झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १५ मंसिर । भद्रपुर–१० स्थित विपि टोल विकास संस्थाले टोल भरिका सडक संजाल सूचना बोर्ड राखेको छ भने टोलमा रहेका बस्तीहरुमा १९ ओटा डस्टविन समेत विरतण गरेको छ । संस्थाका अध्यक्ष खड्गबहादुर खड्काको अध्यक्षता तथा १० नं. वडा अध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यतामा विपि चौक धनुषमोडबाट अभियान सम्पन्न गरिएको हो । कार्यक्रममा टोलभरिका अगुवा समाजसेवी व्यक्तित्वहरुको उपस्थिति थियो भने संचालन खगेन्द्र चौलागाइँले गरेका थिए ।

Read More

भद्रपुर, १५ मंसिर । भद्रपुर जेसीजले झापामा देखिएको रगत अभावलाई मध्यनजर गरी आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रेडक्रस झापा तथा स्काउट झापाको प्राविधिक सहयोगमा चन्द्रगढी स्थित विरेन्द्र मा.वि.को प्राङगणमा रक्तदान सम्पन्न गरेको हो । भद्रपुर जेसीजका अध्यक्ष सोमप्रसाद ढुङ्गेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Read More

बुधबारे, १५ मंसिर । झापाको बुद्धशान्ति–१ मा रहेको भोटेटार खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा आयोजक भोटेटार खेलकुद विकास समिति धारागोला फुटबल क्लबलाई ६–१ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । आयोजकका विकेस लिम्बु र राजकुमार कन्दङ्वाले ह्याट्रिक गरे भने धारागोलाका सरोज कार्कीले सान्त्वना गोल गरे । प्रतियोगितामा विकेस लिम्बु म्यान अफ द म्याच घोषित भए । समितिका अध्यक्ष कमल मुखियाको सभापतित्व तथा बुद्धशान्ति एकका वडाध्यक्ष भीमकुमार नेवारको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगितामा कुटिडाँडा क्लब, धारागोला क्लब, खुदुनाबारी क्लब, आदर्श युवा क्लब, कालीस्थान क्लब, नवज्योति…

Read More

काठमाडौँ, १५ मङ्सिर । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना आँैल्याएको छ । आज उच्च हिमाली भूभागका कही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली…

Read More

उर्लाबारी, १५ मङ्सिर । उर्लाबारी स्थित उद्योग वाणिज्य सङ्घले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ । सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी –७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो । अधिकारीलाई रु तीन लाख २० हजार, अनु–अनुसा किराना पसलका सञ्चालिका अञ्जना कार्कीलाई रु एक लाख ३० हजार र भोजपुरे भाँडा पसलका सञ्चालक गणेश बोहरालाई रु ४० हजार सहयोग गरिएको सङ्घका अध्यक्ष प्रीतम खड्गीले जानकारी दिनुभयो । सङ्घले अध्यक्ष खड्गीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी नगरका होटल र सुनचाँदी व्यवसायी, मैथिली समाजलगायत स्थानीय व्यवसायीसँग…

Read More

काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७५ । ०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले शैक्षिक कार्यतालिकानुरुप गत असोज २१ गतेसम्म विलम्ब शुल्करहित प्रति विद्यार्थी रु ८०० का दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचरसहित रजिष्ट्रेशन बोर्डका सम्बन्धित शाखा कार्यालयमा रसिद काटी बुझाउन सूचना गरिएको थियो । उक्त…

Read More

बिर्तामोड, १६ कात्तिक । झापाको अर्जुनधारा–१० स्थित कालीस्थानमा ॐकार आर्ट एकाडेमी सञ्चालनमा आएको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले आज एक कार्यक्रमका बीच आर्ट एकाडेमीको उद्घाटन गर्नुभयो । आर्ट एकाडेमी उद्घाटन गर्दै नगरप्रमुख रानाले स्थानीय स्तरमै आर्ट एकाडेमी खुलेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले अर्जुनधारामा बालबालिका तथा युवा–युवतीमा लुकेर रहेको कला प्रस्फुटमा सहयोग मिल्ने बताउनुभयो । गाउँघरमा रहेको प्रतिभा उजार गर्ने उद्देश्यले ॐकार आर्ट एकाडेमी सञ्चालनमा ल्याइएको सञ्चालक चिरञ्जिवी अधिकारीले बताउनुभयो । ‘सुरुमा १० लाख रुपैयाँको लागतमा आर्ट एकाडेमी सञ्चालनमा ल्याएका हौँ’, अधिकारीले भन्नुभयो, ‘पछि लगानी थप गर्दै बृहत रुपमा अघि बढाउँछौँ । हाल आर्ट एकाडेमी अर्जुधाराको तीन स्थानमा…

Read More

काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक सङ्क्रमणबाट पार भई इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र सन् २००६ मा आरम्भ भएको विस्तृत शान्ति प्रक्रिया सफल भएको बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया नेपालीले नै स्थापना र नेतृत्व गरेको, स्वामित्व लिएको र बलियो बनाएको तथा नेपाली जनताले साहासीपूर्ण…

Read More

हेटौँडा, १५ मङ्सिर । मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् । साहित्य सङ्गम मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पुस्तकमाथिको विमर्शमा पाठकले विषय विविधताका दृष्टिले कथा सङ्ग्रह उत्कृष्ट रहेको बताएका हुन् । पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय पराजुलीका अघोरी कृतिमा १७ कथा सङ्ग्रहित छन् । समीक्षक घनश्याम घिमिरेले अघोरीका कथाले समाजलाई तरङ्गित र गतिशील बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । “अघोरीका नारी चरित्र समाजमा तरङ्ग ल्याउन सफल देखिएका छन्”, उहाँले भन्नुभयो, “मधेशका पात्रको सशक्त उपस्थितिले नेपाली राष्ट्रियतालाई थप फराकिलो बनाइदिएको छ ।” गुमदेशका कथामा नेपालीको राष्ट्रप्रतिको…

Read More