
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पर्सा, ७ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले थालनी थरेको “बेटी बचाइ, बेटी बढाइ” अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । वीरगञ्ज पब्लिक कलेजले आज वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले तराईमा रहेको दाइजो तथा बालविवाहलाई रोक्न बीमा योजना कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री गद्दीले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले नै रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत…
काठमाडौँ, ७ पुस । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ । दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिनुभयो । सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो ।
इनरुवा, ७ पुस । सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको हो । कार्यक्रममा मोर्चाले एक थान मास्केट, चार थान भरुवा बन्दुक, एक थान पेस्तोल र भरुवा बन्दुकमा लाग्ने गोली र चार थान पेस्तोलमा लाग्ने गोली बुझाएको नेपाल सरकारका वार्ता टोलीका सदस्य सुरेश आलेमगरले जानकारी दिनुभयो । नेपाल सरकारलाई हतियार बुझाएपछि मोर्चाका वार्ता टोली संयोजक खुम्बुले…
सर्लाही, ७ पुस । सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो । धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । आज बिहान घरभन्दा एक किलोमिटरको दूरीमा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । नयाँरोड बरहथवा सडकखण्डबाट हात्तीडण्डातर्फ जाने भित्रीबाटोमा सोती चोरनिया पुल नजिक टाउको क्षतविक्षत र घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको इलाका प्रहरी कार्यालय प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मोबाइलमा फोन आएपछि राति घरदेखि बाहिर निस्केको महतो अबेर रातिसम्म घर नफर्केको र मोबाइल अफ…
तेह्रथुम, ७ पुस । तेह्रथुमका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म पुग्ने नियमित सवारी सेवा सञ्चालन हुन थालेको हो । हालै आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारबाट सदरमुकाम म्याङ्लुङ हुँदै धरानसम्म सीधा बस सेवा शुरु भएको छ । हिउँदयाम शुरु भएसँगै जिल्लाको मेन्छ्यायेय गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका केन्द्रबाट सिधै पूर्वी तराईसम्म बस सेवा शुरु भएको हो । जिरीखिम्ती–मोराहाङ सडक १२ वर्षदेखि निर्माणाधीन भए पनि अहिलेसम्म भरपर्दो यातायात सेवा उपलब्ध थिएन । हिउँदयाम शुरु भएलगत्तै सडक स्तरोन्नति गरी गाउँपलिका र नगरपालिकाले नियमित बस सेवा…
बिर्तामोड, ६ पुस । वीरता जेसीज सन् २०१८ले प्रकाशन गरेको ‘हाम्रो आस्था’ स्मारिकाको शुक्रवार विमोचन गरिएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी लगायतका अतिथिले स्मारिकाको विमोचन गरेका थिए । प्रमुख अतिथि शिवाकोटीसहित वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, दीर्घकालीन योजना सभापति राजकुमार पोखरेल, सन् २०१८का अध्यक्ष गिरी, सन् २०१९का अध्यक्ष विशाल थापा, शाखा सम्पादक तुलसीप्रसाद निरौलाले सामुहिक रुपमा स्मारिकाको विमोचन गरेका हुन् । उक्त अवसरमा स्मारिका प्रकाशनको प्राविधिक पक्षमा विशेष सहयोग गर्ने अग्रज सञ्चारकर्मी तथा शिक्षासेवी लक्ष्मण ढकाल, कम्प्युटर प्राविधिक रुपा मुखियालाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै…
बिर्तामोड, ७ पुस । झापाको बिर्तामोडमा नयाँ सोफा इमेरियम प्रिमियम फर्निचर सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी प्रनिल धिमालको लगानीमा फर्निचर सञ्चालनमा ल्याउन लागिएको बताइएको छ । चाइनिज सामाग्रीबाट उत्पादन गरिएको राटर फर्निचरसहित ग्राहकको रोजाई अनुसारका विभिन्न काठका फर्निचर समेत उपलब्ध हुने सञ्चालक धिमालले बताए । एक करोड ४० लाख रुपैयाँको लागानीमा सञ्चालनमा ल्याइएको फर्निचरमा राटनका सोफा, डाइनिङ, आउटडोर, फर्निचर, बेडरुम इटिरियर, अफिस फर्निचर साथै कार्पेट उपलब्ध हुने सोफा इमेरियम प्रिमियम म्यानेजर पर्वत ओझाले जानकारी दिए । राटरका फर्निचर हल्का, घाम पानीले नबिग्रने, विभिन्न ठाँउमा सार्न सहज हुने, पारिवारीक वातावरण, होटल, अफिसका लागि उपयुक्त हुने म्यानेजर ओझाले बताए ।…
भद्रपुर, ७ पुुस । झापाको भद्रपुर नगरपालिका वडा नं स्थित ज्ञानेचोकमा पहिलो पटक चासोक तङ्नाम साँस्कृतिक मेला आयोजना गरिने भएको छ । भूमिपुत्र लिम्बू समुदायको महान पर्व ‘चासोक तङ्नाम’लाई यस वर्ष भव्यरुपमा मनाउने, भूमिपुत्र समुदायको भाषा, धर्म, संस्कार–संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले स्थानीय भूमिपुत्र लिम्बू समुदायका युवाहरुको सक्रियता एवम् विभिन्न निकाय, संघ–संस्था, उद्योगी–व्यवसायी, नागरिक समाजको सहयोगमा ‘चासोक तङ्नाम साँस्कृतिक मेला’ आयोजना गरिएको शुक्रबार मेला परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुख्य रुपमा लिम्बू समुदायको संस्कार एवम् संस्कृतिलाई नै उजागर गरिने यो मेला पुस ७ गते शनिबारदेखि ११ गतेसम्म आयोजना गरिने आयोजक चासोक तङ्नाम व्यवस्थापन समितिका अध्यक्ष सुवास लिम्बूले…
काठमाडौँ, ७ पुस । सभामुख कृष्णबहादुर महराले किरात समुदायको महान पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त किरात समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उधौली पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रो देश बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय समुदायले मिलेर बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हो । हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली…
काठमाडौँ, ७ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । उक्त अवसरमा आज शुभकामना दिँदै उहाँले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।