
सुरुङ्गा, २१ भदौ । आगामि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर , दाङ , उदयपुर , भैरहबा ,र पूर्वाञ्लल क्रिकेट क्लव विराटनगरका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताउनुभयो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार पाउनेछन भने हरेक दिन उत्कृष्ट खेलाडीलाई २ हजार रुपैँयाको पुरस्कार स्थानीय समाजसेवि प्रविण तिम्सिनाले गर्ने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

भने फाइनलमा विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कार दिने निर्णय भएको खेल संयोजक प्रदिप गजमेरले बताउनुभयो । प्रतियोगिता संचालनका लागि ६ लाख रुपैँया लाग्ने र कनकाई नगरपालिकाको मुख्य सहयोग रहर्ने यसैगरि रुद्र गौरी अम्बिका ओली प्रतिष्ठान र टिभिएस मोटरसाइकल बाट प्रथम र द्धितिय पुरस्कार सौजन्य हुने आयोजकले बताएको छ । प्रतियोगिता संचालनकालागि विभिन्न उपसमिति समेत निर्माण गरिएको छ ।
प्रतियोगिताले पूर्वक्षेत्रको क्रिकेट खेललाई मद्धत पुग्ने प्रचार समितिका संयोजक लीलाराज झापालीले बताउनुभयो । केहि स्पोन्सरहरुले लगानीको लागि कुरा भइरहेकोले समेत पुरस्कार राशीमा केहि बृद्धि हुनसक्ने आयोजक समितिका हरि कार्कीले बताउनुभयो । पत्रकार सम्मेलन कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलाको सभापतित्व तथा सचिव मनोज बस्नेतको संचालनमा भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
