
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बूढीगंगा (मोरङ), १७ पौष । मोरङ जिल्लामा सुगम मानिएका ठाउँ नै खुल्ला दिसामुक्त घोषणा नभएपछि सांसदले नै घरदैलो अभियान थालनी गरेका छन् । मंगलबार विहान प्रदेश सभा सदस्य चुमनारायण तवदार सहितको टोलीले सदरमुकाम विराटनगरसँगै रहेको बूढीगंगा गाउँपालिका, वडा नं. २ मा चर्पी नबनाएका घरको स्थलगत अनुगमन र घरदैलो गरेका छन् । “घरदैलो गर्दा धेरै समस्या थाहा पाउने मौका मिल्यो”, उनले भने, “साना साना समस्याले अल्झिएको रहेछ खुल्ला दिसामुक्त अभियान । अब यसलाई समाधान गरेर छिटोभन्दा छिटो खुल्ला दिसामुक्त घोषणा गर्नुपर्छ ।” जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरु, धनपालथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका स्थानीय बाबुराम शर्मा लुइँटेल,…
काठमाडौँ, १७ पुस । सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड हुनुपर्ने बताउनुभयो । सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा पुतली बजार नगरपालिका १०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालीकोटमा भएको आगालागी पीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्नुभएको थियो । त्यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाजका विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गर्नुभएको…
काठमाडौँ, १७ पुस । नेपालका युवा स्पीनर सन्दिप लामिछानेले आज चर्चित लिग बिग ब्यास लिग (बीबीएल) मा चौथो खेल खेल्दैछन्। संसारकै सबैभन्दा ठूलो क्रिकेट ग्राउण्ड अर्थात मेलबर्न क्रिकेट ग्राउण्डमा हुने आजको खेलबाट नयाँ वर्षको पहिलो दिन नेपाली बलर लामिछानेले डेब्यू गर्ने छन्। बिग ब्यास लिगमा यसअघि मेलबर्न स्टार्सबाट तीन खेल खेलिसकेका सन्दिपको मेलबर्न क्रिकेट ग्राउण्डमा भने पहिलो पटक डेब्यू गर्न लागेका हुन्। यसअघि उनले यस मैदानमा कुनै पनि खेल खेलेका थिएनन्। आज मेलबर्न रेनेगेड्सविरुद्ध हुने लामिछाने समेलित मेलबर्न स्टार्सले बिग ब्यास लिगमा चौथो खेल खेल्दैछ। संसारकै ठूलो क्रिकेट ग्राउण्डमा नेपाली स्टार लामिछानेको हौसला बढाउनका लागि नेपाली टिमका कप्तान पारस खड्का…
छत्तीसगढको रतनपुरमा एकै परिवारका ५ जनाले विषय पिएर आत्महत्याको प्रयास गरे । तीमध्ये ३ जनाको मृत्यु भयो २ जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । विषय पिएपछि परिवारकी हजुरआमा ६० वर्षकी गुलाबो बाइ, नातिनीहरु १६ वर्षकी निकिता र १२ वर्षकी निलमको घटनास्थलमै मृत्यु भयो । गुलाबोकी छोरी ३५ वर्षकी लल्ली भनिने प्रस्तुती र १८ वर्षका नाती विकास अस्पतालमा भर्ना गरिएका छन् । दुवैको अवस्था गम्भीर छ । अनुसन्धान गरिरहेको प्रहरी यो घटनामा आफैं अल्झिएको छ । घटनाको समयमा प्रस्तुतीका पति तथा गुलाबोका ज्वाइँ सत्तो घरमा थिएनन् । सत्तो घरमा पुग्दा भित्रबाट ढोका बन्द थियो । बोलाउँदा कसैले ढोका नखोलेपछि…
अच्युत रेग्मी काठमाडौँ, १७ पुस । केही वर्षदेखि व्यावसायिक रुपमा माछापालन हुन थालेपछि माछामा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ । प्रत्येक वर्ष माछाको उत्पादन बढ्दै गएकाले विदेशबाट आयात हुने गरेको माछाको परिणाम क्रमशः घट्दै जान थालेको छ । केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका अनुसार अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष माछा उत्पादन बढ्दै गएको हो । आर्थिक वर्ष २०७०÷७१ मा ६४ हजार ९०० मेट्रिक टन उत्पादन भएको माछा आव २०७४÷७५ मा आइपुग्दा ८६ हजार ५४४ मेट्रिक टन उत्पादन भएको हो । जुन उत्पादन चार वर्षको समयमा झण्डै २० हजार मेट्रिक टन बढी हो । विदेशी मुलुकबाट आयात हुने माछाको क्रम भने…
बलिउडका चर्चित कलाकार कादर खानको निधन भएको छ । उनको ८१ बर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनको निधन सोमबार बेलुकी भएको भारतको चर्चित अनलाइन बलिउड हंगामाले उल्लेख गरेको छ । उनको लामो समयदेखि उपचार भैरहेको थियो । उनको निधन क्यानडामा उपचारको क्रममा भएको उनका छोरा सरफराज खानले पुष्टी गरेका छन् । उनलाई सोमबार दिउँसोबाट नै भेन्टिलेटरमा राखिएको थियो । उनको निधन सोमबार बेलुकी ६ बजे भएको बलिउड हंगामाले उल्लेख गरेको छ । उनका छोराले भारतीय मिडियासँग भने–‘हो, उहाँको निधन भएको छ । उहाँलाई दिउँसोबाट नै कोमामा राखिएको थियो । बेलुकी उहाँको निधन भयो ।’ कादर खानको…
काठमाडौँ, १७ पुस । मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट निर्यात शून्य रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर तथा अन्य दुई भन्सारबाट निर्यात शून्य रहेको छ । ती भन्सारबाट आयातको मात्रा समेत असाध्यै नगन्य मात्रामा भएको पाइएको छ । यस्तै कञ्चनपुर, गौर, सिराहा भन्सारबाट पनि नगन्य मात्रामा मात्रै आयात र निर्यात भएको पाइएको छ । चालू आवको पछिल्लो पाँच महीनाको विवरणअनुसार वीरगञ्ज भन्सारबाट ३४ दशमलव २७ प्रतिशत बराबरको आयात भएको छ । सो भन्सारबाट रु दुई खर्ब सात अर्ब ९९ करोड ७५ लाख ३१…
रत्ननगर, १७ पुस । नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दैआएका थिए । बेपत्ता चारै जनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । प्रहरीले उनीहरुका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ । अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्ला बाहिर जाने विभिन्न…
विराटनगर, १७ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो । “नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पार्नुभयो ।
हिलिहाङ, १७ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइमन्त्री यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको विचार व्यक्त गर्नुभयो । यस्तै विनाप्रतिस्पर्धा अरुण तेस्रो भारतलाई र बूढीगण्डकी चीनको कम्पनीलाई दिएर सरकारले भ्रष्टाचारको चरमसीमा नघाएको उहाँको भनाइ थियो । अहिले काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता…