झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ चैत । मोरङ, झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट बंगाल का ३२ बर्षीय साम्सद खान र २७ बर्षीय साहेव अलीलाई ब्राउन सुगर ८७ ग्राम ३४०मिलिग्राम सहित झापा मेचीनगर नगरपालिका-६ स्थितबाट पक्राउ गरेको छ । त्यसैगरी, विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा देश भारत राज्य विहार अररिया नरपथगंजका २२ बर्षीय…

Read More

झापा, १३ चैत । एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको सुल्तान इब्राहिम स्टेडियम आज सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । यो जितसँगै मलेसियाले तीन अङ्क जोडेको छ । खेलको २९औँ मिनेटमै हेक्टर हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७१औँ मिनेटमा मलेसियाका अर्का खेलाडी लाभेर कोर्बिन–अङ्गले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र मलेसियाले नेपालमाथि २–० को जित निकाल्यो । यस पटकको छनोटमा एसियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । जसमा नेपाल एफमा रहेको छ…

Read More

झापा, १३ चैत । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र…

Read More

झापा, १३ चैत । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए । सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा…

Read More

झापा, १३ चैत । चालु आर्थिक वर्षको आठ महिनामा काँकरभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताउनुभयो । चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही…

Read More

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो सशस्त्र प्रहरीले करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो । विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वारबाट प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्डमा खटिएको टोली र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उनीहरुको घरबाट उक्त सामान बरामद गरेको हो । पोखरेलको…

Read More

थाइराइड आजकल स्त्री तथा पुरुषको समस्या बन्दै गएको छ । मानिस ४० वर्ष पुगेपछि कसै कसैमा यो रोग देखिने गर्छ । तर आजको ब्यस्त समय तथा तनाव, खानपान रहनसहनका कारणले थाइराइड समस्या निम्त्याएको हुनसक्छ । यो समस्या महिलामा बढी पाइन्छ । थाइराइड नामक ग्रन्थी जसमा थायरोक्सि हर्मोन महिलामा हुन्छ । जुन हर्मोनको मात्रा कमी भएमा थायराइड समस्या देखिन्छ । यसका लागि कस्तो खानेकुरा खाने त ? १. थाइराइडको समस्या देखिएमा ओडिनयुक्त खाद्यपदार्थको बढीमात्रामा सेवन गर्नु राम्रो हुन्छ । जुन प्याज, लसुन, जौ, गाजर, च्याउ, गोभेंडा, हरियो खुर्सानी, स्ट्राबेरीबाट प्राप्त गर्न सकिन्छ । २. बढी मात्रामा मसलाको प्रयोग भएका खाद्यबस्तुहरुका साथै…

Read More

झापा, १२ चैत । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताउनुभयो । ती ट्रकहरु दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट ९बीआइएस० नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिनुभयो । बिआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरुको निर्यात अवरुद्ध भएको छ । काँकडभिट्टा मात्र नभई नेपालका अरु नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पुर्याइरहेको…

Read More

बाबुराम मुडियारीमोरङ, १२ चैत । सेवाग्राहीलाई ठगी गरेको आरोपमा विराटनगरस्थित यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी, ३७ वर्षीय राजु कोइराला, सुनसरी दुहबी नगरपालिका–११ का २७ वर्षीय युवराज लम्साल, विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर ४ का २२ वर्षीय राजीव मण्डल, सुनसरी बर्जु ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, मोरङ कटहरी–१ का ३७ वर्षीय भागवत राजवंशी, बुढिगंगा– २…

Read More

एजेन्सी, १२ चैत । सन् २०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भनेर चिनिने अस्ट्रेलियाको प्रतिष्ठित ब्रिस्बेन क्रिकेट मैदान भत्काइने भएको छ । ओलम्पिकपछि ब्रिस्बेन क्रिकेट मैदान भत्काइने र ओलम्पिकका लागि ब्रिस्बेनको भिक्टोरिया पार्क क्षेत्रमा बनाइने ६० हजार सिट क्षमताको नयाँ रङ्गशालामा क्रिकेट सर्नेछ । क्वीन्सल्यान्ड क्रिकेट, एएफएल र ब्रिस्बेन लायन्ससँग मिलेर भिक्टोरिया पार्कमा रङ्गशाला निर्माण गर्ने र यो महत्त्वपूर्ण लगानीले क्रिकेट प्रशंसक र क्वीन्सल्यान्डका नागरिकलाई दीर्घकालीन फाइदा पुर्‍याउने कुरा सुनिश्चित गर्न क्रिकेटले प्रमुख भूमिका खेल्ने क्रिकेट अस्ट्रेलियाको विज्ञप्तिमा उल्लेख छ । सन् २०२१ को जुलाईमा क्वीन्सल्यान्डको राजधानीलाई २०३२ को ग्रीष्मकालीन ओलम्पिक र प्यारालम्पिकको आयोजकत्व प्रदान गरिएको थियो । योसँगै सन् १९५६…

Read More