झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, ५ मंसिर । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषधसहित एक युवालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ का १९ वर्षीय धनबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राईलाई आज दिउँसो लागुऔषध फेनारागन २४ एम्पुल, लुपिजेसिक २३ एम्पुल, नुफिन १ एम्पुल, डाइजेल्याब २२ एम्पुल र डाइजेपाम १ एम्पुलसहित पक्राउ गरेको हो । बरामद लागूऔषधसहित राईलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, ५ पुस । प्रदेश नं. १ का सामजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वको टोलीले भारतको महाराष्ट्रमा प्लास्टिकजन्य पदार्थबाट पेट्रोलिमय पदार्थ निकाल्नेबारेको सम्भाव्यता अध्ययन गरिरहेको छ । मन्त्री घिमिरेको नेतृत्वमा आठ सदस्यीय टोली चार दिनका लागि भारतको महाराष्ट्र गएको हो । टोलीले भ्रमणको तेस्रो दिन महाराष्ट्रस्थित मुम्बई तथा पुणेका विभिन्न विषय विज्ञ तथा वैजानिकहरुसँंग छलफल गरेको छ । छलफलमा फोहोर व्यवस्थापन, पर्यापर्यटनको विषयमा अन्तरक्रिया गरिएको थियो । छलफलमा प्लास्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने विधिका विज्ञ वैज्ञानिक सुभाष दिक्षितसँग बताउनुभएको थियो । सोही क्रममा टोलीले प्लास्टिकबाट इन्धन बनाउने उद्योग अवलोकनसमेत गरेको छ । अवलोकनपछि टोलीले फोहोरजन्य प्लास्टिकको बिसर्जन र व्यवस्थापनका विभिन्न विकल्पका…

Read More

चितवन, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताउनुभएको छ । शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले देशलाई समृद्ध बनाउनका लागि अभियानात्मकरुपमा जान जरुरी रहेको बताउनुभयो । सामान्यरुपले गएर नहुने भन्दै दाहालले भन्नुभयो, “हामी अहिले बसिराखेको पार्टीको बैठकमा दुईमहीने अभियान तुरुन्तै देशभरि, जनतालाई, पार्टीका साथीलाई र अन्य राजनीतिक दललाई पनि सँगसँगै समृद्धिको यात्रामा सहभागी गराउने विचार गर्दैछौँ ।” विगतमा झैँ आउँदा दिनमा पनि सबैको सहयोगको अपेक्षा पनि…

Read More

सुरुङ्गा, ५ पुस । झापा क्षेत्र नम्बर ४ का संघीय सांसद लालप्रसाद साँबाले आफ्नै निजि खर्चमा आफ्नो निर्वाचन क्षेत्रभित्रको एक विद्यालयमा बाल कक्षाका लागि आवश्यक शैक्षिक सामाग्री र विद्यार्थीका लागि न्यानो कपडा स्वीटर प्रदान गर्नुभएको छ । झापा गाउँपालिका ३ स्थित नमुना प्राथमिक विद्यालयमा अध्यानरत् विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गर्नुका साथै सो विद्यालयको बालकक्षाका लागि आवश्यक ४० इन्चको एलइडी टिभिसहित आवश्यक डेक्स बेन्च र अन्य २ लाख रुपैँया बराबरको शैक्षिक सामाग्री विद्यालयकी प्रअ कमला बिक तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जगत पौडेललाई विशेष कार्यक्रमको आयोजना गरि हस्तानतरण गर्नुभयो । चिया मजदुर र अति विपन्न दलित विद्यार्थीहरुले अध्यान गर्ने विद्यालयमा…

