
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उर्लाबारी, २९ मंसिर । मोरङको उर्लाबारी–६ स्थित जयबजरङवली बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार बिपन्न समुदायका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उर्लाबारी–१ झारसाँधीस्थित शारदा माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि ९ सम्म अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको हो । संस्थाले उनीहरुलाई विद्यालय पोशाकसँग मेल खाने स्वीटर प्रदान गरेको संस्थाका सचिव सुकदेब पोद्दारले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतराज श्रेष्ठको अध्यक्षता र उर्लाबारी–१ का वडाध्यक्ष मचिन्द्र कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष मेघराज बस्नेत, शिक्षक गोपाल भट्टराईलगायतले मन्तब्य राखेका थिए ।
भादगाउँ, २९ मङ्सिर । सूर्यविनायक नगरपालिका–९ नङ्खेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने एक ६० वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मङ्सिर २५ गते डर त्रास देखाई जबर्जस्ती गरेको भन्ने जाहेरीका आधारमा सोही इँटाभट्टामा काम गर्ने बागलुङ धारापानी गाउँपालिका–३ का ३६ वर्षीय अमरबहादुर विकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उनलाई जबर्जस्ती करणी मुद्दामा अदालतमा पेश गरी त्यसबारे थप अनुसन्धान कार्य अगाडि बढाइएको पनि उहाँले बताउनुभयो ।
बिर्तामोड, २९ मंसिर । झापाको अर्जुनधारामा जारी विहानी–विकल्प कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेल अन्तरगत आज दमक र शिवसताक्षी क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो चरणका अन्तिम दुई खेलमा वाइटवास सुरुङ्गा र आदर्श युवा क्लब बनियानी विजयी बनेसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको थियो । वाइटवास सुरुङ्गाले पथरी शनिश्चरे क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ । यता, आयोजक माथी ३ रनको रोमाञ्चक जित निकाल्दै आदर्श युवा क्लब वनियानी पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा ५ को दिपज्योती स्थित सशस्त्र प्रहरीको खेल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको…
दमक, २९ मंसिर । झापाको गौरीगञ्ज–१ कुञ्जीबारीस्थित बालकल्याण माविमा शुक्रबार दाताहरुको सहयोगमा सन्थाल बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गर्नुका साथै शिक्षक विदाई कार्यक्रम सम्पन्न भएको छ । सोही विद्यालयमा लामो समय शिक्षण गरी उमेर हदका कारण गत भदौदेखि अवकाश पाएका प्रधानाध्यापक भोलाप्रसाद खतिवडा र त्रिभुवन मावि पाँचगाछीमा सरुवा भई गएका शिक्षक चुडामणि सिटौलालाई सम्मानसहित विदाई गरिएको हो । त्यसैगरी विद्यालयका पूर्व अध्यक्ष चन्द्रप्रसाद राईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा दमक ९ निवासी पाणिनी माविकी शिक्षक तथा सहयोगी व्यक्तित्व दुर्गा काफ्लेले वालकल्याण माविमा अध्ययनरत ५३ जना सन्थाल छात्रछात्रालाई जाडोमा उपयोगी स्विटर प्रदान गरिन् । भने सोहि विद्यालयका भुत…
काठमाडौँ, २९ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा पेश हुने तीन प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले राजनीतिक, साङ्गठनिक र आन्तरिक आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । यही मङ्सिर ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठनिक, अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघि नै पारित भइसकेको छ भने विधान…
सुनसरी, २९ मंसिर । सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । बिहान ६ बजेको समयमा धरान उप-महानगरपालिका-१७ लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा धरान-३ बस्ने बर्ष २८ को राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान-११ बस्ने अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ-३ बस्ने बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरीलाई पक्राउ गरेको हो । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ४ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो । उक्त स्थानबाट प्रहरीले गोरुको २ वटा टाउको बरामद गरेको छ भने पक्राउ परेका…
बनियानी, २८ मंसिर । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले युवा संघ नेपाल र वाईसीएल नेपालबीच चाँडै एकता हुने बताउनुभएको छ । युवा संघ नेपाल र वाईसीएल नेपाल कनकाई नगर कमिटीले संयुक्त रुपमा झापाको सुरुङ्गामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले दुई संगठनबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘नाम र झण्डाका विषय छलफल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘चाँडै दुवै संगठनबीच एकता हुन्छ ।’ संगठनको नाम ‘राष्ट्रिय युवा संघ’, ‘युवा संगठन’ वा ‘राष्ट्रिय युवा संगठन नेपाल’ के राख्ने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो । युवा संघ र वाईसीएल मर्ज गर्ने वा संख्यात्मक हिसाबमा मिलाउने भन्ने विषयमा…
अशोक घिमिरे काठमाडौँ, २८ मङ्सिर । नौ महीनासम्म बिना लाइसन्स गाडी चलाउँदा ट्राफिक प्रहरीको जाँचका क्रममा जरिवाना तिरेर हिँड्ने क्रम चलेकै थियो तर विसं २०७४ वैशाख १६ को मध्यरात, झापा बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बूका अगाडि त्यो बिकल्प सम्भव भएन । साउदी अरबको सडकमा मालबाहक गाडी चलाउँदै गर्दा एक्कासि साउदी नागरिकले चलाएको कारले उनको गाडीलाई ठक्कर दियो । ठक्करबाट कारमा सवार साउदी नागरिकको ज्यान गयो । त्यसलगत्तै साउदी प्रहरीले उनलाई नियन्त्रणमा लियो र रियादस्थित मलास जेलमा राख्यो । लाइसन्स र बीमा नभएको सवारी साधन चलाएकाले उनकै गाडीलाई ठक्कर दिनेलाई नभइ उनी नै दोषी ठहरिए । अदालतको फैसला नआउँदासम्म उनी आठ…
काठमाडौँ, २८ मङ्सिर । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सरकारी वकिलमा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्न सम्मेलन आयोजना गरिन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जानकारी गराउनुभयो । ‘वैज्ञानिक र वस्तुनिष्ट अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने नाराका साथ शुरु हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेछ । उहाँले सम्मेलनमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर ऐनलगायतका नयाँ कानूनको कार्यान्वयनका विषयमा साझा धारणा समेत बनाइने बताउनुभयो । “भदौदेखि लागू गरिएको मुलुकी अपराध संहितालगायत अन्य कानूनको बारेमा समष्टिगत हिसाबले छलफल गर्नका…
काठमाडौँ, २८ मङ्सिर । यातायात व्यवस्था विभागमा पञ्जीकरण हुने सवारीको सङ्ख्या आठ हजारमात्र रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने विभागले मङ्सिर २२ गतेसूचना प्रकाशित गरी जानकारी गराएको थियो । विभागमा पञ्जीकरण हुन तोकिएको आठ महीनाको अवधिमा तीन हजार कम्पनीका आठ हजार सवारीको मात्र अभिलेख आएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ साल भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत…