झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ९ माघ । भद्रपुर नगर क्षेत्रमा तीन वर्षयता निर्माण भइरहेको सडक स्तरीकरणका कामका क्रममा सदरमुकाम क्षेत्रको चन्द्रगढी खानेपानी आयोजनाको ६ करोड बढी क्षति पुगेको छ । सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण भइरहेको सडक विस्तारका क्रममा खानेपानी तथा सरसफाइ समितिको क्षेत्र भित्र ६ करोड बराबरको पाइप लाइनमा क्षति हुँदा उपभोक्तालाई शुद्ध पिउने पानी वितरणमा समस्या परेको हो । २० वर्षयता साविकको चन्द्रगढी, भद्रपुर र महेशपुर क्षेत्रका केही वडामा पिउने पानी वितरण गर्दै आइरहेको सदरमुकामको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले एकल लगानीमा पाइपलाइन बनाउन नसक्ने भएपछि पानी वितरण प्रभावकारी बन्न सकिरहेको छैन । समितिको कार्यक्षेत्र भित्र समितिले विज्ञ टोली…

Read More

काठमाडौँ, ९ माघ । प्रविधिको विकाससँगै समयसापेक्ष भन्सार व्यवस्थालाई सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले ६७औँ भन्सार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘भन्सार सहजीकरण, वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानामा हुने चोरी पैठारीलाई व्यवस्थित गर्नुपर्ने सुझाउनुभएको हो । विभागका महानिर्देशक तोयम रायाले दक्ष जनशक्तिका साथै प्रविधिको व्यवस्थापन गरी भन्सार व्यवस्थापनमा देखिएका चुनौती समाधान गरिने र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभागका निर्देशक मुक्तराम आचार्यले भन्सार जाँचपासमा जोखिम व्यवस्थापन गर्नका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभयो । महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायीलाई भन्सार छुटाउन विभिन्न प्रकारका समस्या आउने गरेकाले…

Read More

विराटनगर, ९ माघ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ प्रमुख नाराकासाथ विराट जुत्ताचप्पल व्यापार मेला–२०७५ आजदेखि यहाँ शुरु भएको छ । वेस फूटवेयर प्रालि, रोयल फूटवेयर प्रालि, रन सुज, लागीगुराँस फूटवेयर, जय श्रीको म्याजिक, हाइलाइफ र कोसेली छाला जुत्ता उद्योगका उत्पादन राखिएको मेला काठमाडाँै बाहिर पहिलोपटक यहाँ आयोजना गरिएको हो । पन्ध्रदेखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको मेलाले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र उपभोक्ताको स्वदेशी वस्तुप्रति रुचि बढाउन मेलाले थप टेवा पु¥याउने अनुमान गरिएको छ । नेपालमा वार्षिक सात करोड जोर जुत्ताचप्पल खपतमा स्वदेशी उद्योगका उत्पादन चार करोड जोरमात्र छन । सो क्षेत्रमा कूल लगानी रु १७ अर्ब र कारोवार…

Read More

ताप्लेजुङ, ९ माघ । धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई युवालाई कारागार चलान गरिएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो । दुवै जनासँग जिल्ला अदालतले जनही रु एक लाख १० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेकाले उनीहरुलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उनीहरुले २०७४ भदौ ३१ गते ढुङ्गेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बूलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

Read More

आधुनिक गायक गनिन्द्र भुजेलको सुमधुर आवाजमा रहेको ‘अन्तै घरबार’ बोलको गित सार्बजनिक भएको छ । शब्द तथा संगीत भद्र ओलीको रहेको यस गीतमा प्रेम जोडीको बिछोडिएक कथालाइ देखाउन खोजिएको छ । यस गीतमा गनिन्द्र भुजेलको स्वर रहेको छ । गायक भुजेलले यो भन्दा अगाडि भाग्य एल्बम बजारमा सार्बजनिक गरिसकेका छन । उक्त गीतमा एरेन्ज कमल सौरागको रहेको छ भने सम्पादन कुमार सानु पुनको रहेको छ ।

Read More

उर्लाबारी, ९ माघ । मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ । रमितेलाई कृषि क्षेत्रका रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाले रमितेका १२४ परिवारलाई १२ हजार कफीका बिरुवा वितरण गरेको छ । त्यस्तै, १० हजार रुद्राक्षका बिरुवा वितरण गर्ने तयारी भइरहेको छ । भोजपुरबाट खरीद गरी ल्याइएका १० हजार बिरुवा वडा नं १ का उपभोक्तालाई वितरण गरिने वडाध्यक्ष नरबहादुर राईले जानकारी दिनुभयो । गाउँपालिकाको रु एक लाख ५० हजार, प्रदेश नं १ सरकारबाट रु एक लाख ५० हजार र स्थानीयवासीबाट रु तीन लाख लगानीमा रुद्राक्षको बिरुवा खरीद गरिएको…

Read More

नवराज फुयाँल काठमाण्डौ, ९ माघ । छोराछोरीको कमाईमा अबदेखि बाबुआमाको पनि हक लाग्ने भएको छ । यसअघि बाबुआमाको सम्पत्तिमा हक दाबी गर्दै आएका छोराछोरीले अबदेखि भने बाबुआमालाई पनि आफ्नो कमाईको हिस्सेदार बनाउनु पर्ने भएको हो । जेष्ठ नागरिसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट हुबहु पास भए छोराछोरीको कमाइको निश्चित रकममा बाबुआमाको हक लाग्ने छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संसदमा प्रस्तुत गर्नुभएको विधेयकमा छोराछोरीको तलबको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने व्यवस्था राखिएको छ । मन्त्री थापाले पुष २४ गते राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको विधेयक अहिले छलफलकै क्रममा छ । सोमबार…

Read More

काठमाडौँ, ९ माघ । उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ । क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । वर्षा रोकिएर घाम लागेमा बिहीबारबाट पूर्वनिर्धारित समयमै खेल सञ्चालन हुने उहाँको भनाइ छ । प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपिएफ…

Read More

चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट र ग्ल्यामरलाई देखाएको छ । चलचित्रूजिस्मूको चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यस चलचित्रको चर्चा चलेको थियो । “जिस्म २”लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाई निर्देशक इन्द्र जीले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए । सुरज कुँवरले छायांकन गरेको चलचित्र “जिस्म २”बाट रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दै छन्…

Read More

बेझाड, ९ माघ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले जनताले दिएको जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्नुभयो । उहाँले विकासमा पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हँुदैन भन्नुभयो । उहाँले शक्तिको स्रोत सत्ता होइन जनता हो भन्दै जनतासँग निकट भएर जनताले उठाएका राष्ट्रिय मुद्दाको निकास दिने काम काङ्ग्रेस नेतृत्वको सरकारले गरेको दाबी गर्नुभयो । ७२ वर्षको लामो इतिहासमा…

Read More