्ति गर्न मिल्दैन, प्रदेशबाट कर्मचारी नियुक्तिसम्बन्धी अनुमतिपत्र चाहिन्छ । निर्देशिका बनेपछि अनुमतिपत्र लिएका छौँ, अब चाँडै…
भद्रपुर, २ माघ । झापा जिल्ला भित्रका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएपछि राजश्व संकलनमा कमी हुन थालेको हो । कार्तिक महिनायता भद्रपुर स्थित भन्सार कार्यालयले एक करोढ ५० लाखको लक्ष्य पूरा गर्न सकेको छैन । यही आर्थिक वर्षबाट मूल भन्सारको मान्यता पाएको भद्रपुर भन्सारले छोटी भन्सार हुँदा २ करोड ८० लाखसम्म प्रति महिना राजश्व असुल्ने गरेको थियो ।…
सान नेपाल गौरादह, २ माघ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मत कार्कीले प्रदेश सरकारको काम सन्तोषजनक रुपमा अगाडि बढिरहेको बताएका छन् । झापाको गौरादहमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले आगामी प्रदेशसभाबाट प्रदेशको नामाकरण र राजधानीको स्थान टुंगो लाग्ने बताए । प्रदेश सभाको हिउँदे अधिवेशनले गर्ने महत्वपूर्ण कार्य योजनाहरुमा १ दर्जन बढी कानून पास गर्ने, बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्ने, प्रदेश संयन्त्रहरुलाई अख्तियारी प्रदान गर्ने, प्रदेश संयन्त्र नभएका ठाउँहरुमा संघीय र स्थानीय तहसँग समन्वय गरेर कार्य सञ्चालनको व्यवस्था मिलाउने लगायतका कार्य रहेको बताए । विपद व्यवस्थापन, सुरक्षा संयन्त्रलाई बलियो बनाउने सम्बन्धी १३७ वटै स्थानीय तहमा छलफल…
काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।” सरकार २०७२ सालको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणमा जुटेको उल्लेख गर्दै उहाँले कोही पनि भूकम्पपीडित नछुटुन् भनेर भूमिहीन, ऐलानी र प्रतिजग्गामा बसोबास गरिरहेका परिवारका लागि समेत सुरक्षित आवास पुनःनिर्माण गर्ने व्यवस्था गरेको बताउनुभयो । “पैसा नभएर घर निर्माण गर्न नसकेकालाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउनका लागि सहुलियत…
काठमाडौं, २ माघ । विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप लगाएको छ। थापाले केन्दीय समिति बैठक हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रकृया शुरू गरेको मंगलबार विवेकशील साझाका प्रवक्ता डा। सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल भएको बताइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, २ माघ । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्। एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ। प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन्। सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी प्रहरीले आइतबार मोरङबाट ६९ लाख ५७ हजार छ सय रुपैयाँसहित तीनजना…
काठमाडौँ, २ माघ । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् । जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको हिसाब मात्रै छ । सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौँ जिल्ला अदालतको अभिलेखमा विदेशीबाट असुल्नुपर्ने २०११ सालयताको दण्ड र जरिवानाको चाङ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।