
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
नेपालीको औसत आयु ७० बर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ । उमेरको आयतन त तन्किएको छ, जो आफैमा खुसी मान्नुपर्ने कुरा हो । तर, यत्तिका उमेरसम्म हामी कसरी बाँच्छौं ? के ७० बर्षको हाराहारीमा पुग्दा पनि हामी तन्दुरुस्त, स्वस्थ्य, उर्जावान् र खुसी हुन्छौ ? या त रोगले थलिएका, जीर्ण, पाको, रोगी शरीर लिएर घिस्रिन्छौं ? सत्य के हो भने, निश्चित उमेर पार गरेपछि हामीले देह त्याग गर्छौं । यद्यपी जति उमेरसम्म बाँचिन्छ, त्यस अवधीसम्म स्वस्थ्य एवं निरोगी भएर बाच्न सक्नु ठूलो उपलब्धी हो । भगवान गौतम बुद्धले पनि जीवनभर…
काठमाडौँ, २० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उहाँले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई कारवाही गर्दा विभिन्न दबाब आउने गरेको अनुभव सुनाउनुभयो । हाल मन्त्रालयले उद्योग, व्यापार र आपूर्तिका सबै क्रियाकलापलाई एकीकृत र समन्वयात्मक रुपमा गरी अघि बढाइरहेको जानकारी गराउँदै मन्त्री यादवले संविधानअनुसार जनतालाई खाद्य आपूर्तिको अधिकार दिलाउन मन्त्रालयले कानून संशोधनको प्रक्रिया अघि बढाइसकेको बताउनुभयो । फरक प्रशंगमा उहाँले मन्त्रालयको अनुगमनमा वीरगञ्जको निम्बस उद्योगले…
काठमाडौँ, २० भदौ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरणं) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिका ९नगरपालिका÷गाउँपालिका० मार्फत कार्यान्वयनमा आउने छ । यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र…
काठमाडौँ, २० भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट गर्नुभयो । यही भदौ १४ र १५ गते काठमाडौँमा सो सम्मेलन भएको थियो । नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उहाँले भन्नुभयो, “बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष…
काठमाडौँ, २० भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिप फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । मङ्गलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो । खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्न बाध्य बनेको थियो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान,…
वीरगञ्ज,२० भदौ । नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत् रहेको छ । संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको भेद्भाव तथा छुवाछूत गरिंदैन भन्ने उल्लेख गरिएपनि केही दिनयता बारा जिल्लामा दलितलाई मन्दिर प्रवेशमा रोक लगाएपछि दिनहुँ विरोध प्रदर्शन हुने गरेको छ । मन्दिरमा प्रवेश गर्न कथित उपल्लो जातिका मानिसले दलितलाई बाराको सिमरौनगढ–७ झवानीमा रहेको महादेव मन्दिरमा पूजा गर्न रोक लगाएपछि विभिन्न सङ्घसंस्थाले नारा जुलुस गर्दै सो कार्यको विरोध जनाएका…
ब्राजिलको राजधानी रियो द जेनेरियोस्थि राष्ट्रिय म्युजियममा भीषण आगलागी हुँदा त्यहाँ रहेका महत्वपूर्ण वस्तु जलेर खरानी भएका छन् । यो म्यूजियम ब्राजिलमा विज्ञानसँग सम्बन्धित सबैभन्दा पुरानो संस्थान हो । यो म्यूजियममा केही दुर्लभ वस्तु थिए जसलाई आगोले खरानी बनाएको बताइएको छ । यहाँ करिब २ करोड वस्तु राखिएको थियो । यो म्यूजियममा हालसम्म पत्ता लागेको सबैभन्दा पुरानो मानव अवशेष थियो जसलाई अमेरिकामा खोजिएको थियो । यी सबै चिज आगोमा जलेर नस्ट भएको मानिएको बीबीसीले जनाएको छ । हालसम्म आगलागीको कारण पनि थाहा नभएको र कुनै मानवीय क्षति भने नभएको बताइएको छ । यो पोर्चुगलका पूर्व शाही परिवारको दरवारमा म्यूजियम बनाइएको…
उद्योगमा सलमान खान र ऐश्वर्या रायबीचको ब्रेकअपको जति चर्चा भएको थियो त्यति नै चर्चा ऐश्वर्या रायका श्रीमान् अभिनेता अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपूरको इन्गेजमेन्ट तोडिएको खबरले पाएको थियो । इन्गेजमेन्ट टुटेपछि अभिषेक र करिश्मा दुवैले एकअर्कासँग भेटघाट र बोलचाल नै बन्द गरेका थिए । हालै अमिताभ बच्चनकी छोरी श्वेता बच्चनले क्लोदिङ्ग ब्राण्ड सुरु गरेकी छिन् । त्यसै ब्राण्डको शुभारम्भमा बच्चन परिवारका साथै बलिउडका कैयौं स्टार कलाकारहरु उपस्थित थिए । कार्यक्रममा करिश्मा कपूरलाई पनि आमन्त्रित गरिएको थियो । कार्यक्रममा करिश्मा कपूर कालो रंगको पोशाकमा सजिएर गएकी थिइन । कार्यक्रममा अभिषेक श्रीमती ऐश्वर्याका साथ उपस्थित भएका थिए । अभिषेक मिडिया सामु…
काठमाडौँ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा १२ उत्कृष्ट विद्यालय छनोट गरेको सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२० मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन र माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन विद्यालय छनोट गरेको हो । यसरी छनोटमा पर्ने विद्यालयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२०मा सामुदायिकतर्फ प्रथम अमरसिंह माध्यमिक…
चितवन, २० भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुईवटा क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अदालतमा चलिरहेको मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले संयुक्तरुपमा आन्दोलन गरेका छन् । मन्त्रिपरिषद्बाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गरिनुपर्नेमा निजी क्याम्पसलाई बल पुग्नेगरी प्रमाण उपलब्ध गराएकाले विश्वविद्यालय बन्द गराइएको नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सचिव डा शङ्करराज…