
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ३ पुस । प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई छँदै छ, संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्, मेरो सर्मथन् छ । तपाईहरुलाई लडाउन कोही लागेको छैन, तपाईहरुको मायाप्रति मेरो समर्थन् छ । तपाईहरुलाई लडाउन कोही लागेको छैन, तर मेरो चरित्र हत्या किन गर्नुखोज्नु हुन्छ ? बरु राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्, मैले जानेको राजनीति म गरौँला । तर, पार्टीमा स्वेच्छाचारी, व्यक्तिवादी शैली मनपरीतन्त्र अब चल्दैन, स्वीकार गरिँदैन । आजको नयाँ…
काठमाडौं, ३ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ । सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ । केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले…
काठमाडौँ, ३ पुस । कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ । तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन् । राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन् । कतारमा १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाइन्छ । १८७८ मा कतारको एकीकरण गर्ने शेख जासिम बिन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिबस मानिन्छ । गत वर्ष नाकाबन्दी नाकाबन्दीकै बीचमा यो दिवस मनाइएको थियो । यसपटक सरकारले नागरिकलाई धीर भन्न र अझ बलियो हुन आग्रह गर्दैछ । कतारले आफूलाई अझ सक्षम तुल्याएको कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
सन्तोष शर्मा बनियानी, ३ पुस । झापाका कुखुरा पालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्याधिक बृद्धि भएको तथा आफूहरुले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरा पालक किसान संघ झापाका अध्यक्ष राजन पौडेले बताउनुभयो । ‘पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्याधिक बृद्धि भएको छ’, उहाँले भन्नुभयो, ‘तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।’ आन्दोलन स्वरुप किसानले समस्या समाधान नभएसम्म खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय गरेको उहाँले बताउनुभयो ।…
काठमाडौं, ३ पुस । मलेसिया सरकारको नियमअनुसार कामदार पठाउन स्वास्थ्य परीक्षण र सुरक्षा जाँच सेक्युरिटी क्लियरेन्स अनिवार्य छ । एमओयुमा स्वास्थ्य परीक्षणका लागि मलेसिया सरकारले मापदण्ड पठाउने र नेपाल सरकारले सोही मापदण्डका आधारमा स्वास्थ्य परीक्षण संस्था टुंगो लगाउने उल्लेख छ । तर, मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाईनसकेको मन्त्रालयले जनाएको छ । धेरै सम्झौता कार्यान्वयनको तयारीमा केही समय लागेकै हुन्छ, मन्त्री विष्टले भने, कार्यान्वयनको नाममा फेरि पनि वैदेशिक रोजगारीमा जाने युवा ठगिने, अन्यायमा पर्ने र बिचौलियाहरुलार्य मोटाउन दिने अवस्था दोहोरिन दिने पक्षमा छैन । सबै कुरा विधिसम्मत् परादशी र न्यायोचित होस् भन्ने हाम्रो मान्यता हो । आजको नयाँ पत्रिकामा खबर छ…
रुकुम, ३ पुस । बिहेभोजसहित रक्सी सेवन गरेर सुेतका ३ जना मेलिपल्ट बिहान मृत भेटिएका छन् । मुसीकोट नगरपालिका १२ जुम्लावाङका अमर विकका छोराको बिहेमा पाहुना आएका सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ बर्षीय खम्बु कामी, मुसीकोट ११ मलाक्चा लहुँका ५४ बर्षीय केमनासिङ सार्की र मुसीकोट १२ नयाँगाउक २१ बर्षीय लबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार मृतकले आईतबार साँझ बिहेघरमा व्यवस्था गरिएभन्दा छुट्टै रक्सी सेवन गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
दमक, २ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशस्तरीय विश्वविद्यालय बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । गौरीगञ्ज गाउँपालिकास्थित गौरीगञ्ज बहुमुखी क्याम्पसको २७ आँै वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशभित्रका पब्लिक क्याम्पसलाई शैक्षिक तथा भौतिक रुपमा व्यवस्थित गर्न प्रदेश सरकारले विश्वविद्यालय बनाउन लागेको जानकारी दिनुभयो । मन्त्री कार्कीले प्रदेश नं १ मा ७० वटा पब्लिक क्याम्पस रहेको बताउँदै ती क्याम्पसमा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित गर्न पहिलो पटक प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्न लागेको धारणा व्यक्त गर्नुभयो । “भद्रपुरदेखि विराटनगरसम्मको सडक अबको दुई वर्षभित्रमा कालोपत्र सम्पन्न हुनेछ,” उहाँले भन्नुभयो । क्याम्पसप्रमुख सर्वतलाल राजवंशीले…
काठमाडौँ, २ पुस । कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त सोही नगरपालि–१८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् । सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न गत भदौ…
काठमाडौ, २ पुस । नेपाल पत्रकार महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन यही पुस ४ र ५ गते विराटनगरमा हुने भएको छ । महासङ्घको नीतिगत प्राथमिकता तथा प्रेस स्वतन्त्रतासम्बन्धी मापदण्ड, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि कार्ययोजना, महासङ्घको भावी रणनीति र साङ्गठनिक गतिविधि लगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको महासचिव रमेश विष्टले जानकारी गराउनुभयो । सम्मेलनमा केन्द्रीय समिति, दश प्रदेशका अध्यक्ष, महासचिव, जिल्ला अध्यक्ष, प्रतिष्ठान अध्यक्ष र एसोसिएट संस्थाका अध्यक्षसहित २०० सहभागी हुनेछन् ।
राजाराम कार्की काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिनुभएको छ । सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उहाँहरुले सुझाव दिनुभएको छ । कार्यकर्ताको भावना अनुरुप गुट उपगुट अन्त गरी समग्र एकता कायम गर्नुपर्ने उहाँहरुको जोड छ । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हिमाल–तराई, पहाड, मुुसलमान, महिला, आदिवासी जनजातिलगायत महासमिति सदस्यले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर विधान बन्नुपर्ने माग राखेको राससलाई जानकारी दिनुभयो । “सत्य, निष्ठा र इमान्दारिताको पक्षमा स्वाभिमानीपूर्वक उभिनसक्ने…