बिर्तामोड, २९ मंसिर । झापाको अर्जुनधारामा जारी विहानी–विकल्प कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेल अन्तरगत आज दमक र शिवसताक्षी क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पहिलो चरणका अन्तिम दुई खेलमा वाइटवास सुरुङ्गा र आदर्श युवा क्लब बनियानी विजयी बनेसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको थियो । वाइटवास सुरुङ्गाले पथरी शनिश्चरे क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।
यता, आयोजक माथी ३ रनको रोमाञ्चक जित निकाल्दै आदर्श युवा क्लब वनियानी पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा ५ को दिपज्योती स्थित सशस्त्र प्रहरीको खेल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आदर्शले १६ ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।
बिहानी युवा क्लब र विकल्प युवा क्लबको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा झापा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।