
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २२ भदौ । आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका छन्। सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लिन बाबुलाई अनिवार्य गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन्। आमाका नामबाट नागरिकता लिन बाबुको खोजी गरिएको र पहिचान हुन नसकेको अवस्थामा त्यसको पुष्ट्याइँ गर्नुपर्ने प्रावधानप्रति उनीहरूले आपत्ति जनाएका छन्। संशोधन विधेयकको दफा ६(१) को ख खण्डमा रहेको ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजका बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजकी आमाले गरेको स्वघोषण’ भन्ने वाक्यमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूले संशोधन हालेका…
काठमाडौँ, २२ भदौ । बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको योजना यस्तो उल्लेख छ । आजको कारोबार दैनिकमा खबर छ ।
विराटनगर, २२ भदौ । जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ । जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत आवमा ढुङ्गागिटीबाट आम्दानी भएकामध्ये उक्त रकम १७ वटा स्थानीय निकायलाई रु एक÷एक करोड दरका रुपले वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिले गत आव २०७४/०७५ मा जिल्लाका खोला नालाको ढुङ्गागिटीको ठेक्काबापत कूल रु २५ करोड ३१ लाख २३ हजार ८१५ आम्दानी गरेको थियो । जिल्ला समन्वय समिति मोरङले २०७५/०७६ का लागि रु पाँच करोड ८६ लाख ७६ हजार ५०० को अनुमानित आयव्यय पारित गरेको छ ।
कञ्चनपुर, २२ भदौ । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ। प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन। कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले आफूले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन्। ‘शंकास्पद कतिपयलाई कागज गराएर छाडेका छौं, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छौं,’ उनले भने, ‘शंकास्पद सबैमाथि सबै कोणाबट अनुसन्धान गरिरहेका छौं।’ अहिलेसम्म कुनै ठोस तथ्य खुल्न नसकेको उनले बताए । निर्मलाको शव साउन ११ गते भेटिएको थियो। घटना भएको एक महिनाभन्दा बढी भइसकेको छ। यस अवधिमा धेरै प्रमाण…
काठमाडौँ, २१ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “झन्झटिला ठूला फारामको सट्टा सेवाग्राही आफँैले भरेर काम गर्नसक्ने खालको सानो तर सरल भाषाको फारम लागू गर्न थालिएको हो ।” “ठूला फारममा सेवाग्राहीले तेस्रो पक्षको सहयोग लिनुपर्दछ, जसले गर्दा उनीहरुलाई अतिरिक्त रकम दिनुपर्ने बाध्यता छ”, मन्त्री अर्यालले भन्नुभयो, “सेवाग्राहीले आफैँले भर्नसक्ने खालको फारम अब लागू गर्दछौँ, यसबाट सेवाग्राहीलाई अनावश्यक खर्चे व्यहोर्नु पर्दैन ।” मन्त्री अर्यालले पहिलो चरणमा आगामी हप्ताबाट अनलाइन प्रणाली लागू भएका ३०…
पोखरा, २१ भदौ । प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीय संविधानको पूर्णरुपमा कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि प्रदेशहरू बलियो बन्नुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा आज आयोजित मुख्य मन्त्रीहरूको भेलामा प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी बन्नुपर्ने बताए । भेलामा शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत साधन, शान्ति सुरक्षा, मानव स्रोतको व्यवस्थापन अझै प्रदेश सरकारको मातहतमा आउन नसक्दा अन्योलता बढेकोमा उहाँहरुको भनाइ थियो । प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले जनताको अपेक्षा र चाहनालाई सम्बोधन गर्ने गरी प्रदेशको प्रभावकारिता वृद्धि हुनुपर्नेमा जोड दिनुभयो । कर्मचारीतन्त्रको मानसिकतामा अझै परिवर्तन…
काठमाडौँ, २१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तीनजना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगकाअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । श्रेष्ठ र गोइतले ट्रायल परीक्षा उत्तिर्ण गरेका छब्बीस जना परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रु १६ हजार घुसवापत लिएको तथ्यफेला परेपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । सहलेखापाल गोइत र श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेकाले बिगो रु १६ हजार सोही बमोजिम जरिवाना र कैद सजाय…
काठमाडौँ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भ्रमणको कुनै राजनीतिक एजेण्डा छैन, विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराउने छु ।” नेपालको संसद्मा सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्रीले गर्नुभएको सहयोगको प्रतिबद्धता एवं…
खुदुनाबारी, २१ भदौ । अर्जुनधारामा संञ्चालित प्राङ्गारिक कृषिमा आधारित तीज गीत प्रतियोगिता कार्यक्रममा प्रगति महिला कृषक समूह प्रथम भएको छ । प्रगति महिला कृषक समूह अर्जुनधारा–१० मा क्रियाशिल सामाजिक संस्था समेत हो । त्यस्तै द्धितीय नमूना महिला कृषक समूह भएको छ । तृतीय स्थान निर्वाचित जनप्रतिनिधि भएका थिए भने सान्त्वना सरस्वती महिला समूहले प्राप्त गरेको छ । अर्जुनधारा नगरलाई प्राङ्गारिक कृषि उपज उत्पादन गर्न प्रेरित गर्ने उद्धेश्यले अर्जुनधारा नगरपालिका र कृषि विकास शाखाको आयोजनामा गरेको उक्त कार्यक्रममा उनीहरुलाई नगद र प्रशंसा–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा भाग लिई प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई नगद पुरस्कार क्रमश…
सुरुङ्गा, २१ भदौ । आगामि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर , दाङ , उदयपुर , भैरहबा ,र पूर्वाञ्लल क्रिकेट क्लव विराटनगरका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताउनुभयो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार पाउनेछन भने हरेक दिन उत्कृष्ट खेलाडीलाई २…