झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ चैत । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई…

Read More

पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यममा आक्रमण प्रकरण ः दोषीलाई कडा कारबाहीको माग गर्दै झापामा पत्रकारको विरोध प्रदर्शन

Read More

झापा, १६ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल अमदावादमा बेलुका पौने ८ बजे शुरू हुनेछ । गुजरात र मुम्बई आफ्नो पहिलो खेलमा पराजित भएका थिए । गुजरातलाई पञ्जाबले हराएको थियो भने मुम्बई चेन्नई सुपर किंग्ससँग पराजित भएको हो । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायो । जीतसँगै बेङ्गलुरुको दुई खेलमा ४ अङ्क भएको छ । पहिलो खेलमा उसले कोलकाता नाइट राइडर्सलाई हराएको थियो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

Read More

काठमाडौँ, १६ चैत। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी केन्द्र)को कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे शनिबार बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाहीको माग गर्नुभएको हो । उहाँले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । बैठकपछि सञ्चारकर्मीहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिनुभयो । रासस

Read More

काठमाडौँ, १६ चैत । शुक्रवार काठमाडौँमा तीनकुनेमा भएका हिंसात्मक प्रदर्शनका कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अझै पक्राउ परेका छैनन् । काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रसाईँको खोजी तीव्र पार्दै छन् । प्रसाईँले प्रदर्शनकारीलाई उक्साएर प्रहरीलाई गाडी हुर्काएर प्रदर्शनलाई हिंसात्मक बनाएका थिए। यस घटनामा दुई जनाको मृत्यु र सुरक्षाकर्मीसहित ११०जना घाइते भएका थिए। कर्फ्यु आदेश जारी गरेपछि, प्रसाईँको खोजी तीव्र भएको थियो । उनका मोबाइल फोन अफ गरेर भागेको जानकारी प्राप्त भएको छ। उनको अन्तिम लोकेसन गैरी गाउँ देखिएको थियो । उनीमाथि ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडका आरोप लगाइएको छ ।

Read More

काठमाडौँ, १६ चैत । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । यसअघि भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले गत साउन १४ गते उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।

Read More

साहारा लिम्बूफुङलिङ, १६ चैत। ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्घा गाउँपालिका५ खेसेवाका स्थानीय ताराहाङ माबोको छोरी ईतुङना माबो रहेका छन् । सिमेन्ट प्लास्टर गरेको पानी ट्याङ्कीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकाको शुक्रबार घरदेखि नजिकै रहेको ट्याङ्कीमा डुबी रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटेको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी…

Read More

चन्द्र बस्नेतकनकाई, १६ चैत । नेपाल कलवार सेवा समिति झापाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनबाट पुनः राजकिशोर चौधरी (कनकाई) को नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा रामबाबु चौधरी, उपाध्यक्षमा मनोज चौधरी, कोषाध्यक्षमा शत्रुधन चौधरी (बिर्तामोड), सह कोषाध्यक्षमा शेखर भगत, महासचिवमा दिपककुमार चौधरी, सचिवमा सञ्जय चौधरी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा नितेश चौधरी, शम्भु चौधरी, हितेश चौधरी, शत्रुधन चौधरी (भद्रपुर), राजकिशोर चौधरी (धुलाबारी), अजय कलवर, मनोज भगत, मनिता चौधरी, बविता चौधरी (बिर्तामोड), पुजा चौधरी (शनिशरे), हेमलता चौधरी (बिर्तामोड) र जगदीश चौधरी (राजगढ) गरी १८ सदस्यीय…

Read More

झापा, १६ चैत । काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न तीन वटा प्रहरी युनिट खटिएको छ । व्यवस्था उल्टाउने उद्घोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट फरार भएका थिए । प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको प्रहरी अधिकृतहरु बताउँछन् । उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । प्रदर्शनमा सहभागी आयोजक समूह ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले…

Read More

काठमाडौँ, १६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको छ । प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो । शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो । स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको थियो ।

Read More