
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उर्लाबारी, २५ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राख्नुभयो । उहाँले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो सङ्केत नदेखिएको बताउनुभयो । उहाँले सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी सङ्गठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ, २५ मङ्सिर । विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गर्नुभयो । देशका १४ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । कार्यक्रम लागू हुने जिल्लाका महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिना धितो सरलीकृत ऋण प्रदान गरिने बताइएको छ । यो कार्यक्रमसँगै किसान क्रेडिट कार्डसमेत शुरु हुने जनाइएको छ…
इलाम, २५ मंसिर । इलामको माई नगरपालिका–३ कमलटारमा सोमबार आगलागी हुँदा अन्दाजी १८ लाख मूल्य बराबरको क्षति भएको छ । सोमवार राति १० बजे माई नगरपालिका–३ कमलटारका ७० बर्षीय दिलबहादुर लावतीको काठ र टिनको छानो भएको ३ तले घरमा विद्युत् सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट घर, घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा राति आगालगी पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दमक, २५ मङ्सिर । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताउनुभयो । एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले…
चलचित्र ‘आप्पा’को फस्टलुक आज रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायक दयाहाङ राइको मुख्य भूमिका रहेको चलचित्र फस्टलुक रिलिज गरिएको हो । यो चलचित्र वि.सं २०७६ सालको जेठ २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको फस्टलुकमा नायक दयाहाङ राइको साथमा दुई नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई देखाइएको छ । बाबु छोराको सम्बन्धको कथालाई देखाइएको यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरिज प्रोडक्शन र सिनेमा आर्टको संयुक्त ब्यानरमा यो चलचित्र बनेको हो । रुदेन सादा लेप्चाको लगानी रहेको चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की पनि मुख्य भूमिकामा छन् । चलचित्रमा अनमोल गुरुङको कथा,…
काठमाडौँ, २५ मङ्सिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले सर्वाधिक १९ रनको योगदान दिएका…
बुटवल, २५ मंसिर । गुरुङ समुदायले तमु ल्होसार ९पुस १५० मा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेकाछन् । २०६२—२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले प्रधानमन्त्रीसँग विदा दिन माग गरेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउंदै परिषदले ल्होसारमा राष्ट्रिय विदा यथाशिघ्र पुनःस्थापित गर्न माग गरेको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहु साँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यस किसिमको विविधतालाई सम्मान गर्दै सबै सामाजिक र धार्मिक समुहप्रति राज्यबाट समान व्यवहार हुनुपर्नेमा वर्तमान सरकारले यस बर्षदेखि सार्वजनिक…
इटहरी, २५ मङ्सिर । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उद्योगी भानु टिवडेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत ठूलो नोक्सानी भएको छ । आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ…
बुधबारे, २५ मंसिर । नवप्रतिभा निशा मोक्तानको पहिलो गीत सार्वजनिक भएको छ । ‘मोबाईल र ट्याब होइन हातमा पुस्तक बोकौँ’ बोलको गीत भर्खरै यूटुबमा सार्वजनिक गरिएको हो । चेतनामूलक सो गीत लिरिकल म्यूजिक भिडियोको रुपमा युटुबमा अपलोड गरिएको छ । सुरिलो श्वरकी धनी निशाको यो पहिलो प्रस्तुती हो । जोनी तामाङको संगीत रहेको यस गीतको रचना भुवन तामाङले गरेका हुन् । गायीका निशा बुद्धशान्ति २ जयपुर स्थित आदर्श मा.वि.मा कक्षा ९ की छात्रा हुन् । उनी सानै देखि नै गीत गाउने गर्थिन् । उनले गाएको गीत ‘बि क्रियसन इन्टरनेशनल’ले निर्माण गरेको हो । यो गीत आप्mनो पहिलो रेकर्डेड गीत भएको…
मङ्गलबारे, २५ मङ्सिर । “कान्छा तिमी पनि आँखा देख्दैनाँै र यहाँ आएका ?” फाकफोकथुम गाउँपालिका–३ रातमाटे निवासी ७० वर्षीया राममति लिम्बूको भनाइमा पछिल्तिर बसेका सोही ठाउँका सोही उमेर हाराहारीका जसबहादुर राईले उत्तर दिनुभयो “हो, म पनि आएको हुँ ।” चार वर्षअघि दाहिने आँखा एक्कासि बन्द भएपछि राममतिका पछिल्ला दिन घरमै बितिरहेका थिए । आँखा बन्द भएपछि आफ्नै घर पनि बिरानो लाग्ने राममति अहिले आफूले संसार देख्न पाएकोमा खुशी हुनुहुन्छ । “दाहिने आँखा त बन्द भयो भयो, अर्को आँखाले पनि त्यति काम गरेको नगरेकाले यतिकै बितिन्छ की भन्ने पीर थियो तर दैवले गाउँघरमै आँखा लगाइदिए, अहिले संसार देख्न पाए, आफैँ घरसम्म…