झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ चैत । पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै पत्रकार महासंघ झापाले सोमबार झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । झापा अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । कार्यस्थलमा खटिएका पत्रकारको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ । जसअन्तर्गत आइतवार पत्रकारहरूले देशभरिबाट कालोपट्टि बाँधेर काम गरेका थिए भने शनिबार सडकमा प्रदर्शन गरेका थिए। उता तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्या र विभिन्न संचारगृहमा भएको आक्रमणको…

Read More

झापा, १८ चैत । बिर्तामोडमा आजदेखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे । वडा नम्बर ४ को कार्यालय सहआयोजक रहेको यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । चैत २३ गतेसम्म हुने प्रतियोगितामा झापा जिल्लाका ४१ जना खेलाडीले सहभागिता जनाएको खेल संयोजक विशाल अग्रवालले जानकारी दिए । बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष शर्मा, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रतियोगितामा पहिलो चरण बेस्ट अफ थ्री, दोस्रो…

Read More

सरोज भट्टराईझापा, १८ चैत । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० रहेको सरकारी जग्गा भूमाफियाहरु हत्याएपछि उक्त जग्गा फुकुवा गर्न दवाव दिएपछि वडा कार्यालय सर्वपक्षीय छलफल गरेको छ । हाल उक्त जग्गामा वडा नं. १० को वडा कार्यालय, कभर्डहल, प्रहरीचौकी र केएनके फुटबल मैदान रहेको छ । कनकाई सिचाई आयोजनाले आफ्नो स्वामित्व राखेर विगत २०२९ सालदेखि संरक्षण गर्दै आएको जग्गामा भूमाफियाहरुले चलखेल गरेका हुन् । कनकाई सिचाई आयोजना झापाको भोगाधिकार गरेकोे ११ विगाह ७ कठ्ठा जमिन मध्ये १८२ कित्ता नंम्बरको ४ विगाह र कि नं. १८३ कित्ता नं.को १ विगाह ५ कठ्ठा जग्गामा १८३ नं कि.नं. जग्गा पुरानावेदन अदालतले कन्काई…

Read More

द्रोण अधिकारीभद्रपुर, १८ चैत । झापा भद्रपुरकी श्रष्टा बालिका वान्तवाद्वारा लिखित प्याउली उपन्यासको स्थानीय विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर जेसीजसित प्याउली नाम दिएर भद्रपुर जेसीजले उपन्यासको स्थानीय विमोचन तथा परिचर्चा सम्पन्न गरेको हो । जेसीजका अध्यक्ष शैलेश श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न परिचर्चा कार्यक्रममा उपन्यासको समीक्षा गर्दै सहप्राध्यापक चुडामणि वशिष्ठले आफ्नोपन बोकेर आएको उपन्यासले पूर्वी पहाडी जिल्ला भोजपुर, झापा हुँदै काठमाण्डौ र हङकङसम्मको भूगोलभित्र उपन्यासकारले गरेका संघर्षलाई आख्यान बनाएर ल्याइएको बताए । सहप्राध्यापक वशिष्ठले उपन्यास भित्र अन्र्तरजातीय भागीविवाह, वैदेशिक रोजगारका कारण टुटेको दाम्पत्य जीवन, गरिबी, अभावसितको संघर्ष समेटेर बनेको कथानकले…

Read More

झापा, १८ चैत । झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका-२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट कमल गाउँपालिका-४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका-८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी बिशेष सुचनाको आधारमा…

Read More

१. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । ३. अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ । ४. अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ । ५. अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ । ६. अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ । ७. अनारको नियमित सेवन गर्ने व्यक्तिलाई…

Read More

काठमाडौं, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गरे । ‘तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै,’ अध्यक्ष लिङ्देनले भने, ‘जनताले चाह्यो भने यो गणतन्त्र जान्छ । युवाको शक्तिलाई नहोच्याउनुस् ।’ साथै, उनले गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आन्दालनकारीले मात्रै नभइ सरकारले पनि ज्यादती गरेको बताए । ‘अस्ति १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस एमाले भन्नेहरू भजन किर्तन गर्दै आएको हो…

Read More

नयाँ दिल्ली, १८ चैत । भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । सनोजमाथि बलात्कारको गम्भीर आरोप लागेको हो । दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेको थियो । त्यसपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीले सनोज मिश्रमाथि एउटा सानो सहरकी एक युवतीलाई धेरै पटक बलात्कार गरेको आरोप लगाएको बताएको छ । यी केटीले नायिका बन्ने सपना देखेकी थिइन् । सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर फोन गरेका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले…

Read More

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताएका हुन्। उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न गरे। ‘कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो। हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं। सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौं। तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन? सभामुखले समय दिनुभयो किन? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो…

Read More

एजेन्सी, १८ चैत । म्यानमारमा भूकम्पबाट भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार भएको छ । गएको शुक्रवार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको बीबीसीले जनाएको छ । यसअघि एउटा भत्किएको अस्पतालबाट ३६ घण्टापछि एक महिलाको उद्धार भएको थियो । म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककमा मात्र १८ जनाको ज्यान गएको छ भने ७६ जना हराइरहेका छन् । भूकम्पमा परी अहिलेसम्म एक हजार सात सय जनाको ज्यान गएको छ भने झन्डै तीन हजार चार सय जना घाइते भएका छन् । म्यानमार र थाइल्यान्डमा राहत र…

Read More