
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वान्खडेमा खेल हुनेछ । बेङ्गलुरुले ३ खेलमा चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेको गुजरात २ अङ्कसहित आठौं स्थानमा छ । हिजो भएका खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।
नेपालगन्ज, २५ चैत । नेपालगन्जबाट दुई वर्ष जेल सजाय पाएर फरार भएका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज–२० मनिकापुरका ६२ वर्षीय सन्तोष अहिर रहेका छन् । जिल्ला अदालत बाँकेले २०४९ वैशाख १८ गते अहिरलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाएको थियो । जेल सजाय पाए लगत्तै फरार भएका अहिरलाई नेपालगन्ज आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो । अहिरलाई जेल सजाय भुक्तानका लागि जिल्ला अदालत हुँदै जिल्ला कारागार बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
झापा, २५ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा बायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको छ । यसबाट…
लेखक : निशान निराैलासहसहयोग : समीर भुजेलसन् १९८० को दशकको अन्त्यतिर भुटानको दक्षिणी भागमा ठूलो संख्यामा नेपाली मूलका लोप्साम्पा समुदायका नागरिकहरू शान्त जीवन बाँचिरहेका थिए। तिनले पुस्तौं देखिको श्रमले आफ्नो जीवन उभ्याएका थिए। उनीहरू भुटानका नागरिक थिए—कागजपत्र थियो, जमिन थियो, भोटाहरू पनि हाल्थे । तर सन् १९८८ मा भुटान सरकारले “एक राष्ट्र, एक भाषा, एक संस्कृति” (Driglam Namzha) नीति लागू गर्यो। नेपाली भाषी भुटानीहरूको संस्कृति, भेषभूषा, र भाषालाई विदेशीको रूपमा हेरिन थालियो। नागरिकता प्रमाणीकरण अभियान चलाइयो, जहाँ हजारौं नेपाली मूलका भुटानीलाई अवैध आप्रवासी भनियो। सन् १९९० तिर सुरक्षाबलहरूले गाउँ छिर्न थाले। जससँग सरकारी कागज मिलेन, उसलाई देशनिकाला गरियो। कतिपय गाउँहरूबाट…
सन्तोष शर्माझापा, २५ चैत । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्र १३ लाख भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनिपूर्जा वितरण गर्ने बताउनुभएको छ । झापाको अर्जुनधारामा आइतबार ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा वर्तमान कानूनी व्यवस्था तथा अन्य सरोकारका सम्बन्धमा छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष रिजालले आगामी तीन वर्षभित्र कुनै पनि हालतमा जग्गा धनिपूर्जा वितरण गर्ने बताउनुभयो । “आयोगको अस्थिरताले काम गर्न सकिएको अवस्था थियो, अब त्यस्तो हुँदैन”, उहाँले भन्नुभयो, “जनताको पक्षमा राजनीति गर्ने दलहरुले अब जनताकै लागि पक्षमा हुन लागेको भूमि समस्या समाधानमा लाग्न जरुरी छ ।”…
झापा, २५ चैत । जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भूमिसम्बन्धी अन्तरक्रिया क्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले यस्तो जानकारी दिँदै प्रक्रिया पूरा गरेर धनीपूर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताए । अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड भएको आरोप लगाए । उनले वर्तमान भूमि आयोग पहिलेका तीन वटा आयोगभन्दा फरक रहेको जिकिर गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको बताए । कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण…
बनियानी, २५ चैत । झापाको कचनकवल गाउँपालिका–४ स्थित केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ। आइतबार राति करिब ९ बजेको समयमा सुनसानको फाइदा उठाउँदै चोरहरूले घरमा पसेर लाखौंको धनमाल चोरेका हुन्। पण्डित प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टक खनालको घरबाट सुनको सिक्री र नगद २० हजार रुपैयाँ र लक्ष्मी चौहानको घरमा रहेका सामान छरपस्ट पारी चोर फरार भएको स्थानीयले जनाएका छन् । घटनाको समयमा गाउँमा अष्टजाम संकीर्तनको भीडभाड रहेको र घरहरू सुनसान भएको कारण चोरले मौकाको फाइदा उठाएका छन् ।
अर्जुनधारा, २४ चैत । झापाको अर्जुनधारा नगरपालिकामा भूमि समस्या समाधानका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको छ । अर्जुनधारा नगरपालिकामा आज भूमिहीन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा वर्तमान कानूनी व्यवस्था तथा अन्य सरोकारका सम्बन्धमा छलफल तथा अन्तक्रिया गरिएको हो । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बलदेवले नगरका भूमी सम्बन्धी समस्याको जानकारी गराएका थिए । नगर प्रमुख बलदेवले नगरमा भूमि समस्या समाधान आयोग अन्तरगत बिभिन्न मितिमा सूचना प्रकाशित अनुसार भूमिहिन दलित २१९,…
झापा, २४ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो भद्रपुर नगरपालिका–५ स्थित मेचीबिटबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेको पैदल यात्री बिर्तामोड नगरपालिका–६ सरस्वती टोलका ३० वर्षीय सन्तोष भट्टराईले मलद्वारभित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ १० ग्राम ०१ मिलिग्राम फेला पारी नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर, २४ चैत । झापा भद्रपुरका श्रष्टा हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्य चन्द्रगढीमा विमोचन गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा शोक काव्यका रूपमा तयार भएको न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन चन्द्रगढीमा गरिएको हो । पुस्तकालयकी कार्यवाहक सभापति खगेन्द्रा खुसीको अध्यक्षता तथा प्रा.डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा विमोचित काव्य १६ वटा लामा कवितामार्फत रमा न्यौपानेको जन्मदेखि मृत्युसम्मका घटनालाई काव्यात्मक भाव बनाइएको छ । सरकारी सेवा र सामाजिक गतिविधिमा संलग्न रमा न्यौपानेको गत असार ३१ गते ६४ वर्षको उमेरमा क्यान्सर रोगबाट निधन भएको थियो । पति ध्रुवप्रसाद न्यौपानेको पत्नी वियोगलाई काव्यात्मक भाव बनाएर प्रकाशित कृतिमा पारिवारिक नाताले जेठाजु रहेका…