झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ६ भदौ । मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा आजदेखि फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । रु नौ लाख ५० हजारको लागतमा सो सेवा सञ्चालनमा आएको हो । हड्डी तथा नशाका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएका कारण उनीहरुलाई उपचार गर्न टाढा जान नपरोस् भन्ने उद्देश्यले मखमली बचत तथा ऋण सहकारी संस्थाले सो सेवा सञ्चालनमा ल्याएको हो । फिजियोथेरापिस्ट डाक्टर आस्ना महर्जनले क्लिनिकमा कुम, गर्दन, कुहिना, ढाड, घुँडा, कुर्कुचा दुख्ने, नशा च्यापिएको, मुख बाङ्गेको प्यारालाइसिस तथा हातखुट्टा झम्झमाउने समस्याको विद्युतीय तथा अल्ट्रासाउण्डका माध्यमबाट फिजियोथेरापी सेवा प्रदान गरिने बताउनुभयो । यसअघि सो सेवा लिनका लागि यहाँका वासिन्दालाई विर्तामोड र भारतको सिलगुडीसम्म पुग्नुपर्ने वाध्यता रहेको…

Read More

विर्तामोड, ६ भदौ । आफ्नै आमाको कुटार्इबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

Read More

सुजता सुनुवार इलाम, ६ भदौ । इलाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ आमचोकका भीम बराइलीको घरमा बुधबार अचानक आगलागी हुँदा सो बराबरको नोक्सान भएको प्रहरीले जानकारी दिएको छ । एउटा घरमा आंशिक क्षति पुगे पनि अर्को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा , अन्नपात , पलङ्ग , खाट , व्यापारका लागी ल्याइएको ६ तोला सुन , ४० तोला चाँदी र सुनचाँदीमा प्रयोग हुने मेसिन,तार लगायतका सामान सबै जलेर खरानी भएको भीम बराइलीले बताउनुभयो । सोलारको तार शर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरी चौकी आमचोक…

Read More

बिर्तामोड, ६ भदौ । झापा मेचीनगर–२ का वडाध्यक्ष दिउँसै रक्सी खाएर बाटोमा लडेका छन् । मेचीगनगर–२ बाहुनडाँगीका वडाध्यक्ष तिलक न्यौपाने वडा कार्यालय अगाडि बाटोमा लडेका हुन् । मातेर बाटोमै लम्पसार परेपछि स्थानीय दुई जनाले उनलाई उठाएको स्थानीयबासी पारस न्यौपानेले जानकारी दिए । उनको यो हर्कतले भोट हाल्ने जनता निरास भएका छन् । विकास निर्माण गर्ने जिम्मेवारी पाएका वडाध्यक्ष दिनदहाडै मातेर झल्लु भएपछि मेचीनगर–२ बासी निरास भएका हुन् । हात्तीको समस्याले आक्रान्त बाहुनडाँगीबासी वडाध्यक्षको यस्तो कार्यले अब के गर्ने भन्ने चिन्तामा छन् । ‘हात्ती समस्या समाधान गर्छन्, हाम्रो दुःख बुझ्छन् भनेको त वडाध्यक्षकै यस्तो हालत छ’, एक स्थानीयबासीले भने, ‘यस्ता जनप्रतिनिधिलाई कारबाही…

Read More

सन्तोष शर्मा बनियानी, झापा, ६ भदौ । झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेका छन् । कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागत शैली छाडेर आधुनिक प्रविधिबाट धान खेती गर्नुभएको छ । उहाँले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धान खेती गर्नुभएको हो । ‘न धानको ब्याड राख्नु पर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो लाग्यो’, कृषक लिम्बूले भन्नुभयो,…

Read More

गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ। वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ। शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ। पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ। यदि शरीर केही कारणवश चिसो हुन सकेन भने मुटुलाई पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ। मुटुरोग विशेषज्ञका अनुसार तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयघात) बढिरहेको छ। यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ। बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ। गर्मी मौसममा स्वस्थ रहन उच्च रक्तचाप भएका मानिसले निम्न कुरामा ध्यान दिनुपर्छ ? – अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल ब्लड…

Read More

दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाइएको छ । चिकित्सालय भवन निर्माणका लागि त्यहाँका नौ दाताले संयुक्त रुपमा दुई बिघा जमीन निःशुल्क दिएका हुन् । प्रारम्भिक चरणमा घेराबेराका काम सम्पन्न भइसकेका छन् । डिभिजन कार्यालयका अनुसार करीब २२ महीनामा त्यहाँ सुविधासम्पन्न चिकित्सालय भवन निर्माण हुनेछ । भवन निर्माण पूरा…

Read More

अमेरिकी कलाकार जिम्मी बेनेटले सन् २०१३ मा प्रसिद्ध हलिउड अभिनेत्री एवम् फिल्म मेकर एसिया अर्जेन्टोले उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अर्जेन्टोले त्यस घटना लाई गुपचुप राख्न बेनेटलाई ३ लाख ८० हजार अमेरिकी डलर दिएर उनीहरुबीच कुरा मिलाएको खुलासा भएको छ । न्यूयोर्क टाइम्सले बेनेट र अर्जेन्टोबीच भएको सहमतिको कागजात सहित समाचार छापे पछि यो खबर सार्वजनिक भएको हो । बेनेट १७ बर्षको हुँदा त्यतिबेला ३७ बर्षीय अर्जेन्टोले उनको ईच्छा विपरित क्यालिफोर्नियाको एक होटेलमा उनीमाथि यौन आक्रमण गरेको बताइएको छ । बेनेट र अर्जेन्टोले सन २००४ को फिल्म ‘द हार्ट इज डिसिट्फुल अबभ अल थिङ्गस’मा सँगै अभिनय गरेका थिए जस्को…

Read More

बिहे हुनका लागि केवल सुन्दर देखिनुमात्र पर्याप्त छैन । यदि तपाइँ मरिससमा हुनुहुन्छ भने तपाइँ वजनदार पनि हुनुपर्नेछ । मरिसस यस्तो देश हो जहाँ जिउको वजन बढी भएका युवतीहरु बिहे गर्नका लागि तन्नेरीहरुको रोजाइमा पर्दछन् । त्यसैले मरिससमा अविवाहित केटीहरुका लागि जिउको वजन बढी हुनु खुसीको कुरा हुन्छ । तपाइँलाई लाग्नसक्छ महिलाहरुको हकमा जिउको मोटोपना तथा बढि वजन सुन्दरताको सबैभन्दा ठूलो सत्रु हो । तर मरिससको हकमा यो विल्कुलै लागू हुँदैन । उल्टै अविवाहित युवती स्लिम भए अर्थात् जिउमा बोसो लागेन भने तनाव सुरु हुन्छ । परिवारजनले नै धेरै खान र मोटाउन दबाब दिन्छन् । अविवाहित केटाहरुलाई पनि परिवारजनले यस्तै…

Read More

मोरङ, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गर्नुभएको छ । प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका (नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ ।” कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Read More