झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २५ मंसिर । करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् । रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आईल्यान्ड पुगे । तर, अमेरिका पुगेनन् । टिटस आईल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै…

Read More

कञ्चनपुर, २५ मंसिर । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ ।पछिल्लो पटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ । पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफै ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गइरहेको छ । विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए । त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रुपमा…

Read More

काठमाडौं, २५ मंसिर । सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीय सुदीप ढुंगानलाई फक्राउ गरेको । उनले नौ महिनादेखि सुधारगृहमा रहेको १४ बर्षीय बालक र २१ बर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

नेपालगन्ज, २५ मंसिर । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे । ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्‍यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो ।’ खाँका जेठी र माइली पत्नीबाट ६÷६ गरी १२ सन्तान छन् । उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२…

Read More

दमक, २५ मंसिर । कन्काई नदीमा सात बर्षमा पनि पुल निर्माण गर्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले पप्पु कन्स्ट्रक्सनको विकल्प खोजेको छ । पप्पुले चार बर्षमा निर्माण गरिसक्नुपर्ने पुलका काम ७ बर्षमा आधा पनि पुरा गरेको छैन । पुल निर्माणमा चरम ढिलाई गरेको भन्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पप्पुको विकल्पमा प्रक्रिया अघि बढाएको छ । पटकपटकको लिखित तथा मौखिक जानकारीसमेत बेवास्ता गरेपछि योजना कार्यालयले पप्पुलाई दिएको तीन करोड पेस्की बैंकबाट तानेको छ । पप्पुले अहिलेसम्म सम्झौता रकमको ३५ प्रतिशत निकासा लिएको कार्यालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Read More

धनुषा, २५ मङ्सिर । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ । भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा हुनुहुन्छ । सोमबार सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिएको थियो । जसलाई तिल्कोत्सव भन्ने चलन छ । तिलकोत्सव…

Read More

बिर्तामोड, २५ मंसिर । झापा बिर्तामोडका ९५ वर्षीय मानबहादुर गिरीले स्व. श्रीमती भगवती गिरीको तेस्रो पुण्यतिथिको अवसरमा विपन्न १०१ जना विद्यार्थीलाई ६५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेका छन् । गिरीले बिर्तामोड–५ को देवी उच्च माध्यमिक विद्यालयका कक्षा नर्सरी, एलकेजी, १, २ र ३ का विपन्न परिवारका विद्यार्थीलाई सोमबार कपी, कलम, जाडोको लागि स्वीटर, फलफूल, मिठाइसहित नगद समेत वितरण गरेका हुन् । गिरीले कक्षा नर्सरी र एलकेजीका ५ जना, कक्षा–१ का ७१ जना, कक्षा २ का २० जना र कक्षा ३, ४ र ५ का ५ जना बिद्यार्थीलाई सो सामाग्री वितरण गरेका हुन् । सामाग्री वितरण कार्यक्रममा नेपाल दशनामी समाज…

Read More

बनियानी, २४ मङ्सिर । प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आज यहाँ आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश मिश्रले भन्नुभयो, “अदालतमा विकृति मौलायो, भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, कसले कहाँ कति लियो, त्यो पनि उजुरी गर्नुपर्छ ।” न्यायालयलाई विकृतिमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । न्यायपालिकाको स्वतन्त्रता र निर्भिकताका लागि नेपाल बार एशोसिएशनको भूमिका प्रभावकारी हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले न्यायालयलाई अझै जिम्मेवार र जवाफदेही बनाउन सकिए मात्रै जनताले न्यायको अनुभूति गर्न सक्ने…

Read More

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौरादह नगर कमिटी (झापा)को प्रेस विज्ञप्ति गौरादह नगरवासी आम जनसमुदायहरु, नेपालको संविधानले व्यबस्था गरेको संघिय संरचना अन्तरर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको करीब १८ महिना बितिसकेको छ । गौरादह नगरपालिकाको निर्वाचनबाट जनप्रतिनिधिले जनताको भावना र अपेक्षा बमोजिम जनताका समस्या र आवश्यकता पूरा गर्न नसकोको भन्ने तिब्र चर्चा र आलोचना भई राखेको अबस्थामा गत मंसिर १३ गते नगर कार्यपालिकाको एकै दिन सम्पन्न प्रमुख र उपप्रमुखको अध्यक्षतामा बसेका दुईवटा बैठक र त्यसले गरेका निर्णयका बारेमा र त्यसै सम्बन्धि सार्वजनिक भएका विभिन्न प्रतिक्रियाका सम्बन्धमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन सम्पन्न भई जिम्मेबारी बहन गरेको यति लामो…

Read More

बनियानी, २४ मङ्सिर । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले झापाको बिर्तामोडमा आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन र पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रियाका सहभागीहरुले त्यस्तो माग गरेका हुन् । सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण गरेर २०७५ कात्तिक १ गतेदेखि लागू गरे पनि कार्यान्वयन हुन सकेको छैन । समितिका अध्यक्ष गङ्गाधर पराजुलीले अन्य श्रम क्षेत्रमा पारिश्रमिक वृद्धि भए पनि सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारको पारिश्रमिक वृद्धि हुन नसक्नु विडम्बनापूर्ण रहेको बताउनुभयो । “सरकारले ऐन निर्माण गरेको छ”, उहाँले भन्नुभयो, “ऐन कार्यान्वयनमा…

Read More