Read More

सुरुङ्गा , ५ पुस । झापाको कनकाई नगरपालिका सुरुङ्गामा मुख्य कार्यालय रहेको भीमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नरेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । संस्थाको कनकाई सामुदायिक वन समूहमा भएको आठौ बार्षिक साधरणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । श्रेष्ठ यसअघि संस्थाको उपाध्यक्ष रहनुभएको थियो । यसैगरि समितिको उपाध्यक्षमा रत्नकुमार श्रेष्ठ सचिवमा कमलप्रसाद भट्टराई, सहसचिवमा यसोदा श्रेष्ठ र सदस्यहरुमा कृष्णबहादुर अधिकारी, भीमबहादुर श्रेष्ठ, गंगाप्रसाद श्रेष्ठ, भोलाहादुर श्रेष्ठ, भोजकुमारी श्रेष्ठ र दिव्यराज ढकाल रहनुभएको छ । यसैगरि तेजबहादुर प्रधानको संयोजकत्वमा कुमार पाठक र इन्द्रबहादुर क्षेष्ठ सदस्य रहनेगरि ३ सदस्यीय लेखा समिति र यसोदा श्रेष्ठ संयोजक रहने…

Read More

काठमाडौँ, ५ पुस । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ । “हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ”, उहाँले भन्नुभयो, “उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्ने छ ।” नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ । यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्ने गर्दथ्यो…

Read More

इलाम, ५ पुस । पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको उक्त महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने जातीय खानाका परिकारसमेत प्रस्तुत गरिएको छ । महोत्सवको शुरुमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राह्मण जातिका जातीय वेशभूषा र बाजागाजासहित ¥याली निकालिएको थियो । ¥यालीमा चार जिल्लाका पर्यटकीय स्थलको समेत प्रदर्शन गरिएको थियो । साबिक मेचीका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने योजनाले शुरु भएको यो महोत्सव आजदेखि शुरु भएर १६ गतेसम्म चल्नेछ । चार जिल्लामा बसोबास गर्ने जातजातिको…

Read More

विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अग्रभागमा राख्नुपर्ने सुझाव दिँदै नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन गर्न सक्दैन भन्नुभयो । उहाँले आफू सञ्चारमन्त्री भएको समयमा राष्ट्रिय सञ्चार नीति तर्जुमा गराएको, पत्रकारहरुको न्यूनतम पारिश्रमिक प्रतिवेदन अघि बढाएको, पत्रकार दुर्घटना बीमा ल्याएका…

Read More

किरण पौड्याल इलाम, ५ पुस । पछिल्लो समय खेत जोत्नदेखि धान काट्नसम्म परम्परागत प्रविधि छाडेर आधुनिक शैली अपनाउन थालिएको छ । कम जनशक्ति र थोरै लागतमा काम हुने भएपछि सबै क्षेत्रमा अहिले प्रविधिको प्रयोग हुन थालेको हो । तर, यसको ठिक उल्टो चिया टिपाइमा भने प्रविधि प्रयोग घट्दै गएको छ । चियामा प्रविधि प्रयोग ‘झञ्झटिलो’ र धेरै लागत लाग्ने भएकाले प्रयोग गर्न छाडेको चिया किसान बताउँछन् । पछिल्लो समय अधिकाँश किसानले प्रविधि छाडेर हातैले चिया टिप्न थालेका छन् । मेशिनले टिपिएको चिया खस्रो हुने, फ्याक्ट्रीले लिन नमान्ने र टिपेपछि पनि फेरि केलाउनु पर्ने समस्याले मेशिन प्रयोग घटाउँदै लगेको सूर्योदय नगरपालिकाका…

Read More

काठमाडौँ, ५ पुस । घातरोग (स्ट्रोक) का कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान भएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ । विशेषगरी मस्तिष्कघातको पहिचान र यसको उपचारमा दक्ष र गुणस्तरीय पहुँच नभएका कारण दुर्गम क्षेत्रमा यसको मृत्युदर बढी रहेको बताइन्छ ।यसैबीच, घात रोगको उपचारमा कसरी सहयोग पु¥याउने तथा रोगको उपचारसमेत छिटोभन्दा छिटो कसरी गर्ने भन्ने ध्येयले ‘स्ट्रोक थ्रोम्बोलाइसिस २०१८’ सम्बन्धी तालीम कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएशनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा उपत्यका बाहिरका विभिन्न अस्पतालमा कार्यरत ३० जना…

Read More