
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, २४ चैत । नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेस विचारले बनेको पार्टी भएकाले विधि, विधान विपरित गतिविधि गर्नेहरु बैचारिक र राजनीतिक रुपमा समाप्त भएर जाने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको एकमहिने संगठन सुदृढीकरण अभियान अन्तरगत झापाको अर्जुनधारा नगर समितिद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेस नेता कार्यकर्ताले विरोधको भाषामात्र होइन रचनात्मक सुझाव र संगठन बलियो बनाउने कार्यमा क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण प्रचार र बजार हल्लाका पछि नलागी पार्टी नीति, सिद्धान्त र विचार अनुसार अघि बढ्न सबैमा आग्रह गर्दै नेता थापाले मुहान धमिलो भएको…
शिवसताक्षी, २४ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कपको २०८१को भलिबल तर्फको उपाधि वडा नं. ७ ले उचालेको छ । वडा नं. ११ लाई ३–१ ले हराउँदै वडा नं. ७ च्याम्पियन बनेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ११ का रमेश खड्का घोषित भए भने उनले नगद ११ सय प्राप्त गरे । त्यस्तै आज भएको फुटबल खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ७ सेमी फाइनलमा प्रवेश गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ७ सेमी फाइनलमा प्रवेश गरको हो । वडा नं. ७ का तर्फबाट हेमन लिम्बु, अनुज माझी, र युनिस…
झापा, २४ चैत । इजरायलले गाजामा १५ जना मेडिकल स्टाफ मारिएको घटनामा आफ्नो सेनाबाट गल्ती स्वीकार गरेको छ । इजरायलले गएको मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपत्कालीन कामदारहरूको हत्यामा आफ्ना सेनाहरूले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ । त्यस दिन रफाह नजिक प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) का एम्बुलेन्स, संयुक्त राष्ट्रसङ्घको एक कार र गाजा सिभिल डिफेन्सको एक फायर ट्रकमाथि गोलाबारी भएको थियो । इजरायलले ती गाडीको लस्कर अँध्यारोमा ‘शङ्कास्पद रूपमा’ हिडिँरहेको दाबी गरेको थियो । मारिएका मेडिकल स्टाफमध्ये एक जनाले आक्रमणका क्रममा आफ्नो मोबाइलमा भिडियो बनाएका थिए । त्यो भिडियोमा घाइतेहरूलाई मद्दत गर्न बोलाउँदा गाडीहरूको बत्ती…
झापा, २४ चैत । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार ९०० रुपैयाँले घटेर आज तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहिवार अहिलेसम्मकै उच्च एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको सुनको भाउ अस्ति शुक्रवार तीन हजार ९०० रुपैयाले घटेर तोलाको एक लाख ७६ हजार ४०० रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ७० रुपैयाँले घटेर आज तोलाको एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ । अस्ति शुक्रवार चाँदी तोलाको एक…
लसुन र प्याज हाम्रो खानाको अभिन्न अङ्ग हो । यसको औषधीय गुण छन् । तरकारी र खानाको स्वाद बढाउने भएकोले पनि विश्वभर यसलाई खाइन्छ । लसुन र प्याजमा एन्टि अक्सिडेन्ट,एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ, जुन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । नेपालीमा एउटा उखान छ नि ‘धेरै खायो भने अमृत पनि विष हुन्छ’ । लसुन र प्याजमा पनि यही कुरा लागू हुन्छ । धेरै लसुन र प्याज खाँदा शरीरमा केही नकारात्मक असर पर्न सक्छ । आजको यस लेखमा हामी धेरै लसुन प्याज खाँदाका सम्भावित साइड इफेक्टहरू अनि तिनीहरूलाई सही मात्रामा सेवन गर्नु किन महत्त्वपूर्ण छ भनेर कुराकानी गर्नेछौँ । पाचनसम्बन्धी समस्या…
झापा, २४ चैत । गायक, रचनाकार तथा अधिवक्ता अनिल श्रेष्ठको स्वर रहेको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो वास्तविक घटनामा आधारित विषयवस्तुलाई समेटेर बनाइएको गीतकार तथा गायक श्रेष्ठले जानकारी दिनुभयो । म्युजिक भिडियोले जिन्दगीमा घटेको यथार्थ कुरालाई समावेश गर्न खोजेको श्रेष्ठको भनाई छ । फर्पिङमा छायाङ्कन गरिएको उक्त भिडियोको छायाङ्कन लोक चन्द्र थापाले गर्नुभएको थियो भने भिडियोको निर्देशक गौतम तण्डुकारले गर्नुभएको हो । गीत तथा भिडियोको बजार व्यवस्थापनको जिम्मा यल इन्टरटेन्मेन्ट प्रालिले गरेको छ । यस म्युजिक भिडियोको निर्माताको रुपमा उमेरले मात्र १२ वर्षको बालक सोप्निल श्रेष्ठले गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो । गीतकार,…
विष्णुप्रसाद पोखरेलदमक, २४ चैत । झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताउनुभएको छ । लामो समय लगाएर विद्यालयहरुको स्थलगत निरीक्षण र प्रश्नावली अनुसारको जवाफलाई आधार बनाएर वर्गीकरण सकिएको र सार्वजनिक गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ । विद्यालयहरुलाई पाँच वटा वर्गमा समावेश गरिएको छ । ‘क’ देखि ‘घ’ सम्म गरी चार वटा र एक वटा ग्रेडमा नपरेका विद्यालयहरु छुट्याइएको उहाँले जनाउनुभयो । ८० भन्दा बढि अङ्क प्राप्त गर्नेलाई पहिलो, ६०…
काठमाण्डौ, २४ चैत । आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ । यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्याङ र १२ वटा किला ठोकिसकिएको विभागका निर्देशक लीलाधर अवस्थीले बताउनुभयो । दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको बाटो बनाउने काम गरिरहेको संस्था…
काठमाण्डौ, २४ चैत । नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना भोलिदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि हिजो मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाण्डौ आइपुग्ने छ भने भोलिदेखि मतगणना शुरू गरिनेछ । बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको छ । २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठमाण्डौ र बाहिर गरी ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवम् समावेशी…
झापा, २४ चैत । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले देश भारत घर भई सुनसरीको धरान उप-महानगरपालिका-९ मा बस्दै आएका ३० बर्षीय विजय साह, धरान-९ का २७ बर्षीय निरन्जन यादव, धरान-१० का २५ बर्षीय विशेष राई र धरान-१७ का २६ बर्षीय निश्चल राईलाई धरान-९ बाट SPASMO PROXYVON -८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४ सय ४० क्याप्सुल, NITRAZEPAM ७५ ट्याब्लेट र ESKUF ७ बोतल सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ बाट २२ बर्षीय संजिव सुनुवार…