
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १ पुस । झापाको मेचीनगरमा भएको ‘मिस कोच इन्टरनेसनल २०१८’ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले जितेकी छन् । झापा मिडिया हाउसको आयोजनामा शनिबार साँझ भएको प्रतियोगितामा सदापले उपाधिसँगै रु एक लाख नगद, होटल मेनेजमेन्ट पढ्ने छात्रवृत्ति र एक थान स्मार्ट फोन पाएकी छन् । प्रतियोगितामा फस्ट रनरअप उपाधि भारत पश्चिम बङ्गालकी प्रतिमा सिंह र सेकेन्ड रनरअप उपाधि मेचीनगरकी सोनाली राजवंशीले जितेकी थिइन् । दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार र रु २५ हजार नगद प्रदान गरिएको थियो । प्रतियोागितामा झापा, मोरङ तथा भारतको बङ्गाल, मेघालय र आसमका गरी १७ कोच समुदायका युवती सहभागी थिए ।
हेटौँडा, १ पुस । श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटाँैडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिनुभयो । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटाँैडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ । अभियुक्त रमजानमियाले आफ्नो श्रीमती…
भोजपुर, १ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ । आज हतुवगढी गाउँपालिका–९ हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रदेश नं १ का १०० विद्यालयमा सूचना प्रविधि सम्बन्धि शिक्षाको शुरुआत गर्ने र अबको तीन वर्षभित्रमा सबै विद्यालयमा सो प्रविधिको विस्तार गरिने मन्त्री राईले बताउनुभयो । जिल्लाको स्वास्थ्य, शिक्षा, यातयातसँगै आर्थिक विकास गर्न सोहीअनुसारको योजना बनाएर प्रदेश सरकारले काम गर्ने उहाँको भनाइ थियो । दूधकोशी नदीको चुवारमा पक्की पुल नहुँदा स्थानीयवासीलाई सास्ती भएकाले प्राथमिकताका साथ काम अगाडि…
खुदुनाबारी, १ पुस । अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले नागरिकलाई हक, हित, उत्तरदायित्व र कर्तव्य बोध गराई सकारात्मक सोच र चिन्तनको खाँचो रहेको बताएका छन् । अर्जुनधारा नगरपालिकाले आयोजना गरेको मनोशक्ति तथा सकरात्मक सोचको विकास सम्बन्धि तालिमको आज उद्घाटन गर्दै उनले भने, “ इश्या र तनाव , र्आिथक अवस्था, समुदायको वर्गीय विभाजनको घेराभन्दा माथि उठेर काम गर्नुपर्छ । ” नगर प्रमुख रानाले सकारात्मक सोच र चिन्तन गर्न सके मात्रै म के हुँ भनेर पहिचान गराई महिला, अपाङ, बालबालिकालाई उत्प्रेरणा भर्ने शक्ति प्रदान गर्ने आवश्यक रहेको बताए । शारीरिक र मानसिक स्र्फूित प्रदान गरी अहिले नगरलाई रुपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचो…
सान नेपाल गौरादह, १ पुस । नेपाल आइडल सिजन २ मा भाग लिएका प्रतिस्पर्धीहरुलाई हराउदै अस्मिता अधिकारी उत्कृष्ट ४ मा पर्न सफल भएकी छिन् । झापा जिल्लाको दक्षिण पश्चिम भागमा रहेको कमल गाउँपालिका वार्ड नं. ७ मा वाल्यकाल बिताएकी अस्मिता अधिकारीको विजय यात्रा कायमै रहेको छ । वाल्यकाल देखिनै सुमधुर स्वरकी धनि अस्मिता अधिकारीले गायन क्षेत्रमा उत्कृष्ट कला पर्दशन गर्दै आएकी छिन् । गायन क्षेत्रमा प्रतिस्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट ४ मा प्रवेश गर्न सफल भएकी छिन् । मंंसिर २७ गते साँझ उनले नेपाल आइडलमा गाएको गित निकै चर्चित वन्न पुग्यो । आइडलमा भोटिङ गर्न सुरु भए संगै जनलहर तिब्र रुपमा…
बेझाड (पाल्पा), १ पुस । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो । पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएको हँुदा आफूले सहयोग गर्ने बचन दिनुभयो । अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल…
काठमाडौं, १ पुस । गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलन गर्ने भएको हो । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किरातीलेउ राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । अध्यक्ष किरातीले पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशनको तयारी गरेको र महाअधिबेशनका लागि यही पुस ११ गतेबाट २५ गतेसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पनि बताए ।
विराटनगर, १ पुस । श्री तारिणीप्रसाद कोइराला सञ्चारग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्वद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रूपमा विकास गरिने भएको छ । विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चारग्रामका विषयमा रेडियो नेपालद्वारा आज आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १ को प्रशारण इकाइ पनि रहने बताउनुभयो । सञ्चारकर्मीको तालीम, ध्वनी रेकर्डिङ जस्ता थुप्रै कार्य सञ्चालन हुने यो ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम सञ्चालन गर्ने छ । सञ्चारग्रामका लागि विराटनगर महानगरपालिकाले उपलब्ध गराएको छ कठ्ठा १८ धुर जग्गामा चार तले स्टिलको अत्याधुनिक भवन निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । कूल…
काठमाडौँ, १ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताउनुभएको छ । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताउनुभयो । निर्माण भएका ऐन कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न सक्दा पनि धेरै समस्या समाधान हुने भन्दै त्यसका लागि सरकार र सबै श्रमिक एक भएर लाग्नुपर्नेमा मन्त्रीले जोड दिनुभयो । मनोरञ्जन, सत्कार र घरेलु श्रमिकको समस्या समाधानका लागि यी क्षेत्रका पीडितसँग सहकार्य गरी…
२०१८ वर्ष हिन्दी फिल्म उद्योगका लागि राम्रो रह्यो । हरेक महिना एक न एक १०० करोडको फिल्म रिलिज भए । यो वर्ष ११२ वटा हिन्दी फिल्म रिलिज भए । र सिम्बा र जिरो पनि रिलिज हुने तयारीमा छन् । यी दुई फिल्म यो वर्षका अन्तिम ठूला फिल्म हुन् । जनवरीमा ८ फिल्म रिलिज भएका थिए । १९२१, कलाकंदी, मुक्केबाज, माय बर्थडे संग, भोड्का डायरीज, निर्दोष, यूनीयर लिडर र पद्मावत जनवरीमा रिलिज भएका थिए । फेब्रुअरीमा वे इन्डियाका शेक्सपीयर, प्याडमेन, लव पर स्क्वेर फुट, अय्यारी, कुछ भीगे अल्फाज, जाने क्यूँ दे रायोँ, सोनू के टीटू की स्वीटी, वेलकम टू न्यूयोर्क र…