
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उर्लाबारी, १५ मंसिर । देशको बिभिन्न भागमा बालिका बलात्कारका घटना भइरहेको बेला शुक्रबार मोरङको उर्लाबारीमा ‘लैङ्गिक हिँसा सम्बन्धी सचेतना कार्यक्रम’ आयोजना गरिएको छ । उर्लाबारी–७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयद्वारा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैङ्गिक हिँसाको अर्थ, परिभाषा र यसको प्रभावका बारेमा जानकारी गराइएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा कक्षा–९ देखि १२ सम्म अध्ययनरत किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । विद्यालयका संस्थापक प्रिन्सीपल विजय कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मी भण्डारीले देशका बिभिन्न भागमा अमानवीय ढङ्गले बालिका माथि हिँसाका घटना हुनु दुःखद…
शिवसताक्षी, १५ मंसिर । नेपाल तरुणदलले झापाको शिवसताक्षी नगरपालिकालाई दमकल खरिद सहयोगार्थ शुक्रबार व्यँङ्ग स्वरुप भिक्षा संकलन गरेको छ । नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र व्याँङ्गडाडामा पानिको खालि वोत्तल, आगलागि हुदै गरेको घर, दमकल को तस्वीर प्लेकार्डमा राखेर भिक्षा संकलन गरिएको तरुणका नेता योगेश लिङ्गदेनले वताए । संकलित भिक्षा रकम, ११ वोत्तल पानि र एउटा खालि वोत्तल नगर प्रमुख लाई वुझाउने भनिएपनि मेयर शेर्मा कार्यलयमा अनुपस्थीत रहेकाले उपमेयर भोजकुमारी नेपाललाई हस्तान्तरण गर्ने तरुणदलले तयारी गरेका थिए । तर, उपमेयर भोजकुमारी नेपालले भिक्षा वाट संकलन गरिएको रकम वुझ्न मानिन् । तरुणका विनोद ढकालले भने, ‘उपमेयर नेपालले मेरो दायित्व होईन भन्दै…
लक्ष्मी गारु भादगाउँ, १५ मङ्सिर । विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा ९नाम परिर्वतन० को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका लागि नेपाल आउने क्रममा बिरामी भएर जाँच गराउँदा उहाँलाई एड्स लागेको पत्ता लागेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँसँगै म र मेरो पाँच वर्षे छोरामा एड्सको जीवाणु भेटियो, अहिले हामी तीनै जना एड्सबाट सङ्क्रमित छौँ ।” श्रीमान्कै कारण परिवारलाई नै एड्स सरेपछि…
बनियानी, १५ मंसिर । झापाको सुदूर दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी शुक्रबार बनियानीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरबाट सात सय बढीले सेवा लिएको आयोजक संस्था शहीद स्मृति प्रतिष्ठानका मेदनी शिवाकोटीले जानकारी दिए । नेकपानिकट सामाजिक संस्था शहीद स्मृति प्रतिष्ठान कचनकवल, शहीद लक्ष्मी पाण्डे स्मृति प्रतिष्ठान कचनकवल र द्रोणाचार्य प्रतिष्ठान तथा बनियानी स्वास्थ्य केन्द्रले स्वास्थ्य केन्द्र परिसरमा संयुक्तरुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा पृथ्वीनगर, बनियानी, पथरिया, केचना, पाठामारी, घेराबारीलगायत सीमावर्ती भारतीय क्षेत्रबाट आएका विरामीहरुले सेवा लिएका थिए । प्रदेशसभा सांसद वसन्त बानियाँ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले ‘ब्लड प्रेसर’ जाँच गराएर स्वास्थ्य शिविरको उद्घाटन…
काठमाडौँ, १४ मङ्सिर । गोङ्गबुका आठ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या आरोपी स्याङ्जा भिरकोटका महेन्द्र सार्कीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध महाशाखाले आज उनलाई थप कारवाहीका लागि वृत्तमा पठाइएको छ । गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे अपहरणपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । होटल मालिकसँग तलब र जागिरको विषयमा विवाद हुँदा आवेशमा बालकको हत्या गरेको उनले…
लम्साल काठमाडौँ, १४ मङ्सिर । काबेली क्षेत्रमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण हुने काबेली करिडोर प्रसारण लाइन निर्माणका लागि सरकारले मार्ग प्रशस्त गरिदिएको छ । रुख कटानीको स्वीकृति नहुँदा उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदै आएको थियो । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रसारण लाइनको क्षेत्रभित्र पर्ने रुख कटानको स्वीकृति दिएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । कूल १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड निर्माणका लागि स्वीकृति दिइएको हो । दोस्रो खण्डमा पाँचथर–तेह्रथुमखण्ड रहेको छ । सरकारले प्रसारण लाइनको क्षेत्रमा पर्ने टावर निर्माणका लागि तेह्रथुम र पाँचथरका…
युवराज विष्ट भोजपुर, १४ मङ्सिर । भोजपुर नगरपालिका– १२ टक्सारमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई जीर्ण बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ । अहिले यो भवन भूत बङ्गलामा परिणत भएको स्थानीयको भनाइ छ । कलात्मकरूपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने तथा जुवा तास खेल्ने स्थल बनेको छ । भवनमा लगाइएको झ्याल ढोका निकै कलात्मक तवरबाट निर्माण गरिएका छन् । भवन करीब रु ५० लाख लागतमा निर्माण गरिएको हो । शुरुमा केहीमात्रामा घेराबारा गरिएको भए पनि हाल यसको अवस्था बेहाल छ । भवनमा लगाइएका सम्पूर्ण ताला फोरिएको छ भने…
काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताउनुभएको छ । ‘कीर्तिनिधि विष्ट स् प्रखर राष्ट्रवादी नेता’ नामक पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गर्दै उहाँले देशभक्त नेताका रुपमा नेपालको इतिहासमा अङ्कित विष्टको नाम कहिल्यै नमेटिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “शब्दमा मात्र होइन, व्यवहारमा नै उहाँ राष्ट्रवादी नेता हो, जस्तै परिस्थितिमा पनि देशभक्त र देशभक्तिको भावनाले काम गर्न सकिँदोरहेछ भन्ने उदाहरण पूर्वप्रधानमन्त्री विष्टले प्रस्तुत गर्नुभएको थियो ।” उहाँले एउटा स्वतन्त्र र सार्वभौम देशको सिमानामा रहिआएको अर्को देशको सुरक्षा चेक पोस्ट हटाएर नेपालको पक्षमा…
झापा, १४ मंसिर । झापाको मेचीनगर नगरपालिका-६ का बिभिन्न स्थानबाट प्रहरीले ६० हजार बराबरको अबैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी ल्याएको सुख्खा सुपारी, हरियो मटर तथा हाडवेयरका सामानहरु बरामद गरेको हो । बरामद भएको सामान आबश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।
चौतारा, १४ मङ्सिर । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । दुई वर्षअघि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादक पदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी गरेका थिए । पटक पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबर्जस्ती करणीका तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो…